अरुण काबेलीको सेयर मूल्य समायोजन
काठमाडौं । अरुण काबेली पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.७१ प्रतिशत बोनस पछिको मूल्य समाजोन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २५४ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ थियो । यससँगै आगामी आइतबार संस्थाको सेयर कारोबार प्रतिकित्ता २५४ रुपैयाँदेखि हुने छ ।
आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउँदै पिपुल्स पावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । उक्त कामको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी दुई संस्थाबीच मंसिर ११ गते बिहिबार सम्झौता भएको छ । सम्झौतामा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
सेयर बजारमा रेकर्ड ब्रेकः नेप्सेले पार गर्याे १९०० बिन्दु
काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० माथि पुगेको छ । ११ बजेर ६ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२ अंकले बढेर १९१५ अंक पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो भने हालसम्मकै उच्च बिन्दु हाे । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । त्यसयता नेप्से उक्त उचाईमा पुग्न सकेको थिएन । तर बिहीबारको बजारमा नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ र नयाँ रेकर्ड राख्न सफल भएको छ । याे अवधिमा सेयर बजारमा कूल २१ कराेड ६१ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । याे समाचार तयार पार्दासम्म १३० कम्पनीकाे ३ लाख २९ हजार ९२८ कित्ता सेयर किनबेच भइसकेकाे छ ।