नेपाल एसबिआई बैंकले फेवाताल सफा गर्ने

काठमाडौं, २० भदौ । नेपाल एसबिआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धि समझदारीपत्र सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमकाबीच बैकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागी र पोखरा उपमहानगरपालिका कार्यालयका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले उक्त समझदारीपत्र अदान प्रदान गरेका छन् । समक्षदारीपत्र बमोजिम बैंकले फेवातालको किनार (बाराहीघाट देखि गैह्राको चौतारासम्म) मा हाल निर्माण भएको फुट ट्रयाकमध्ये १०० देखि २०० मिटर क्षेत्र वरिपरी अधिकतम १५ वटा विश्राम स्थल/अवलोकन सेड निर्माण गर्नेछ । साथै, बैंकले सो वरिपरि आकर्षक बगैँचा तयार पार्ने र हरियालीको विकास गर्ने कार्य गर्नेछ । सोही समझदारीपत्र अन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ् टर्मिनल कक्षको समेत निर्मा/विकास गर्ने विज्ञप्तिमा उल्लेख छ । हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यकरण तथा सोको वरपर न.पा.ले तोकेको क्षेत्रफलसम्मको ल्यान्ड स्केपिङ् समेत बैंकले गर्नेछ । संरचना निर्माणका अतिरिक्त बैंकले निर्माण गरेको एवं सौन्दर्यकरण गरेको सम्पुर्ण संरचनाको ५ वर्षसम्स मर्मत संभार गर्ने जिम्मेवारी समेत बैंक स्वयंले निर्वाह गर्नेछ । उपरोक्त कार्यहरु आरम्भ गर्न बैंकलाई आइतबार देखिनै कार्यादेश समेत प्रदान भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत उक्त क्रियाकलापहरु गर्ने भएको हो ।

आन्तरिक वायुसेवा अन्तर्राष्ट्रिय उडानमा, श्री र सिम्रिकको तयारी तीब्र

काठमाडौं २०, भदौ । नेपालका आन्तरिक उडानका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमार्फत हवाई पहुँच विस्तार गर्न थालेका छन् । आन्तरिक उडनमा नियमित सेवा प्रदान गर्दै आएको वायुसेवा कम्पनी बुद्ध एयरले २०६६ असोजबाट सुरु गरेको अन्तर्राष्ट्रिय उडान नियमित नभएपनि चार्टर भएपनि हालसम्म जारी छ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरले दशक अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएर अफ्रिकी राष्ट्रसम्म पुगेर सेवा दिइरहेको छ । यो वाहेक थप सेवा र सुविधा दिने तयारीमा दुबै वायुसेवा लागेको छन् । आन्तरिक वायुसेवाले आफ्नो अन्तर्राष्ट्रिय पहुँच बढाउने बलियो आधार अन्तर्राष्ट्रिय नै हुने ठहर गर्दै एक पनि अर्को वायुसेवाको दायरा फराकिलो बनाउन पनि थालेका छन् । पहिले आन्तरिक बजारमा टिक्ने र अन्तर्राष्ट्रियमा जाने सोच बनाएर हवाई उडानमा प्रवेश गरेका वायुसेवाले अन्तर्राष्ट्रिसम्मको पहुँच बढाउन थालेको हुन । श्री एयरले प्रकिया अगाडि बढायो नेपालकै ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले फिक्स विंग्स जहाज संचालन गर्ने घोषणा र अन्तर्राष्ट्रिय पहुँच विस्तारको घोषणा एकैपटक गर्ने भएको छ । यो वायुसेवाले १० वटा जहाज ल्याएर आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । यो वायुसेवा कम्पनीले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गर्न अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । श्रीले वायुसेवा संचालन अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिएको श्री एयरका कर्पोरेट निर्देशक अनिल मानन्धरले बताए । हाल हेलिकोप्टर व्यवसायमा पकड जमाएको श्रीले मन्त्रालयबाट एक साताभित्रमा नै अनुमति पाउने र जहाज संचालको योजना सार्वजनिक गर्ने जानकारी दिएको छ । श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानको जहाज संचालन गर्न लागेको हो । पर्यटन मन्त्रालयले पनि श्रीलाई लाइसेन्स दिने विषयमा प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार फाइल उठाएर निर्णयको लागि पर्यटन मन्त्री जीवनबहादुर समक्ष पुगेको बताएको छ । मन्त्रीले आवश्यक अध्ययन गरेर निर्णय दिने पनि मन्त्रालयको भनाइ छ । पर्यटन मन्त्री स्तरिय निर्णयले नै कुनै पनि वायुसेवाले अनुमति पाउने प्रावधान छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार श्रीले बढाएको प्रक्रिया अनुसार जहाज उडान अनुमति दिन कुनै समस्या छैन । जहाज ल्याउछु र उडान गर्छु भन्ने कम्पनीलाई प्रोत्साहन दिनुपर्ने पनि उनको बुझाई छ । यो वायुसेवाले आन्तरिक उडानका लागि ५० सिटसम्मका जहाज सञ्चालन गरिने गर्ने र अन्तर्राष्ट्रिमा भने एक सयदेखि १ सय १० सिट क्षमताका जहाजबाट सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । श्रीले आन्तरिक उडानका लागि क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरमा निर्मित ५० सिट क्षमतायुक्त ‘सिआरजे–२००’ सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष अनुमति मागिसकेको छ । ती जहाजबाट काठमाडौंलाई आधार बनाएर भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीका लागि नियमित उडान गर्ने योजना अगाडि सारेको छ । अन्तर्रा्ष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त तीनथान जहाज पहिलो चरणमा ल्याइने मानन्धरले जानकारी दिए। उड्डयन प्राधिकरणको नियम अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न न्यूनतम दुईदुई थान जहाज चाहिन्छ । श्री ले पनि सोही नियम अनुसार दुइटै सेवाका लागि तीनतीन थान जहाज ल्याउन लागिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने भारतीय सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदराबाद र वनारस उडान गर्ने योजना रहेको पनि श्रीले जानकारी दिएको छ । पहिलो चरणको अन्तर्राष्ट्रिय उडानको सफलतापश्चात एयरवसको एक सय ५० सिट क्षमता सरहको जहाज ल्याएर युएई साउदी अरब, थाइल्याण्ड मलेसियालगायत गन्तव्यमा उडान गर्ने श्री एयरले जानकारी दिएको छ । कार्गोमार्फत अन्तर्राष्ट्रिय उडानको तयारीमा सिम्रिक गुण एयरलाइन्स खरिद गरेर सिम्रिक एयरलाइन्स भएको चार वर्षमा नै सिम्रिकले अन्तर्राष्ट्रिय उडानको घोषणा गरेको छ । गुणका दुई र अग्नि एयरका दुई जहाज किनेर चार वटा संचालन गरिरहेको यो वायुसेवाले अमेरिकी वायुसेवासँग सहकार्य गरेर अन्तराष्ट्रिय उडान गर्ने सम्झौता गरिसकेको छ । संयुक्त राज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोवल एयरवेजसँगको सहकार्यमा सिम्रिकले अन्तराष्ट्रिय उडान गर्ने गरी आन्तरिक तयारी गरिरहेको बताएको छ । सम्झौतामा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायर ग्लोवल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले हस्ताक्षर गरिसकेको नेपालमा नै आन्तरिक तयारीको काम नसकिएको सिम्रिकले जानकारी दिएको छ । सिम्रिक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफायर ग्लोवल एयरवेजको संयुक्त लगानीमा नेपालबाट यो वायुसेवा संचालन हुने उल्लेख छ । सिम्रिकले नेपालमा यात्रु उडान नभएर कार्गो उडान मात्रै गर्ने गरी सफायरसँग सम्झौता गरेको हो । करीब १६ अर्ब रुपैयाँको लगानीमा ७० प्रतिशत सफायरको र ३० प्रतिशत सिम्रिकको शेयर हुने गरी सम्झौता गरेको सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको भनाइ छ । यतिले हिमालय चलायो आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरले तिब्वत एयरलाइन्सँगको सहकार्यमा हिमालय एयरलाइन्स संचालन गरेको छ । २०६४ माघ ६ गतेबाट एयर अरेवियासँगको सहकार्यमा आन्तरिक वायुसेवा कम्पनी यति एयरले अन्तर्राष्ट्रिय उडानको फ्लाई यति संचालन गरेको थियो । आन्तरिक व्यवस्थापन मिलाउन नसकेका कारण यो वायुसेवा ६ महिना पछि संचालन गर्न सकेन । यो वायुसेवाले गत फागन अन्तिम साता नेपलामा जहाज भित्र्याएको भएपनि नियमति उडान भने गते जेठ १९ गतेबाट सुरु गरेको हो । यतिले फ्लाइ यतिलाई नै नयाँ रणनीतिक साझेदार खोजेर पुनः हिमालय एयरलाइन्ससँगको नाममा उडान संचालन गरेको हो । हिमालयले हाल एउटा जहाजमार्फत काठमाडौं कतार नियमित उडान गरिसकेको छ । यो वायुसेवामा यति एयरकै लगानी प्रमुख रहेको छ । अन्तर्राष्ट्रिय पहुँच बढाउने तयारीमा बुद्ध एयर विसं २०६६ देखि नै अन्तर्राष्टिय उडानको अनुमति लिएर नेपालसँग सीमानासँग जोगिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको बुद्धले पनि जहाजको संख्यासँगै उडान पहुँच बढाउने तयारी थालेको छ । यो वायुसेवाले हाल भारतको वनारसमा चार्टर उडान गरिरहेको भएपनि जहाज थप गरेर नियमतिमा जाने योजना बनाएको बताएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय उडान गन्तव्य पनि बताउने योजना अगाडि सारेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । भुटानको नियमित उडान बन्द गरेर भारतको लखनउ उडान गरिरहेको बुद्ध एयरले थप दुईवटा एटीआर ७२ जहाज थप गरेर सीमा क्षेत्रका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न चाहेको उल्लेख छ । यो वायुसेवाले मन्त्रालयमा दुई वटा जहाज थपको अनुमति मागेको छ । जहाज विस्तारसँगै उडान पहुँच बढाउँदै सौर्य एयर आन्तरिक उडानमा पछिचल्लो सयम थपिएको वायुसेवा कम्पनी सौर्य एयरले पनि जहाज विस्तारसँगै उडान क्षमता बढाउने भएको छ । यो वायुसेवासँग आन्तरिक उडानको एउट मात्रै जहाज छ । आगामी सेप्टेम्बर भित्र एउटा र त्यसको ६ महिनामा अर्को जहाज थप गरेर उडान पहुँच बढाउने सौर्य एयरका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । दुई वर्ष देखि ५० सिट क्षमताका जहाज संचालन गरिरहको यो वायुसेवाले आन्तरिक व्यवस्थाप नमिलेका कारण जहाज नै बेच्च चाहेको थियो । नयाँ रणनीतिक साझेदार भित्र्याएर यो वायुसेवाले जहाज विस्तारको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । यो वायुसेवाका जहाज ५६ सीट क्षमताको भएको र बुद्ध एयरसँग भएको ७३ सीट क्षमताको एटीआर भन्दा पनि तीब्र गतिमा उड्ने जहाज हो । सौर्यले पनि जहाज थप गर्ने अन्तर्राष्ट्रिय उडानसम्मको योजना बनाइरहेको जानकारी दिएको छ ।

फोहोरको शुल्क विदेशिबाटै लिनपर्ने, व्यवस्थापन सरकारबाटै हुनुपर्ने

काठमाडौं २०, भदौ । नेपालमा आएका विदेशी नागरिक पदयाता तथा पर्वताराहेणमा जाँदा हुने फोहोरको व्यवस्थापनका लागि शुल्क लिनुपर्ने प्रस्ताव पर्यटन व्यवसायीको छ । फोहोर र धरौटीसम्बन्धी नीतिगत व्यवस्थाले पर्यटकलाई झण्झट भइरहेकको भन्दै व्यवसायीले पर्यटकबाट थप रकम फिर्ता नहुने गरी लिएर सफाईको व्यवस्था सरकारले नै गर्नुपर्ने माग गरेका छन् । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को टोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई भेटेरै यस्तो माग गरिएको जानकारी दिएको छ । हाल विदेशी पर्यटकले पर्यटन मन्त्रालयमा गार्वेश शुल्क डिपोजिट गरेर पर्वतारोहणमा जानुपर्छ । तोकिएको फोहोर फिर्ता ल्याएर मात्रै यस्तो शुल्क फिर्ता पाउने प्रावधान रहेको छ । टानले सगरमाथाका लागि फोहोर व्यवस्थापन शुल्कवापत प्रतिपर्यटक १ सय डलर, ८ हजार मिटरभन्दा माथिका हिमालका लागि ७५ डलर प्रतिपर्यटक, ६ हजार ५ सय मिटरभन्दा माथि ८ हजार मिटरभन्दा कम उचाईका हिमालका लागि ५० डलर कायम गर्नुपर्ने टानको सुझाव दिएको छ । यो रकम फिर्ता नहुने गरी लिने र व्यवस्थापनको काम भने सरकारले नै गर्नुपर्ने माग व्यवसायीको छ ।  व्यवसायीले परमिट शुल्क, फोहोर व्यवस्थापन, टिम्स कार्ड वितरणमा समस्या रहेको सम्बन्धमा मन्त्री शाहीको ध्यानाकर्षण गराएका छन् । त्यसबाहेक हिमाल आरोहणलाई सुरक्षित र भरपर्दो बनाउन उमेरको हद कायम गर्नुपर्ने, प्रतिवन्धित क्षेत्रसम्बन्धी व्यवस्था, बीना गाइड तथा भरिया यात्रा गर्ने प्रवृत्ति रहेको व्यवसायीहरुको भनाई छ । पर्यटनसग सम्बन्धित कामहरु एकद्धार प्रणालीबाट सम्पन्न गरी सहज बनाउनु पर्ने व्यवसायीले बताएका छन् । आरोहणमा उमेर हद १६ वर्षभन्दा माथि ७५ वर्षसम्म कायम गर्नु पर्ने तर्क व्यवसायीको छ । यसबाट आरोहणमा हुने अस्वस्थ प्रतिस्पर्धा कम हुने टानले उल्लेख गरेको छ । व्यवसायीको माग सम्बोधन गर्दै मन्त्री शाहीले समस्या रुपमा रहेका धेरै मुद्दाहरु क्रमशः समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । सबै समस्या आफ्नै कार्यकालमा पुरा हुन नसकेपनि व्यवसायको व्यवाहिरक प्रस्तावलाई अगाडि बढाउने प्रयास भइरहने बताएको जानकारी टानल दिएको छ ।