आईएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १९ गते काठमाण्डौंको चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरिएको हो । यस कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागीय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिर्दै अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बिषय उदृत गदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिएका छन् ।
महुली लघुवित्तले मर्जरका लागि बनायो तीन सदस्यीय समिति, तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक केशवप्रसाद भण्डारी तथा प्रबन्ध सञ्चालक रोशनकुमार मंगर सदस्य रहेको मर्जर उपसमिति गठन गरेको हो । उक्त उपसमितिले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने उपसमितिका सदस्य प्रबन्ध सञ्चालक मंडरले जनाएका छन् ।
सिर्जना फाईनान्सलाई लक्ष्मी मा.वि. को सम्मान
काठमाडौं। ४० औं शिक्षा दिवशको अवसरमा मोरङको उर्लावारी न.पा. ०८ अवस्थित लक्ष्मी माध्यमिक विद्यालयले सिर्जना फाईनान्सलाई सम्मान गरेको छ । कार्यक्रममा सिर्जना फाईनान्स लि.को तर्फबाट संचालक सुवास आचार्य तथा पथरी शाखाका शाखा प्रमुख सिताराम दरालको उपस्थिती रहेको थियो । विज्ञान प्रयोगशालाको समेत उद्घाटन रहेको कार्यक्रममा बोल्दै संचालक आचार्यले सिर्जना फाईनान्सले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप ब्यवस्थापन, वातावरण संरक्षण, साँस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता जस्ता कार्यक्रममा संस्थाले प्रत्यक्ष्य सहयोग गर्दै आइरहेको बताए । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त विद्यालयलाई १०० थान रंगीन जस्तापाता वितरण गरेको थियो ।