बिहीबारपनि घट्यो नेप्से, हिमालयन डिस्टिलरीको कारोबार १४ करोड ९७ लाख
काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १.१४ अंकले घटेको छ । ०.०९ प्रतिशतले परिसूचक घट्दा १२५७.१५ बिन्दुमा पुगेको छ । आज १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर किनबेच हुँदा ६२ करोड ७९ लाख ८ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, होटल, वित्त र अन्य समूह बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । बैंकिङ समूह ०.७२, होटल समूह १८.०८, वित्त समूह ३.४३ र अन्य समूह २.७१ अंकले बढेका हुन् । त्यसैगरी, विकास बैंक समूह २.६७, जलविद्युत समूह २.०७, निर्जीवन बीमा समूह १०१.३५, उत्पादनमूलक समूह १०.६१, लघुवित्त समूह १.६३, जीवन बीमा समूह २२.७४ र म्युचुअल फण्ड ०.०१ अंकले घटेका हुन् । आजपनि हिजोजस्तै हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १४ करोड ९७ लाख ७१ हजार ५ सय रुपैयाँको सेयर कारोबार भयो । दोश्रोमा नेपाल बैंकको ५ करोड ६५ लाख ५५ हजार ६ सय रुपैयाँ, तेश्रोमा प्रभु बैंक लिमिटेडको ३ करोड ११ लाख २८ हजार ८६ रुपैयाँ, चौथोमा शिवम् सिमेन्टको २ करोड ९९ लाख १७ हजार ५ सय १० रुपैयाँ र पाँचौँमा सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५५ लाख ३० हजार ४ सय ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । बजारको घटेको दिन आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ९.१५ अंकले नाफा कमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ४.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
घोडीघोडा लघुवित्तको आईपीओ २० गतेदेखि, पहिलो कारोबार नै ३०२ रुपैंयासम्म
काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने कम्पनीले जनाएको छ । उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकममा भने सुधार
काठमाडौँ । अघिल्लो दिन झिनो अंकले सुधार भएको नेप्से परिसूचक बुधवार पुनः ओरालो लागेको छ । साताको तेश्रो दिन मंगलबार ०.९६ अंकले बढेको नेप्से परिसूचक चौथो दिन बुधबार भने २.७८ अंकले घटेको हो । परिसूचक ०.२२ प्रतिशतले घट्दा १२५८.२९ बिन्दुमा पुगेको छ । अघिल्लो दिन ३६ करोडको कारोबार भएकोमा आज बढेर आधा अर्ब नाघेको छ । बुधबार १६७ कम्पनीको १४ लाख १३ हजार ३ सय ५७ कित्ता सेयर कारोबार हुँदा ५७ करोड १ लाख २३ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको हो । बजार घटेको दिन ट्रेडिङ समूह, होटल समूह, अन्य समूह र म्युचुअल फण्ड बाहेकका अन्य समूह बढेका हुन् । ट्रेडिङ २.५३, होटल ०.६, अन्य ०.४६ र म्यूचुअल फण्ड ०.६२ अंकले बढेका हुन् । त्यसैगरी बैंकिङ समूह ३.२३, विकास बैंक समूह ०.९४, जलविद्युत समूह ५.७१, वित्त समूह ०.५६, निर्जीवन बीमा समूह ४.९, उत्पादनमूलक समूह ६.१२, लघुवित्त समूह ३.८६ र जीवन बीमा समूह ११.१८ अंकले घटेृका हुन् । आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १९ करोड, ४२ लाख ७३ हजार ४ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोश्रोमा नेपाल बैंक लिमिटेडको ४ करोड १९ लाख ७४ हजार ८ सय ६६ रुपैया र तेश्रोमा प्रभु बैंकको २ करोड ७१ लाख ५२ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । बजार घटेको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका सेयरधनीहरुले सबैभन्दा बढी ९.९५ प्रतिशतले नाफा कमाएका छन् भने गुराँस लघुवित्तका सेयरधनीहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले गुमाएका छन् ।