गोसाइँकुण्ड यात्राः कठिन संघर्षपछि प्राप्त हुने अनुपम आनन्द

काठमाडौं, १२ भदौं । चर्चित धार्मिक पर्यटकिय गन्तव्यको नाम हो गोसाइँकुण्ड । धर्म शास्त्र अनुसार–समुन्द्र मन्थन गरेर निष्किएको कालकुठ बिष पिएपछि भगवान महादेव त्यसको पिँडा सहन नसकेर भौतारिएका थिए । उनले आफ्नो त्रिशुलले पहाडमा हानेर पानी निकाले, त्यो पानी कुण्डमा परिणत भयो र त्यहि कुण्डमा डुबेर महादेवले कालकुट बिष सहन गरे ।’ यहि धार्मिक विश्वासका कारण गोसाइँकुण्डमा बर्षेनी हजारौं हिन्दु धर्मावलम्बी पुग्ने गरेका छन् । जनैं पुर्णिमामा लाग्ने मेला गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम हो । त्यस बाहेक गोसाइँकुण्डको प्राकृतिक सुन्दरताले पनि स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने गरेको छ । ४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड र त्यस आसपासमा रहेका भौरव कुण्ड, सरस्वति कुण्ड, सुर्य कुण्ड, बर्द कुण्ड लगायतका धेरै कुण्डहरुले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेका छन् । रसुवा सदरमुकाम धुञ्चेबाट फटाफट हिड्ने हो भने करिब १२ घण्टाको निरन्तर यात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ । सामान्यतया, धुञ्चेबाट हिड्नेहरु चन्दनबारी, चोलाङपाटी वा लौरी बिनामा बास बसेर भोली पल्ट मात्रै कुण्ड पुग्छन् । धुञ्चेबाट उकालो लागेपछि हेर्न पाइने हरियो वन, वारी पारीका झरना र छङछङ बगेको त्रिशुली नदिको आवाज र बनस्पतिहरुको सुगन्धले यात्रालाई स्वर्णिम बनाउँछ । देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरी बिना र बुद्ध मन्दिर जस्ता स्टेशनहरुलाई थकाइ मार्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको छ । जति उकालो चढ्दै गयो, त्यति थकान महशुस हुन्छ तर मन भने थकान भन्दा धेरै गुणाले चङगा झै फुरुङग बन्छ । चौरीको दुध, थुर्पुमा बनाइएको तातो चिया, सेल रोटी जस्ता परिकार थकान बिर्साएर उर्जा भर्ने औजार बन्छन् । पल्लो डाँडा पारि देखिने गणेश हिमालको हिम श्रृंखलाले सबै थकान भुलाइदिन्छ । निरन्तरको उकालो छिचोलेसँगै भेटिने वुद्ध मन्दिरमा थकाई मारेपछि  केहि जोकोहीले केहि राहत महशुस गर्छन् । किने भने त्यसपछिको करिब दुर्य घण्टाको यात्रा भने उकालो नभएर तेश्रो छ, तर सो खण्डमा जोखिम भने अलि बढि नै उठाउनु पर्छ । माथी नाकै ठोक्किने भीर र तल त्रिशुली नदिको जोखिम मोल्दै गोसाइँकुण्ड पुगेपछि भने जोकोहीले सबै गाह्रो बिर्सन्छन् । कुण्डमा स्नान गरेपछि मेटिन थकान र आनन्दले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभूति दिलाउँछ । गोसाइँकुण्ड माथी रहेका सुर्य कुण्ड, वर्द कुण्ड, सरस्वति कुुण्ड लगायतका अन्य कुण्डहरुको भ्रमण गरिएन भने यात्रा नुन बिनाको तरकारी जस्तै बन्न पुग्छ । कुण्डबाट फर्केपछि भने समान्यतय सिधै धुञ्चेमै बास बस्न आइपुग्न सकिन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा खुला आकास सम्झौता, हिमालयन रुट २ प्राथमिकतामा

काठमाडौं १२ भदौ । प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला हवाई मार्गको विस्तारको सम्झौता हुने भएको छ । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न भारत तयार देखिएकोले पनि प्रधामन्त्रीको भ्रमणमा आकास मार्गको प्रस्ताव प्राथमिकतामा पर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो। सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारातमक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ। प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नयाँ दिल्ले जाने सहमति भए पनि औपचारिक टुंगो भने लागिसकेको छैन। प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको सबैभन्दा सम्भावना रहेको पूर्वदेखि पश्चिमसम्मकै हवाई मार्ग हिमायन २ प्राथमिकतामा पर्ने भएको छ । यो रुटको सम्झौता भएमा नेपालको बाटो हुँदै विभिन्न अन्तर्राष्टिय वायुसेवाको उडान हुने छ । यो उडानबाट नेपालले हरेक उडानबाट आकास मार्ग प्रयोगको रोयल्टी पाउँने छ ।

पर्यटन प्रवर्द्धनमा वार्षिक अर्बो लगानी, उपलब्धि शून्य

काठमाडौं ११, भदौ । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गर्ने एकमात्र निकाय नेपाल पर्यटन बोर्ड स्थापना भएको १८ वर्ष भएको छ । १८ वर्षको अवधिमा बोर्डले नेपालको पर्यटनको आन्तरिक तथा वाह्य प्रवद्र्धनका नाममा करिब चार अर्ब रुपैयाँ खर्च गरेको छ । बोर्डको बार्षिक बजेट नै अर्ब नाग्घ थालेको छ भने यसले पर्यटन प्रवद्र्धनमा गरेको खर्चको उपलब्धी भने शून्य छ । बोर्डको यो बजेट वार्षिक रुपमा हुने खर्च र यसको विवरण नै उपलब्धि  दिने नभएको उल्लेख छ ।बोर्डमार्फत भएको यस्तो खर्चको उपलब्धि भने शून्य रहेको नेपाल पर्यटन बोर्ड सुधार सुझाव उपसमितिको प्रतिवेदनले औल्याएको छ । बोर्डले आर्थिक वर्ष २०५५÷०५६ देखि २०६९÷०७० सम्मको आम्दानीको विवरण यो प्रतिवेदनमा राखिएको छ । तर, यस प्रतिवेदनमा अहिलेसम्म पर्यटन प्रवद्र्धन र विकासका नाममा भएको यथार्य खचएको विवरण भने उल्लेख भएको छैन । ‘बोर्डले चार वर्ष अगाडिसम्म बार्षिक क्यालेण्डर बनाएर आम्दानी तथा खर्च सार्वजनकि गर्ने गरेको थियो’, बोर्डकै एक कर्मचारीले भने । बोर्डले विगत चार वर्षदेखि वार्षिक रुपमा गर्ने खर्चको क्यालेण्डर बनाउन छाडेकोले यसपछिका खर्च बढी अपारदर्शी रहेको यसलाई ढाकाछोप गर्न तत्कालिन बोर्ड कामु कार्यकारी प्रमुखको सुवास निरौलाको निर्देशनमा कुनै पनि खर्च विवरण उपलव्ध नगराएको प्रतिवेदनमा उल्लेख छ । तत्कालिन कार्यकारीले गरेको कामको विवारण नभएपनि त्यस अघिर र पछिको विवरण तथा वार्षिक प्रतिवेदन भने हुनुपर्ने तर्क बोर्ड स्रोतको छ । बोर्डका तत्कालिन कामुले आफ्नो कार्यकालमा भएको आर्थिक अनियमितालाई ढाकछोप गर्न सुझाव समितिलाई आम्दानीको मात्र विवरण उपलव्ध गराएर खर्च नदिएको भएपनि यस अघिको १५ वर्षको विवारण पनि पारदर्शी हुन नसकेको उल्लेख छ । बोर्डले गर्ने बजेट बाँडफाँडका क्रममा तय गर्ने गरिएको खर्चको अनुमानित रकमको प्रतिशतमा रहेको खर्च अनुपात मात्र प्रतिवेदनमा उल्लेख छ । बोर्डले आर्थिक वर्ष २०६९÷०७० सम्म दुई अर्ब ९८ करोड ९६ लाख ८३ हजार सात सय ६३ रुपैयाँ खर्च गरेको सुझाव प्रतिवेदनमा छ । यो खर्चपश्चात १५ वर्षको अवधिमा नेपालमा ६७ लाख ५३ हजार सात सय २९ जना पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांकले देखाएको छ । यसपछिको तीन वर्षमाा पनि बोर्डले आफ्नो आम्दानी त गरिरहेकै छ । बोर्डले आन्तरिक समस्याका कारण दुई तीन वर्ष समयमा बजेट ल्याउन मात्रै नसकेको भएपनि प्रवद्र्धन विकास र अन्य काम भने भएको बोर्डका कर्मचारी बताउँछन् । बोर्डले हालसम्म उपलव्ध स्रोत र साधानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी पर्यटक बढाउनमा बोर्ड सफल नभएको पनि उल्लेख छ । बोर्डले पर्यटबाट सेवा शुल्कका नाममा पैसा उठाउन थालेपछि बोर्डको आम्दानी बढ्दै गएको छ । तर, यसको खर्च भने स्पष्ट उल्लेख छैन् । ५५ सालमा जम्मा वर्षको ६ करोड आम्दानी गर्ने पर्यटन बोर्ड ७० सालपछि वार्षिक एक अर्ब आम्दानी गर्ने भएको छ । सरकारले बोर्डलाई नेपाल आएका प्रति पर्यटकबाट पाँच सय रुपैयाँ उठाउने अनुमति बोर्डलाई दिएकोमा चार वर्षदेखि बोर्षले प्रति पर्यटक एक हजार रुपैयाँ शुल्क उठाउने अधिकार पाएको छ । बार्डले जुन रुपमा आफ्नो आम्दानीको दायरा बढाएको छ सोही अनुसार पर्यटन प्रवद्र्धन र विकासमा गर्न नसकेको बोर्डकै उच्च कर्मचारीले स्वीकार गरेका छन् । बोर्डमा अनिमित रुपमा भएको खर्चलाई लुकाउन बोर्डकै कर्मचारीले चखाली गर्न खोजेको बोर्डका एक पूर्व सदस्यले बताए । बोर्डका तीन पूर्व सदस्य तथा पदयात्रा पर्यटन व्यवसायीका अनुसार अहिले नेपालमा प्राकृति रुपमा बढेका पर्यटक बाहेक बोर्डको प्रवद्र्धनमा आएकै छैनन् । बोर्डमा भएको रकमलाई दुरुपयोग गर्ने गरेकै कारण अपारदर्शीता बढाउने काम भएकैले पर्यटन व्यवसायीले बोर्डभित्रै आन्दोलन गर्नपनि अझै पूर्ण सुधार हुन नसकेको उनको तर्क छ । व्यवसायीले बोर्ड सुधारको लागि झण्डै दुई महिना बोर्डको गतिविध नै ठप्पा पार्ने गरी आन्दोलन गरेको थिए । बोर्डको आम्दानी पारदर्शी नहुने र महालेखा परीक्षकका कर्मचारीलाई पनि प्रभावित पारेर हिसाव मिलान गर्ने, महालेखाको प्रतिवेदनसँग बोर्डको हिसाव नमिल्ने गरेपछि बोर्डमा व्यवसयाीले दुई वर्ष अगाडि कडा आन्दोलन गरेका थिए । सो आन्दोलनबाट पनि बोर्डले अझै सचेतना सिक्न नसकेको ट्रेकिङ एजेन्सीस एसोसिएशन अफ नेपाल (टान)का एक सदस्यले भने । उनका अनुसार बोर्डले तीन वर्षदेखि रोकेको टानको पयदायत्रा पर्यटन सूचना व्यवस्थापन प्रणाली (टिम्स)को पैसा टानलाई दिएको छैन । टानले पाउनुपर्ने र मजदुर कल्याणकारी कोषमा खर्च हुने रकम पनि नपाएको टानको भनाइ छ । बोर्डमा भएको विभिन्न आर्थिक अपारदर्शीताले नै टानले पैसा नपाएको आरोप ती व्यवसायीको छ । बोर्डले प्रशस्त खर्च गरेको भएपनि पर्यटक बढाउन, नयाँ गन्तव्यधको विस्तार तथा प्रवद्र्धन गर्ने काममा कुनै उपलव्धी छैन । बोर्डले खर्च गर्ने बजेट तर्जुमाको लागि भने अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा ४३ प्रतिशत, पर्यटन सम्पदा तथा विसका र आन्तरिक पर्यटन प्रवद्र्धनमा २२ प्रतिशत, पर्यटन अनुसान्धात तथा योजनामा पाँच प्रतिशत, पूजीगत खर्चमा चार प्रतिशत, प्रशासनिक खर्चमा १५ प्रतिशत, जगेडा कोषमा ६ प्रतिशत र अन्य खर्च पाँच प्रतिशत हुने गरेको पनि बोर्डले उल्लेख गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन आएपछि पनि बोर्डले गर्ने काम र पर्यटकीय उपलब्धी भने सुधार हुन सकेको छैन । बोर्ड व्यापारि संस्था नभएकोले यसले वार्षिक रूपमा तय गरेको बजेट मात्रे खर्च गर्ने गरेको छ । तर, महालेखा परीक्षकको प्रतिवेदनमा भने गत आर्थिक वर्ष २०६९÷०७० मा बोर्ड दुई करोड ६० लाख घाटामा छ । बोर्डले वार्षिक रुपमा तयार पारेको अनुमानित रकमभन्दा बढी खर्चे हुनै नसक्नेमा यसरी घाटा देखाउनु भनेको कागज लिाएको खानु भएको पनि उल्लखे छ । बोर्डको बार्षिक बजेट अनुसार अहिलेसम्म पर्यटन प्रवद्र्धन र विकास गर्ने उपलब्धि भने शून्य नै रहेको छ । नेपाल पर्यटन बोर्डको बार्षिक बजेट आर्थिक वर्ष                                             बोर्डको आम्दानी २०६९/०७०                                            ५७०००००० २०७०/०७१                                            ७०,००००००० २०७१/०७२                                           १,१०,००००००० २०७२/०७३                                           ८४,००००००० २०७३/०७४                                          १,१२,५०,०००००