पर्यटकीय सिजनमै टिम्सकार्ड विक्री बन्द गर्ने चेतावनी, टानका कम्तिमा २५ जनाको रोजगारी संकटमा

काठमाडौं । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले तीन वर्षदेखि नेपाल पर्यटन बोर्डसँगको संयुक्त कोष तथा मजदुरको हकहितमा खर्च गर्ने रकम नपाएको भन्दै टिम्स कार्डको विक्री वितरण नै बन्द गर्ने चेतावनी दिएको छ । टानले विगत तीन वर्षदेखि पदयात्रा सूचना व्यवस्थापना प्रणाली (टिम्स) विक्री गरेवापतको कर्मचारी खर्चदेखि मजदुरको हकहितको क्षेत्रमा खर्चने रकमसमेत नपाएको बताएको छ । टानले टिम्स कार्डको वितरण र तथ्यांक अध्यावधिसहितको पर्यटकीय सेवामा क्रियाशील कर्मचारीलाई तलव भत्ता खुवाउन तथा कार्यालय संचालनका लगि ९६ लाख रुपैयाँ टानको आन्तरिक स्रोतबाट ऋण प्रदान गरेको पनि बताएको छ । विदेशी पर्यटक पदयात्रामा जादाँ पर्यटकीय सुरक्षाका लागि अनिवार्य रुपमा लागू गरिएको टिम्स विक्री गर्ने अधिकार नेपाल पर्यटन बोर्ड र टानलाई मात्रै रहेको छ । टानले समूहगत रुपमा जाने पर्यटको र बोर्डले एकल पत्रायादीको लागि टिम्सकार्ड विक्री तथा वितरण गर्ने गरेको छ ।  टानका महासचिव कर्ण लामाका अनुसार आगामी पर्यटकीय सिजन अक्टोवरको पहिलो साताबाट नै टिम्सको विक्री वितरण बन्द हुन सक्ने भएको छ । पर्यटन बोर्डल विगत तीन वर्षदेखि टिम्सको रकम थुप्राएर राखेको छ । टिम्स विक्रीबाट प्राप्त रकमध्ये बोर्डले ३०, टानले ३० बोर्ड र टानको संयुक्त कोषमा ३० प्रतिशत र मदुर कल्याणकारी कोषमा १० प्रतिशत रकम जम्मा गर्ने र तोकिएको मापदण्डभित्र रहेर खर्च गर्ने व्यवस्था छ । तर, टिम्सको कुल रकम सबै बोर्डमा नै रहेको र आवश्यक बाडाफाडा पनि नभएकोले टानले टिम्स विक्री नै बन्द गर्ने चेतावनी दिएको हो लामाका अनुसार टानले मात्रै विगत तीन वर्षको ३० प्रतिशतको खर्च गर्न पाउने रकम मात्रै करीब १२ करोड रुपैयाँ रहेको छ । टानले पाउनुपर्ने रकम औपचारीक रुपमा पाँच ६ पटक र अनौपचारिक रुपमा दर्जनौपटक आग्रह गर्न पनि बोर्डबाट रकम निकासा नभएको टानको भनाइ छ । टानका अनुसार बोर्डमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका पर्यटन व्यवसायीको पनि कुनै पहल नै नभएको देखिएको छ । आफैं व्यवसायी भएका र बोर्डमा प्रतिनिधत्वि गर्ने व्यत्तिले हालसम्म औपचारिक रुपमा समस्या समाधानको पहल नगरेको आरोप लगाएका छन् । बोर्डबाट पटक पटक पाएको आश्वासानले अब काम नगर्ने पनि लामाको बुझाई छ ।

नेपालमा विदेशी जहाज मर्मतको, जहाजलाई नेपालमै मर्मत गर्दै बुद्ध एयर

कामठााडौं १४, असोज । आन्तरिक उडानको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालमी विदेशी वायुसेवा कम्पनीका जहाजको मर्मत सुरु गरेको छ । यो वायुसेवाले आफूसँगै भएको प्रकृतिका जहाजको मर्मत सुरु गरेको हो । ‘लामो समयदेखि आफ्नै मेन्टेनेन्स ह्याङ्गरमा जहाजम मर्मत गरीरहेकोले अब एटीआर र विचक्राफ्ट जहालमा विदेशीलाई पनि सेवा दिन थालिएको बुद्ध एयरका अपरेशन अपरेशन म्यानेजर सुवर्ण खरेलले बताए । उनका अनुसार नेपाल मन्त्रालयबाट पनि औपचारिक रुपमा अनुमति लिएर विदेशी वायुसेवाका जहाजम मर्मत गर्न थालिएको छ । ‘हामीले केही वायुसेवालाई सेवा दिइसकेको छौं भने केही आउने तयारीमा पनि छन’, खरेलले भने । उनका अनुसार ढाकाबाट हेल्लो एयर र भारतबाट अलाइन्स एयरले मर्मत गर्ने नेपाल आउने चासो देखाएको छ भने यस अघि भुटानको ड्रुक एयरलाई मर्मत गरे पठाएको पनि खरेलले जानकारी दिए । उनका अनुसार बुद्धले लामो समयदेखि सुविधासम्पन्न आफ्नै ह्याङगर संचालन गरिरहेको छ । बुद्धले आफूसँग भएका दुबै प्रकारको जहाजको सामान्यदेखि जटिल प्रकृतिका सबै मर्मतको काम गर्न सक्ने भएकोले पनि सेवा थप प्रभावकारी बनाउने र नेपालमा नै रोजगारी बढाउनुका साथै विदेशी मुद्रा आर्जनका लागि विदेशी वायुसेवाका लागि पनि मर्मत गर्न थालिएको हो । यो वायुसेवाले गत सातामात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एटीआर र बीचक्राफ्ट नामक दुई प्रकारको जहाज मर्मतको अनुमति पाएको मन्त्रालयका अधिकृत मुकेश डंगोलले जानकारी दिए । नेपालमा नै जहाज मर्मतको अनुमति पाउने बुद्ध एयर दोस्रो कम्पनी हो । यस अघि सिरिज एयरक्राफ्ट रिपेयर एण्ड ओभरअल नामक कम्पनीले अनुमति पाइसकेको छ । यो कम्पनीले पूर्वाधार निर्माण गरेर काम सुरु गर्न थालेको पनि मन्त्रालको भनाइ छ । सिरिजले गत वर्ष २०७१ को जेठबाट चार वर्षका लागि यस्तो अनुमति पाएको छ । कम्पनीसँग आफ्नै जहाज नभएकोले स्थापित हुन भने कठीन संघर्ष नै गर्नुपर्ने मन्त्रालयको बुझाई छ । आन्तरिक वायुसेवा कम्पनी बुद्धले भने आफ्नै जहाज मर्मत गदै आएको अनुभवका आधारमा पनि विदेशी वायुसेवालाई सेवा दिन जहाजम मर्मत तथा मेन्टेनेन्स सुरु गरेको बुद्धले जानकारी दिएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय विमानस्थल भित्रको एयर सइड एयरिया (हवाई उडानको क्षेत्र) भन्सारमुक्त हुनुपर्ने माग पनि गरेको छ । वायुयान र पाटपूर्जा आयतामा भन्सार छुट नहुँदा मर्मतमा समस्या परेको र नेपालमा महंगो पर्ने भएको तर्क पनि बुद्धको छ ।

एउटै विदेशी पाइलटलाई १६ लाख तलब, नेपाली पाइलटलाई दुई लाख पाउनै मुस्किल

काठमाडौं १३, असोज । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् । सधै तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर ,  निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रूपैयाँ तलब खान थालेका छन्। वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनीयाँ जहाज कमान्ड गर्न आएका न्यूजिल्याण्डका प्रशिक्षक पाइलट पेनिटालाई वायु सेवा निगमले मासिक १५ हजार अमेरिकी डलर १५ लाख ९० हजार रूपैयाँ तलब दिने सम्झौता गरेको वायुसेवा निगमले जानकारी दिएको छ ।