२९ ओटा संस्थाबाहेक अरुबाट कोष व्यवस्थापन नगर्न/नगराउन धितोपत्र बोर्डको रुलिङ
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुले अनुमति दिएका २९ ओटा संस्थाहरुभन्दा बाहेक अन्यन्त्रबाट कुनैपनि संस्थाबाट कोष व्यवस्थापनसम्बन्धी काम नगर्न र नगराउन रुलिङ गरेको छ । बोर्डले विज्ञप्ती जारी गर्दै नेपाल धितोपत्र बोर्डले अनुमति नै नदिएका संस्थाहरुबाट कोष व्यवस्थापन गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्नसक्ने भन्दै धितोपत्र बोर्डबाट अनुमति पाएका संस्थाहरुबाहेक अन्य संस्थाहरुसँग त्यस्तो कारोबार नगर्न आग्रह गरेको हो । साथै, बोर्डबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्थालाई त्यस्तो गतिविधि गैरकानूनी भएकोले अनुमतिपत्र लिएर मात्रै त्यस्तो कारोबार गर्न निर्देशन समेत दिएको छ । साथै त्यसरी बोर्डबाट अनुमति नपाएका संस्थाहरुले त्यसरी कोष व्यवस्थापनको काम गरेको पाइएमा बोर्डलाई जानकारी दिन समेत बोर्डले आग्रह गरेको छ । यी हुन् धितोपत्र बोर्डबाट कोष व्यवस्थापनको अनुमति पाएका २९ मर्चेन्ट बैंकरहरु १ श्री एनएमबि क्यापिटल लि. २ श्री सनराईज क्यापिटल लि. ३ श्री ग्लोबल आईएमई क्यापिटल लि. ४ श्री भिवोर क्यापिटल लि. ५ श्री सिभिल क्यापिटल मार्केट लि. ६ श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि. ७ श्री प्रभु क्यापिटल लि. ८ श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि. ९ श्री लक्ष्मी क्यापिटल मार्केट लि. १० श्री एनआईबिएल एस क्यापिटल लि. ११ श्री कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टस् लि. १२ श्री समृद्धि क्यापिटल लिमिटेड १३ श्री नेशनल मर्चेन्ट बैंकर लि. १४ श्री सिद्धार्थ क्यापिटल लि. १५ श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि. १६ श्री सिविआईएल क्यापिटल लि. १७ श्री सानिमा क्यापिटल लि. १८ श्री बि.ओ.के. क्यापिटल मार्केट लि. १९ श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि. २० श्री एनआईसी एशिया क्यापिटल लि. २१ श्री आरबिबि मर्चेन्ट बैंकिङ लि. २२ श्री आकाश क्यापिटल लि. २३ श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि. २४ श्री आर्कस क्यापिटल एडभाईजर्स लि. २५ श्री कुमारी क्यापिटल लि. २६ श्री नेपाल बङ्गलादेश क्यापिटल लि. २७ श्री जनता क्यापिटल लि. २८ श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि. २९ श्री मेगा क्यापिटल मार्केट्स लि.
सुधारिएको नेप्सेलाई कारोबार रकमको समेत साथ, ह्याङओभरबाट तग्रिँदै लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक सुधारको दिशामा फर्किएको छ । सोमबारको शेयर बजारमा ५.७५ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२६०.१० विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्समा समेत सुधार देखिएको छ । आजको बढेको नेप्से परिसूचकलाई कारोबार रकमले समेत साथ दिएको छ । कुन ४८ करोड १४ लाख ९२ हजार रुपैंया बराबरको कारोबार भएको छ जुन अघिल्लो हप्ताहरुको औसत कारोबार रकम भन्दा बढी हो । परिसूचक र कारोबार रकममा देखिएको सुधारले बजार थप सकारात्मक दिशामा जाने संकेत समेत गर्छ । बिहीबारदेखि नै बजारले सुधार संकेत देखाएको भए पनि धितोपत्र बोर्डले ल्याएको सम्पत्ति शुद्धीकरणससम्बन्धी निर्देशिकाको नाममा आइतबारको बजारमा केही चलखेल भएको थियो, फलस्वरुप बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे । आजदेखि भने बजार दिनभर स्थिर रह्यो भने अन्तिम घण्टामा सुधारात्मक देखियो । आजको बजारमा अधिकांश स्क्रिपहरुमा लगानीकर्ताले विवेकशील रुपमा कारोबार गरिरहेको देखिएको छ । आज शिवम् सिमेन्टको शेयरमूल्य ९ रुपैंयाले बढेर ६६० रुपैंया पुग्दा ५ करोडभन्दा धेरै कारोबारसहित सर्वाधिक कारोबार हुने कम्पनी बन्न सो कम्पनी सफल भएको छ । जनउत्थान र गणपति माक्रोफाइनान्सका शेयरहरुमा पोजेटिभ सर्किट ब्रेकर लाग्दा मल्टिप्रोपोज फाइनान्समा नेगेटिभ सर्किट लागेको छ । उपसमूहतर्फ होटल, माइक्रोफाइनान्स र अन्य समूह १ प्रतिशत भन्दा धेरै विन्दुले बढ्दा विकास बैंक, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड समूहमा झिनो गिरावट देखिएको छ ।
सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख संकलन
काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँ संकलन भएको छ । रु. १० अंकित दरको १० करोड इकाई निष्काशन गरिएकोमा १६ हजार ४ सय २६ वटा दरखास्त फारम बराबर उक्त रकम संकलन भएको हो । सिटिजन्स म्युचुअल फण्ड–२ को जेठ ९ गतेदेखि इकाई निष्काशन तथा बिक्री खुला गरिएकोमा असार ८ गते सो इकाईका लागि आवदेन लिने/दिने कार्य बन्द गरिएको निष्काशन तथा बिक्री प्रबन्धक सिबिआइएल क्यापिटल लिमिटेडले जनाएको छ ।