खल्तीको एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघ्यो

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअफ कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ । बजारमा आएको दुई वर्ष र केहि महिनाको छोटो अवधिमै खल्तीले यो कोशेढुंगा पार गर्न सफल भएको हो । यति छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए । सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ-कमर्श मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ । ‘खल्ती’को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न र विभिन्न प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सकिन्छ ।

कायरो भ्रमणपश्चात स्वदेश फर्किए एनसीसीआइको भ्रमण टोली

काठमाडौं । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीज (एनसीसीआइ)को व्यापारीक भ्रमण टोलीले इजिप्टको कायरोमा भ्रमण गरी स्वदेश फर्किएका छन् । उक्त देशमा रहँदा अन्र्तराष्ट्रिय कन्सट्रक्सन ट्रेड फेयर “ दि बिग फाइभ “ को अवलोकन गरी विभिन्न कम्पनीहरुसँग सम्झौता तथा छलफल गरेर आज स्वदेश फर्किएका हुन् । सोही अवसरमा इजिप्ट एम्बेसी नेपाल र नेपाल एम्बेसी कायरो इजिप्टसँग सहकार्य गरि सेप्टेम्बर ०३।२०१९ मा त्यहाँस्थित फिडरेसन अफ इजिप्सिएन चेम्बर अफ कमर्स(एफइडिसिओ) र कायरो चेम्बर अफ कमर्सका सिइओ डा.आलद इज, चेम्बरका महासचिव, नेपाली राजदुत भविन्द्रप्रसाद अर्याल तथा कायरो इजिप्ट सरकारको तर्फबाट मिनिष्टर अफ टेड एण्ड इन्डष्टिजकी एमएस लोबना इसाम हसमलगायतको उपस्थितिमा एनइसिसिआइका अध्यक्ष तथा टोली नेता अखिलकुमार चापागाइँले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यहाँ उपस्थित इजिप्सिएनहरुलाई नेपालमा वैदेशिक लगानी, वस्तुको निर्यात तथा भ्रमण वर्ष २०२० का बारेमा छलफल भएको हो । भ्रमण टोलीमा चापागाइँ लगायत नेपालका विभिन्न व्यासायिक क्षेत्रका १६ सदस्यको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता

काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका थिए । यस सम्झौताअनुसार अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७००० भन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सकिने वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ । उक्त सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरूबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।