राराबासदेखि रारातालसम्मको पर्यटकीय प्याकेज तयार, ग्रामिण जनजीवनको अध्ययन गर्दै रारासम्म पुग्न सकिने

काठमाडौं ८, भदौ । सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले रारावासदेखि रारा तालसम्मको नयाँ पर्यटकीय प्याकेज बनाएको छ । नेपालका नयाँ र संभावना बोकेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न अग्रसर यो संस्थाले हालसम्म आधा दर्जन भन्दा बढी नयाँ पर्यटकीय गन्तव्यको खोजी, प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाइउको छ । यो संस्थाले एक साताको स्थलगत भ्रमण गरेरै राराबास देखि रारातालसम्मको पर्यटन प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाउको जानकारी दिएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बर्दिया–बाँके (गाभर भ्याली)–सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगुको रारासम्म स्थलगत अध्ययन अवलोकन पछि सोट्टोले उक्त कार्यक्रम अगाडि बढाएको सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए । रारा राष्ट्रिय निकुन्ज घोषणा भएपनि २०३२ सालमा रारा क्षेत्रका करीब दुई सय घरलाई सरकारले राराबाट स्थानान्तरण गरेको थियो । त्यो बस्ति बाँके, बर्दियासहितका क्षेत्रमा पुगेका छन् । राराको स्थलगत भ्रमणमा जाने प्याकेज सोही रारा तालको किनारबाटै विस्तापित भएको एक घर बाँकेको गाभरभ्यालीमा रहेको छ । सोही घरमा रहेको होमस्टेमा पर्यटक रारा तालकको यात्राका लागि जाने पर्यटककको बसाई हुने भएकोले सोट्टोले प्याकेजको नाम नै राराबासदेखि रारा तालसम्म तय गरेको हो । पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्था, राजनीतिज्ञ, सरकारी निकायका पदाधिकारीहरु र पर्यटन पत्रकारहरुसहित दुई दर्जन व्यक्तिहरुको सहभागिता रहेको एक फार्म टुर सोट्टोले आयोजना गरेको थियो । गत भदौ ३० देखि असोज ७ सम्मको यो स्थलगत भ्रमणपछिको पर्यटकीय प्याकेज तयार भएको हो । बर्दियादेखि रारासम्म रहेका प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको अवलोकनका साथै कर्णालीका जिल्ला–जिल्लाका पर्यटकीय सम्पदाहरुको विकासमा पर्यटन प्याकेज निर्माण गरेर अगाडि बढिने बताइएको छ । त्यस क्षेत्रको पर्यटनका सम्भावना र पर्यटनबाट लिन सकिने फाईदाका विषयमा सरोकार पक्षलाई भोक जगाईदिएको छ । सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भ पारेर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले स्थलमार्गको प्रयोग गरेरै यो भ्रणत तय गरेको र स्थलमार्ग प्योकज नै तय गरेको जानकारी दिएको छ । स्थलमार्गको प्रायोग गरेर जान चाहने पर्यटकका लागि २५ देखि ३० हजार र जहाजमा जान चाहने पर्यटकका लागि ४० देखि ४५ हजार रुपैयाँ सम्मको प्याकेज तयार भएको सोट्टोको भनाइ छ । यो प्याकेज सात देखि १० दिनको हुने र पर्यटकले ग्रामिण जनजीवनको अध्ययन गर्दै रारासम्म पुग्न सक्ने पनि उल्लेख छ । भ्रमणलगतै सोट्टोले अब रारा क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक पठाउनको लागि गृहकार्य सुरु भैसकेको सोट्टो–नेपालका अध्यक्ष खड्काले बताए । फार्म टुर अबधिभर सँगै रहेका नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले राराबास देखि रारातालसम्मका पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन, बजारीकरणमार्फत उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सबै लागि पर्नुपर्ने बताए । उनका अनुसार राराबास (गाभरभ्याली होमस्टे)देखि रारातालसम्म पर्यटकलाई पुर्याउँदाका दुःखहरु के छन् ? भनेर स्थलगत भ्रमण भएको हो । रारामा पर्यटक आए भने त्यसको लाभ तपाई कर्णालीबासी र देशले यी विषयलाई कसरी सम्बोधन गर्न सक्छ भनेर हामी यहाँ आएका हौं । यसमा कर्णालीबासी जनताले यहाँको पर्यटनको विकासमा अन्तिम निर्णय लिनुपर्नेछ । प्रमुख थापाले गुनासोमात्र होईन काम गर्न एक भएर जुट्नुपर्ने बताए । जुम्लाका सांसद एवं पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले सुन्दर कर्णालीको समग्र पर्यटनको विकासमा आफुले सक्दो बजेट विनियोजन गरेको, त्यसको सदुपयोगमा लाग्न सबैसँग आग्रह गरे । कर्णालीका पर्यटकीय सम्पदालाई राष्ट्रियरुपमा जोड्न र यसको विकासमा आफु संधै लागि पर्ने उनले बताए । फार्म टुरमा सँगै रहेका नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणि लामिछानेले कर्णालीका पर्यटकीय सम्पदाहरुबारे यथार्थ सूचना दिन भ्रमण फलदायी बनेको बताए । होमस्टे एसोसियसनका अध्यक्ष भिम केसीले बर्दियादेखि मुगुको रारासम्म पर्यटकलाई बसाउने होमस्टेको विकास गरिनुपर्ने र यसका लागि सहयोग गर्न आफुहरु लागिपर्ने बताए । उनले ग्रामिण पर्यटनको प्रवद्र्धनमा थप सहजता गर्ने गरी यो प्याकेज आएको पनि बताए । रारामा होटल संचालन गरेर बसेका मुगुका एकमात्र पर्यटन व्यवसायी गोपाल बमले राष्ट्रकै प्रमुख पर्यटकीय क्षेत्र रारालाई सबैले महत्व दिएर लगानी बढाउँदै स्थानीयका साथै राष्ट्रकै आम्दानीमा योगदान दिनुपर्ने बताए । उक्त समूहले बाँके–बर्दियामा (गाभर भ्याली होमस्टे अर्थात राराबास), सुर्खेत, दैलेखको गुराँसे, कालिकोटको मान्मा, जुम्लाको खलंगा, मुगुको रारातालमा पर्यटकीय सम्भावना र चुनौति विषयमा छुट्टाछुट्टै अन्तक्रिया कार्यक्रम गरेको थियो । अन्तक्रियामा हरेक जिल्लाका पर्यटन व्यवसायी, स्थानीय वासिन्दा, राजनीतिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायी, संचारकर्मीहरु सहितको सहभागीता रहेको थियो । रारा ताल परिसरमा राष्ट्रिय ताल संरक्षण विकास समितिसँगको सहकार्यमा संयुक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो । यसअघि पनि सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले नेपालका थुप्रै नयाँ गन्तव्यहको प्रबद्र्धन र प्याकेजिङ गर्दै आएको छ । रारासम्म पुग्ने सबैले मानव भएर जन्मिएपछि एक पटक धर्तीको स्वर्ग मानिने रारातालसम्म पुग्नै पर्ने बताएका छन् ।

पर्यटन मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता, वायुसेवा निगमलाई दुईवटा वाइडवडि एक वर्षभित्रै

काठमाडौं ८, असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही र पर्यटन सचिव शंकर अधिकारीबीच कार्यसम्पादन सम्झौता भएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा भएको २६ बुँदा र एक सय वटा सूचकमा एक वर्षभित्रै ७ लाख पर्यटक आगमनको वातावरण बनाउने तथा नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडवडि जहाज खरिदको सम्झौता भैसक्नुपर्ने उल्लेख छ । पर्यटन मन्त्री र सचिवबीच भएको यस्तो सम्झौतामा पर्यटन मन्त्रालय र मातहतका कार्यालयले गर्ने एक वर्षे कामको विवरण उल्लेख भएको छ । पर्यटन मन्त्री शाहीका अनुसार तोकिएको समय र सम्झौता अनुसार काम नभए सचिवदेखि सम्वन्धित विभागका कर्मचारीसम्मलाई कारवाही गरिने भएको छ । एक वर्षको कार्यसम्पादन सम्झौता भएपनि मन्त्री शाहीले भने आगामी चैत्रभित्रै प्रगति विवरण दिने गरी निर्देशन दिएका छन् । यस अघि सचिवले आयोजना प्रमुखसँग मात्रै गर्ने गरेको यस्तो कार्यसम्पादन सम्झौता पर्यटन मन्त्रीले भने सचिवसँग नै गरेका छन् । निजामति सेवा ऐनमै भएको व्यवस्थालाई कार्यान्वय गर्दै गरिएको यस्तो सम्झौतामा मन्त्रीले सचिवसँग र सचिवले सहसचिव तथा सम्वन्धित विभागका महानिर्देशकसँग गरेका छन् । यस्तो पर्यटन मन्त्रालय मातहत गर्नुपर्ने कामको यस्तो सम्झौता एक सय वटा कार्यसम्पादनको क्षेत्रमा करिब एक हजार सूचक रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्री र सचिव भएको यस्तो सम्झौतामा ५० प्रतिशत भन्दा कम प्रगति भए नकारात्मक काम मानिने छ । कार्यसम्पादानकै आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गर्न यस्तो सम्झौता गरिएको मन्त्री शाहीले जानकारी दिए । मन्त्री शाहीका अनुसार आप्mनो र अर्काको जिम्मेवारी भनेर पन्छने प्रवृत्तिलाई हटाउन र आफैंबाट सुधार अभियान संचालन गर्न पनि सचिव र मातहतका कर्मचारीसहितसँग कार्यसम्पादन सम्झौता भएको हो । सम्झौता अनुसार काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने सर्त राखिएको छ । पर्यटन मन्त्री र सचिवबीचको सम्झौतामा पर्यटन क्षेत्रको बजारीकरण, भूकम्पपछिको पुननिर्माण, नीतिगत असहजता हटाउनेसहितका काम रहेका छन् । यस्तो काममा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा समय सान्दर्भिक नीति निर्माण तथा संशोधन गर्ने, भैरहवा विमानस्थलको काम कम्तिमा ५० प्रतिशत सम्पन्न गर्नुपर्ने, पोखरा विमानस्थलको सिभिल वर्क भएको हुनुपर्ने, निजगढ विमानस्थलको मुआब्जा बितरण गर्ने र यो विमस्थल निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न हुनुपर्ने उल्लेख छ । लुम्बीनी क्षेत्रको पर्यटन विकासको गुरु योजना, वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउने र वाइडवडि नामक दुईवटा ठूलो जहाज खरिदको सम्झौता भैसकेको हुनुपर्ने, त्रिभुवन विमानस्थलको क्षमता अभिवृद्धिको काम अगाडि बढ्नुपर्ने, नेपालभरका धार्मिक स्थलको भेटी व्यवस्थापन हुनुपर्ने, यूरोपेली युनियनले राखेको नेपालको उड्डययन क्षेत्रको कालोसूचि हट्नुपर्ने सर्त उल्लेख छ । नेपालका सबै हिमालको विद्युतीय अभिलेख हुनुपर्ने, मन्त्रालय अन्तर्गत हुन सबै ठेक्का विद्युतीय सेवाबाट हुनुपर्ने, क्यासिनो नियमावली संसोधन, पर्यटन मन्त्रालय र मातहतका कार्यलयको पूँजीगत खर्च कम्तिमा ७५ प्रतिशत सम्पन्न भएको हुनुपर्ने सर्त पनि रहेको छ । मन्त्रीसँगको कार्यसम्पादन करार सम्झौतालाई सचिवले मातहतका निकायका सहसचिवसँग गरेका छन् । सहसचिव तथा विभागका महानिर्देशकले पनि सम्वन्धित विभागका योजना प्रमुख तथा आफ्ना कर्मचारीसँग गर्ने उल्लेख छ । सम्झौतापछि पर्यटन सचिव अधिकारले कर्मचारीलाई थप जिम्मेवार बनाउँन यस्तो सम्झौता भएको बताए । उनका अनुसार सम्झौता पछि काम प्रभावकारी रूपमा हुनुपर्ने र सहजता अपनाउने तथा सम्वन्धित कर्मचारीलाई जिम्मेवार बनाउने पनि बताए । चालू आवमा गर्नुपर्ने काममा आधारित भएर गरिएको यस्तो सम्झौताको वार्षिक लक्ष्यलाई मासिक हुँदै साप्ताहिक बनाएर काम गर्न पर्यटन सचिव अधिकारीले मातहतका कार्मचारीलाई निर्देशन दिएका छन् । आफूले गर्ने कामको कार्यगत विवरण तयार गर्ने र काम गर्ने समयतालिका बनाउँन पनि सचिवले निर्देशन दिए । मन्त्री र सचिवबीचको पहिलोपटकको कार्यसम्पादन करार सम्झौताले आफ्नो जिम्मेवारीलाई थप बलियो बनाउँन सहयोग गरेको पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले बताए । उनका अनुसार निजामति सेवामै मन्त्रीले सचिवसँग गरेको कार्यसम्पादन करार पहिलो हो । यसलाई अन्य मन्त्रालयले पनि गर्दैै गएको अवस्थामा कामको प्रगति बढ्ने दाबी गरे ।

वायुसेवा निगमले जहाज खरिदको टेण्डर गर्ने, २५० सीट क्षमता भन्दा ठूला २ जहाज किन्ने

काठमाडौं ७, भदौ । राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेन्डर) गर्ने भएको छ। निगमको जहाज खरिदका लागि आवश्यक ऋणको जमानी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न लागिएको समाचार शुक्रबारको कारोबार दैनिकमा मा छापिएको छ। कर्मचारी सञ्चयकोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको पत्र पठाइसेको छ । नागरिक लगानी कोष ताथा अन्य वित्तीय संस्थाहरुले पनि सस्तो व्याजदरमा लगानी गर्न निगमलाई प्रस्ताव पठाएका छन्। अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने वायुसेवा निगम सञ्चालक समितका सदस्य बुद्धिसागर लामिछानेले बताए। निगमले दुईवटा एयरवका जहाज किन्ने तयारी गरेको छ । निगमले २५० सिट क्षमता भन्दा ठूला जहाज खरिद गर्न २५ अर्ब रुपैयाँको जोहो गर्दै छ । यो रकम दिन संचयकोष तयार रहेकोले पनि आवश्यक प्रक्रिया पुराएर जहाज खरिदका लागि सार्वजनिक प्रस्ताव आव्हान गर्ने पनि निगमले जानकारी दिएको छ ।