३ हजारमै हेलिकोप्टर चढ्न पाइने, आन्तरिक पर्यटन महोत्सवमा हेलिकोप्टरबाटै दृष्यावलोकनको आकर्षण

काठमाडौं ११, पुस । आन्तरिक पर्यटन महोत्सवमा हेलिकप्टरको प्रयोग व्यापक हुन थालेको छ । मेला महोत्सवमा आयोजकले हेलिकोप्टरबाट दृष्यावलोकन गराउने, अवलोकनकर्ता आकर्षण गर्न हेलिकोप्टर सेवा प्रदायकसँग भाडामा लिएर मेला अवधिभर हेलिकोप्टरबाट दृष्यावलोकन गराउँन थालेका छन् । मेला महोत्सवमा आयोजकले ३ हजारदेखि ३५ सय रुपैयाँमै हेलिकोप्टरबाट दृष्यावलोकन गराउन थालेका छन् । अहिले आन्तरिक पर्यटन महोत्सवको सिजन भएकोले हेलिकोप्टर सेवा प्रदायकलाई भ्याइनभ्याइँ भएको सिम्रिक एयरका महाप्रवन्धक दिलबहादुर ओलीले बताए । उनका अनुसार दिनदिँदै महोत्सव आयोजकबाट हेलिकोप्टरको डिमाण्ड आउने गरेको छ । महोत्सव आयोजकले प्रतिघण्टाको दुईलाख रुपैयाँसम्ममा हेलिकोप्टर भाडामा लिने गरेका छन् । त्यसपछि पाँच मिनेटदेखि आधा घण्टासम्मको प्याकेज तयार पार्ने गरेको ओलीले बताए । उनका अनुसार पाँच मिनेट दृश्यावलोकन लागि ३ हजार देखि ३५ सय रुपैयाँसम्मकै प्याकेज तयार पार्छन । एक पटकमा चारपाँच जनासम्म उडान सकिने भएकोले पनि आयोजकले आवश्यकता अनुसारको प्याकेज तयार पारेर हेलिकोप्टरमार्फत सेवा दिन थालेको हुन । पर्यटन बोर्डमा महोत्सव प्रवद्र्धन गरिदिन प्रस्तावको आइरो विदेशी पर्यटकका लागि अहिले अफ सिजन हुने गरेको भएपनि आन्तरिक पर्यटकको लागि भने मंसिरदेखि चैतसम्म नै सिजन हुने गरेको नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक मणि लामिछानेले बताए । उनका अनुसार अहिले आन्तरिक पर्यटन महोत्सव भ्याइनभ्याई छ । बोर्डले करीब २५ देखि ३० वटा आयोजना गरिसकेको छ भने अझै ४० वटा जति बोर्डसँगकै सहकार्यमा महोत्सव हुँदै छ । बोर्डको सम्पर्कमा नआएका जिल्ला, क्षेत्र तथा स्थानिय तहसम्म हुने महोत्सव भने वर्षभरीमा करीब १५० वटा सम्म हुन थालेको पनि लामिछानले बताए । उनका अनुसार पछिल्लो समय मेला महोत्सव पहिलो प्राथमिकता व्यापरिक उद्देश्य हो भने दोस्रो पर्यटन प्रवद्र्धन र स्थान पहिचान गराउने माध्यम पनि हो । बोर्डले महोत्सवको प्रवद्र्धन गर्ने काम गर्छ । विभिन्न ट्राभल्स एजेन्सिको सहकार्य तथा हेलिकोप्टर कम्पनी आफैंले महोत्वमा हेलिकोप्टरमार्फ सेवा दिने र आयोजकले प्रयोग गर्ने प्रचलन बढिरहेको छ । हेलिकप्टर सेवा सामान्य नेपालीले समेत प्रयोग गर्न सक्ने तथा आन्तरिक पर्यटकले पनि हेलिकप्टरको प्रयोग गर्न सक्छन भएकोले पनि यसको प्रयोग बढेको उल्लेख छ । महोत्सवमा हेलिकोप्टरको प्रयोगको सुरुवात ६ वर्ष अगाडि सिम्रिक एयरले नै शुरु गरेको भएपनि अहिले अन्य हेलिकप्टर कम्पनीले समेत पछ्याउन थालेका छन् । आन्तरिक पर्यटन आकर्षणका लागि हेलिकप्टरको प्रयोग उपयुक्त हुने देखेर महोत्सव आयोजकले यसलाई प्रयोग गर्न चाहेका छन भने जहाज कम्पनीले पनि खाली बस्न नपर्ने र पैसाको कारोबारसमेत भइरहने भएकाले आन्तरिक पर्यटकीय गन्तव्य तथा महोत्सवमा हेलि प्रयोग गराएका हुन । आन्तरिक महोत्सवबाट ठूलो लाभ हुन नसके पनि लागत खर्च उठेसम्म हेलिकप्टर उडान गर्न आफूहरु तयार भएपनि यसको प्रयोग बढ्न थालेको उल्लेख छ । न्युनतम पाँच मिनेटका लागि ३ हजार ५ सयसम्मको प्याकेजमा उडान गर्दासम्म लागत धान्न सक्ने भएकोले महोत्सवको स्थान हेरी सोही रकम अनुसारको प्याकेज ल्याउन सकिने उनले भनाई छ । महोत्सव स्थान हेरेर आयोजकले अझै सस्तो गरेर लागत धान्ने गरी पनि सेवा दिन सक्ने ओलीको भनाई छ । हाल नेपालमा नौ वटा निजी कम्पनीको हेलिकोप्टर संचलानमा छन् । महोत्सवको सिजन भएकोले सबै कम्पनीलाई भ्याइनभ्याई भएको पनि उल्लेख छ ।

निगमलाई साढे २२ अर्बमै दुई वाइडवडि दिने प्रस्ताव, आगामी चैतत्रिभै डेलिभरी दिन अमेरिकी कम्पनी तयार

काठमाडौं ११, पुस । अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी ‘एएआर कर्पोरेसन’ ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुई थान ठूला आकारका ‘वाइड बडी’ जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर ९११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ० का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो। ‘हामीलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेछ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘प्रतिजहाज १० करोड ४८ लाख डलरको प्रस्ताव सन् २०१६ को बजार भाउअनुसार रहेको एएआरले उल्लेख गरेको छ।’ निगमलाई २ सय ५० देखि २ सय ८० सिटसम्मको ए३३०(२००ु सिरिजका दुईथान वाइड बडी बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। यिनमा जहाज भाडामा दिने कम्पनीदेखि इन्जिन निर्मातासम्म थिए। असोज १० गते सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बोलपत्र ९ग्लोबल टेन्डर० मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न प्रतिस्पर्धामा उत्रिएका थिए। निगमका अनुसार केएल एरो पार्टस्, केजेटी इन्भेस्टमेन्ट एन्ड वान वल्र्ड क्लोजआउट्स लिमिटेड, रन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, ले ग्रुप डेल्टा, एएआर कर्पोरेसन र सूर्या एयर सपोर्टले दुईथान वाइड बडी उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए। निगमको टेन्डर सर्तअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस आफैं प्रतिस्पर्धामा सहभागी हुन पाउने भए पनि टेन्डर खोल्दा उसको प्रस्ताव परेको थिएन। बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसले भेने इन्जिन उपलब्ध गराउन प्रस्ताव हालेको थियो। ती कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव सुक्ष्म तरिकाले मूल्यांकन गर्न नायब महाप्रबन्धक आरबी शाहको संयोजकत्वमा निगम व्यवस्थापनले ११ सदस्यीय समिति गठन गरेको थियो। समितिले पुस २ गते महाप्रबन्धक कंसाकारलाई मूल्यांकन प्रतिवेदन बुझाएको थियो। ‘यही साता वाइड बडी मूल्यांकन प्रतिवेदन सञ्चालक समितिमा पेस गर्छु,’ कंसाकारले भने, ‘दुइटै जहाज ब्रान्ड न्यु (कारखानामा निर्माणाधीन) उपलब्ध गराउने एएआरको प्रस्तावबाट हामी खुसी नहुने कुरै भएन। त्यसकारण सञ्चालक समितिले यसलाई तुरुन्तै पास गर्ने विश्वास छ।’ नागरिक दैनिकबाट ।

चन्द्रागिरि आर्थिक विकासको कोशेढुङ्गा- टाङ्गलियाङ्ग ची

काठमाडौं, १० पुस । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्गलियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका हुन् । उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका इन्जिनियर फागजुन लगायत दूई दर्जन चिनियाँ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको वारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक सम्वृद्धि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।’ चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले ‘चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गरेका छन् । ’ यसअघि चेन्दुका मेयर समेत रहेका टाङ्गलियाङ्ग ची काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आएका थिए ।