नागरिकलाई वित्तीय सेवामा जोड्न ई-सेवा र युके एडबीच सम्झौता

काठमाडौँ । डिजिटल माध्यमबाट ग्रामीण भेगका नागरिकहरुलाई वित्तीय सेवामा पहुँच पुर्याउन इसेवा र युके एडको सक्षमबीच सम्झौता भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै इसेवा फोनपेका कार्यकारी अधिकृत सभास सापकोटाका र यूकेएडको सक्षमका तर्फबाट निर्मल दाहालले सयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस परियोजनाबाट ग्रामीण उपभोक्तालाई वित्तिय सेवाहरु प्रदान गर्ने जनाएको छ । परियोजनबाट वित्तीय सेवाहरुमा आम नागरिकको पहुँच बुद्धि गर्नुका साथै सम्पुर्ण वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने रहेको छ । कार्यक्रममा बोल्दै सापकोटाले डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दालाई वित्तिय सेवामा पहुँच प्रदान गर्ने बताउँदै वित्तिय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि बृद्धि गर्ने बताए । ई–सेवा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । ई–सेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ ।

आवश्यक परे पर्यटक आगमनमा हुने चेकिङ सिस्टम बन्द गरिने छः मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश कुमार भट्टराईले आन्तरिक तथा बाह्य पर्यटके आगमनमा भइरहेको चेकिङ प्रक्रियालाई आवश्यक परे बन्द गरिने बताएका छन् । बुधबार नेपाल चेबर अफ कमर्सले राजधानीमा आयोजना गरेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री भट्राईले भने ‘विमानस्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आगमनमा चेक जाँच गरी अनावश्य कडाइ गरेको भन्ने कुरा आएको छ ।’ त्यस विषयमा आवश्यकता अध्ययन गरी र सम्वन्धित निकायहरु सँग छलफल गरी समस्याको समाधान खोज्ने बताएका हुन् । ‘विदेशबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चेकजाँचमा धेरै कडाइ गरेको भन्ने सुनेको छु’ उनले भने , कुनै कुनै देशमा आगमनका बेला चेकजाँच गरिदैन, नेपालमा पनि त्यसको आवश्यकता हेरी र सम्बन्धित निकायसँगको छलफल र विदेशीहरुको अभ्यास हेरी त्यसको समाधान खोजिने छ, आवश्यक परे आगमनमा चेकजाँच बन्द पनि गरिनेछ ।’ उनले विगतको भन्दा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा धेरै प्रगति भएको बताउँदै त्यसको भौतिक संरचना हरेर अझै पनि स्तरोन्नतीको काम अगाडी बढाउँदै लैजाने बताए । राष्ट्रिय गौरबका आयोजनाहरुको सन्दर्भका बारेमा बोल्दै आवश्यक परे पर्यटक आगमनमा हुने चेकिङ सिस्टम बन्द गरिने छः मन्त्री भट्टराईले पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थलको काम सन्तोषजनक रहेको उल्लेख गरे । उनले निजगढ विमानस्थलको काम पनि चाँडै शुरु हुने बताए । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रका विभिन्न समस्या र बेथितिहरु सुनाउँदै पर्यटक आगमनमा हुने अनावश्यक पिडालाई बन्द गराउन आग्रह गरे । मन्त्री भट्राईले अब विमानस्थलका कर्मचारीहरुलाई सत्कार सिकाउन चाँडै नै तालिम प्रदान गर्ने बताए । आकाशमा जहाज होल्ड भइरहने समस्यालई कम गर्न पनि भिआईपी मुभमेन्ट कम गर्न आफु लागि पर्ने उनले बताए ।

फस्र्ट माइक्रोफाइनान्स मर्जरमा जाँदै, ४ सदस्यीय समिति गठन

काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने बारेमा छलफल गर्न समिति गठन गरेको छ । सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले विवेकमान सिंह शाक्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा उमेश कटवाल, युवराज क्षेत्री र भेषराज पन्थी रहेको कम्पनी सचिव दानराज पन्तले जनाएका छन् ।