आन्तरिक उडानमा डेढ दर्जन विमान थपिँदै, सरकारीसहित निजी क्षेत्र पनि आक्रामक बजार विस्तारमा
कात्तिक ४ काठमाडौं ४, कात्तिक । स्वदेशी वायुसेवा कम्पनीहरुले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमान थप्ने भएका छन् । फिस्टेल ग्रुप अन्तर्गतको गोमा एयरको जहाज सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने प्रक्रिया सुरु गरिसकेको छ भने निजी क्षेत्रका चार एयरलाइन्सले १३ वटा विमान थप्ने प्रक्रिया सुरु गरेको छ । यती एयरलाइन्सले जेटस्ट्रिम विमानहरु विस्थापन गरेर एटीआर ७२ विमान ल्याउने योजनाअन्तर्गत ४ वटा जहाज खरिद गर्नका लागि मन्त्रालयमा प्रस्ताव गरेको छ । निजी क्षेत्रकै गोमा एयरले १ जहाज खरिदको अनुमति लिइसकेको छ र सिम्रिक एयरले दुईवटा जहाज केही समय अगाडि मात्र थपेको छ । कारोबार दैनिकबाट ।
जेट एयरवेजले सार्क र खाडी क्षेत्रमा थप उडमा गर्ने
काठमाडौं, ३ कार्तिक। जेट एयरवेजले सार्क तथा खाडी मुलुकहरुमा थप सेवा विस्तार गर्ने भएको छ। आगामी अक्टोबर ३० देखि एयरलाइन्सले मुम्बई तथा नयाँ दिल्लीबाट काठमाडौंको उडान संख्यामा बृद्धि गर्ने जनाएको छ। जसअनुसार मुम्बई काठमार्डौ दैनिक दुई उडान तथा दिल्ली काठमाडौं दैनिक तीन उडान हुनेछन् । कम्पनीले खाडी तथा केरालाको उडान संख्यामापनि उल्लेख्य बृद्धि हुने जनाएको छ । अब तिरुवन्तपुरमबाट दुबई तथा दोहामा दैनिक सेवा उपलव्ध हुनेछ। यस अघि जेट एयरलाइन्सले कोजीकोदेबाट युएइको सारजाहसम्म दैनिक सेवा सुरु गरेको थियो। थप गरिएका उडानसँगै सार्क मुलुकमा जेट एयरलाइन्सको साप्ताहिक उडान संख्या एकसय ४० पुगेको छ, जसमध्ये आधा उडान नेपालमा हुने कम्पनीले जनाएको छ। नेपालमा पर्यटकको लागि धेरै उडानको माग भएका कारण काठमाडौंमा थप उडान भर्न लागेको जेट एयरवेजका चिफ कमर्सियल अफिसर जयराज सान्मुगामले बताए। उनले गल्फ र सार्क क्षेत्रमा सवैभन्दा व्यस्त रुटमा थप सेवा दिनु चुनौतिपूर्ण रहेको र यसका लागि एयरलाइन्सको क्षमता तथा सेवाको गुणस्तरमा कुनै कसर बाँकि नराख्ने बताए। यात्रुहरुलाई दीगो तथा स्तरीय सेवाउपलव्ध गराउने रणनीति अन्तर्गत थप उडानको व्यवस्थागरिएको जेट एयरलाइन्सले उल्लेख गरेको छ। जेट एयरवेजले यो रुटमा नेक्स्ट जेनेरेसनको बोइङ ७३७-८०० एयरक्राफ्टले सेवा दिने बताएको छ।
अपार्टमेन्ट मास्दै होटल बनाउँदै, पर्यटकस्तरदेखि पाँचतारेसम्मका अपार्टमेन्ट होटल
काठमाडौं ३, कात्तिक । राजधानीमा अधिक मात्रामा बढ्दै गएका लिभिङ हाउस तथा अपार्टमेन्ट निर्माण सम्पन्न भइसकेपछि पनि संचालन हुन नसेका कारण भटाभट होटलमा परिणत हुन थालेका छन् । सानादेखि ठूला हाउजिङ तथा अपार्टमेन्ट होटलमा संरचनालाई परिवर्तन गर्नथालेपछि पर्यटक स्तरदेखि पाँचतारेसम्मकै होटल बन्ने भएका छन् । हाउजिङ भनेर निर्माण गरेपनि संचलान भने अहिले होटल तथा आपार्टमेन्ट होटल हुन थालेका छन् । तीन वर्ष अगाडि नै कालिकास्थानको सिल्भर सिटि अपार्टमेन्ट होटलमा परिणत भइसकेको छ । होटल संघ नेपाल (हान)कै पूर्व अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले ललितपुरमा निर्माण गरेको एक हाउजिङ संचलान नभएपनि एल्लो हाउस होटलमा परिणत गरेका छन् । होटल व्यवसायी योगेन्द्र शाक्यकै ताहाचलको हाउजिङमा एम्बेस्डर आपर्टमेन्ट होटल संचालन भइरहेको छ । शाक्यको लाजिम्पार्टको एम्बेस्डर होटल सडक विस्तारका क्रममा भत्किएपनि उनले आफैं हाउजिङमा एम्बेस्डर अपार्टमेन्ट होटल भनेर संचलान गरे । अहिले लामिम्जाटमै उनको सुविधासम्पन्न होटल निर्माण सम्पन्न भइसकेको भएपनि अब ताहाचलको होटल पनि संचालन भइरहने उल्लेख छ । घरजग्गा व्यवसायी इच्छाराज तामाङको सुन्धारमा निर्माण भएको सिभिल होम्स अपार्टमेन्ट होटलमा परिणत हुने भएको छ । ११ तले यो अपार्टमेन्टमा एक सय वटा भन्दा बढी कोठा रहने र आधुनिक सुविधासम्पन्न भएकोले पाँचतारे बनाउँन आवश्यक प्रक्रिया अगाडि सारिएको सिभल ग्रुपका बरिष्ठ कानुनी प्रवन्धक हेमलाल अधिकारीले बताए । उनका अनुसार सुन्धारको एक अपार्टमेन्टलाई भने होटल संचालन गर्न आवश्यक प्रक्रिया अगाडि सारिएको छ । पाँचतारे स्टरको होटलका लागि आवश्यक सेवा र सुविधा सबै हाउजिङले मिट गरेकोले पाँचतारेकै तयारीमा अगाडि बढिएको पनि अधिकारीले बताए । उनका अनुसार हाउजिङको अवधारणमा निर्माण भएको भवन भएपनि स्तरीय होटल बनाउन कुुनै समस्या नहरेकोले सोही अनुुसाको आवश्यक कागजात तयार पार्न थालिएको छ । सिभिल होम्सलाई सीधै होटलमा परिणत गर्न नमिल्ने भएकोले सिभिल होम्सद्वारा संचालित होटल हुने गरी आवश्यक प्रक्रिया आगडि बढाउन थालिएको उनले जानकारी दिए । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार हाउजिङलाई होटलमा परिणत गरेर सेवा दिने धेरैवटा कम्पनी भएपनि उद्योग विभागबाटै नयाँ कम्पनी बनाएर आउने भएकोले कुन हाउजिङ होटल भयो भन्ने तथ्यांक नभएको जानकारी दिएको छ । उद्योग विभागका अनुसार अपार्टमेन्ट संचालन नभएपछि उद्देश्य र कम्पनीको नामै परिवर्तन गरेर होटल संचलान गर्ने क्रम बढेको छ । विभागएका एक कर्मचारीका अनुसार २०७२ को भूकम्पपछि कमजोर भएका कतिपय आपार्टमेन्ट तथा संचालनको तयारीमा पुुगिसेका अपार्टमेन्टले पनि होटल संचालनको रुची देखाएका छन् । कतिपयले भने आवश्यक प्रक्रिया मिलाउँन थालिसकेको पनि उल्लेख छ । के हो अपार्टमेन्ट होटल ? लिभिङ हाउसमा रुपमा बनाएका अपार्टमेन्टलाई होटलमा परिणत गर्ने र नामै आपर्टमेन्ट होटल बनाइने गरिएको छ । हाउजिङलाई सीधै होटलमा र अपाटेन्टलाई होलमा परिवर्तन गरेर अपार्टमेन्ट होटल भन्न थालिएको छ । छाउनी अपार्टमेन्ट होटलको फाइल तस्बिर पर्यटकले एउटा फ्ल्याटनै लिन पाउँने, ठूला कोठा हुने र पर्यटक लामो समयसम्म बस्न चाहे आफैंले पकाएर खाने तथा ठूलो र फराकिला कोठा भएको होटल नै अपार्टमेन्ट होटल हो । आपटेन्टमा पर्यटकको इन्छा अनुसार आर्फैं पकाएर खान पनि पाउँछन र होटलकै सेवा लिन पनि पाँउछन् । नेपालको पहिलो अपार्टमेन्ट होटल ललितपुरको शालिग्राम होटल हो । यस्तो अपार्टमेन्ट होटल युरोपेली युनियन, विश्व खाद्य कार्यक्रम, विभिन्न गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विदेशी कर्मचारी तथा कर्पोरेट क्षेत्रका कर्मचारी र दुईसातादेखी पाँच ५ महिना तथा एक वर्षसम्म नै बन्न चाहनेको प्रमुख रोजाइमा पर्ने पर्छ ।