विमानस्थलको सफाईमा नयाँ कम्पनीको प्रवेश, ६ महिनाभित्रै सेवा सुधारको प्रतिवद्धता
काठमाडौं १, माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाईमा आजैबाट नयाँ कम्पनीको प्रवेश भएको छ । इनोभेटिभ एचाआर सोलुसन प्राली नामक कम्पनीले आजबाट अन्तर्राष्ट्रिय विमानस्थलको सफाइको जिम्मा पाएको छ । यो कम्पनीले आगामी ६ महिनाको मात्रै जिम्मा पाएको भएपनि निर्धारित समयभित्रै विमानस्थलको छवि सुधार गर्ने सफाई कम्पनी इनोभिटभ एचाआर सोलुसनका प्रवन्ध निर्देशक रोहिणी भट्टराईले बताए । उनका अनुसार यस अघिको खराब छविलाई सुधार गर्ने र ६ महिनापछिको जिम्मेवारी पनि आफैंले पाउने विश्वास विकासन्युजलाई दिएका छन् । नयाँ कम्पनीले पुरानो प्रणालीलाई परिवर्तन गर्ने र काम गर्ने शैलीमा नयाँपन दिने प्रतिवद्धता व्यक्त गरेको छ । काम गर्ने वातावरण व्यवस्थापन पक्षले दिने र राजनीतिकक हावि नहुने हो भने विमानस्थलको छवि सुधार्न सहजै सकिने पनि इनोभेटिभको भनाइ छ । मजदुरको हितमा काम गर्ने करीब १५० जना मजदुरबाट सेवा लिइरहेका यो कम्पनीले मजदुरको हितमा काम गर्ने बताएको छ । यो कम्पनीले ६ महिनाको लागि मात्रै सेवा गर्न टेण्डर पाएको भएपनि सन्तोषजनक सेवा दिने र थप समयको व्यवस्थाको जिम्मा पनि पाउने विश्वास लिएको छ । यो कम्पनीको अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मजदुरको तलव बढाउन पनि सहमत भएको छ । प्राधिकरणको एक तहका कर्मचारीको सहज तलव सुविधा दिने विषयमा कम्पनीले प्राधिकरणसँग सहमति गरेको छ । यो सहमति पछि मदजुरको तलव पनि बढ्ने भएको छ । यसबाट हाल १२ हजार खानेको मजदुरको तलव करीब १६ हजार पुग्ने पनि उल्लेख छ यस अघि स्वनिगा नामक कम्पनीले विमानसथलमा सफाई सुविधा दिएको थियो । मजदुरको समस्या र विमानस्थल कार्यालयको असहयोगका कारण उसले वर्षोदेखि दिँदै आएको सेवाबाट हात झिकेको हो । मजदुरको दबाबाका कार्यक्रम जारी विमानस्थलका मजदुरले न्यनुतम १६ हजार तलव पाउने भएपनि अन्य सेवा सुविधा भने नदिएकोले दबाबका कार्यक्रम भने जारी रहेने मजदुरको भनाइ छ । मजदुर युनियका तर्फबाट प्रतिनिधित्व गरेको युनिट्रभका महासचिव सुमन पराजुलीका अनुुसार मजदुरको माग अनुसारको न्युनतम सेवा सुविधा अझै नपाएकोले दबाबका कार्यक्रम भने जारी रहने छ । उनका अनुसार विमनस्थल कार्यालय वा ठेकेदार जसले दिए पनि मजदुरलाई न्युनतम पारिश्रमीक र चाडवाड खर्च दिएका छैनन् प्रतिदिन पहिले चार सय रुपैयाँ मात्रै दिने व्यवस्थामा अब प्रतिदिन पाँच सय ३५ रुपैयाँ भने पाउने भएका छन् । यसले गर्दा प्रति मजदुरले १२ हजार पाउनेले १६ हजार पाउँछन् । नियुक्तिपत्र, उपदान, सेवा सुविधा पाउनुपर्छ । संचयाकोषको सुविधा पनि पाउनुपर्ने भएकोर नेपाल वायुसेवा निगमका मजदुरको माग पूरा भने नभएको उनको भनाइ छ ।
३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे, गत वर्षभन्दा १५ हजार सात सय बढी
मुस्ताङ, २८ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कलासंस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । सन् २०१५ भन्दा १६ मा १५ हजार सातसय ४५ बढी पर्यटक भित्रिएको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए । “सन् २०१५ मा जम्मा २३ हजार दुईसय ७२ जना मात्र पर्यटक आएको तथ्याङ्क छ । भूकम्प त्रास र प्रतिकूल मौसमका कारण गत वर्ष कम पर्यटक भित्रिएका हुन्”, प्रमुख दाहालले भने, “सन् २०१६ को सङ्ख्या उत्साहजनक छ ।” पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । एक्यापका अनुसार मुस्ताङ भ्रमणमा आउने पर्यटकमध्ये १५ हजार चारसय ७८ भारतीय र २३ हजार पाँचसय ३५ अन्य देशका छन् । गत वर्ष मे महिनामा सबैभन्दा धेरै ६ हजार आठसय १६ र जनवरी महिनामा सबैभन्दा थोरै तीनसय ६५ जना पर्यटक मुस्ताङ आएको प्रमुख दाहालले जानकारी दिए। एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रासस
त्रिभुवन विमानस्थलमा जहाज पार्किङ अभाव, थप जहाज आउन पाएनन्
काठमाडौं २७, पुस । जहाज ‘पार्किङ वे’ अभावका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ल्याउन लागेका थप जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी एक महिनाभित्र काठमाडौं ल्याउन लागेको १ सय ५८ सिट क्षमतायुक्त जहाजलाई तत्काल उडान अनुमति दिन नसकिने अवस्था रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले जनाएको छ। हिमालयसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम पनि विमानस्थलमा पार्किङ बे (जहाज पार्किङ गर्ने ठाउँ) अभावको चपेटामा पर्ने सम्भावना उच्च छ । निगमले २०७४ असोजमा २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त पहिलो ‘वाइड बडी’ जहाज ल्याउने घोषणा गरिसकेको छ भने अर्को यस्तै जहाज लगत्तै ६ महिनापछि ल्याउने छ । विमानस्थलका अनुसार एकपटकमा तीनवटा वाइड बडी तथा ६ वटा न्यारो बडी जहाज राख्न नौ वटा पार्किङ बे छन् । तीमध्ये तीनवटामा निगम र हिमालयका जहाज बस्छन्। चार नम्बर बे भने मर्मत भइरहेको छ। वाइड बडी पार्किङ गर्ने एक, दुई र तीन नम्बर बेमा टर्किस एयरलाइन्स, थाई एयरवेज, सिल्क एयर, कतार एयरवेज, ड्रागन एयर, एयर एसिया लगायतले ल्याउने वाइड बडी जहाज पार्किङ गरिन्छ । नागरिक दैनिकबाट ।