विदेशी एयरलाइन्सले आफूखुसी एयर मार्सल राख्न नपाउने व्यवस्था, भारतीय वायुसेवालाई चुनौति

काठमाडौं १२, कात्तिक । नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सहरूले अब आफूखुसी एयर मार्सल राख्न नपाउने भएका छन् । एयर मार्सल राख्नका लागि ती एयरलाइन्सले गृह मन्त्रालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । हाल भारतीय एयरलाइन्सहरूले विभिन्न नाममा एयर मार्सल राख्दै आएका छन् ।२०५६ पुस ९ मा काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भएपछि भारतले आफ्नो विमानको सुरक्षाका लागि भन्दै नेपालबाट भारतीय भूमिमा उडान गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफैं सुरक्षा जाँच गर्दै आएको छ । भारतले नेपाली विमानस्थलमा सुरक्षा जाँच भइसकेका यात्रुलाई आफ्ना जहाजका भ¥याङमा बसेर थप सुरक्षा जाँच गर्ने गरेको दश वर्षभन्दा बढी भइसकेको छ । ‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ कार्यान्वयनमा आएसँगै एयर मार्सलका नाउँमा हुने गरेको मनोमानी रोकिने आशा गरिएको छ । नियमावलीमा नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवा सञ्चालन संस्थाले वायुयानभित्र हातहतियारसहितका व्यक्ति राख्नु पर्ने भएमा गृह मन्त्रालयबाट इजाजत प्राप्त गर्नु पर्ने उल्लेख छ । यस्तै, संकटकालीन योजना बनाउनु पर्ने अवस्थामा नागरिक उड्डयन कार्यालयले वायुयानको अनधिकृत हस्तक्षेपको प्रतिरोध तथा संकटकालीन व्यवस्था लगाउन पाउने अधिकार समितिलाई दिइएको छ । नियमावली असोज तेस्रो साता मन्त्रिपरिषद्ले पारित गरेसँगै कार्यान्वयनमा आएको छ । मन्त्रालयको चार वर्षको प्रयासपछि गैरसैनिक हवाई उडान ९सिभिल एभिएसन० ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नियमावली जारी गरिएको हो । नियमावलीले विमानस्थलमा कार्यरत सबै निकाय तथा संयन्त्रको जिम्मेवारी तोकिएको छ । विमानस्थलमा ३६ भन्दा बढी संयन्त्र तथा संस्था क्रियाशील छन् । जसमा एकद्वार प्रणाली नहुँदा सुरक्षामा गम्भीर समस्या आउने चेतावनी सरोकारवाला निकायहरूले दिँदै आएका थिए । सरकारले वि।सं २०४६ मा सामान्य ड्राफ्टको रूपमा ल्याएको नियमावलीले काम चलाउँदै आएको थियो । “मन्त्रालयले लामो समयदेखि पहल थाले पनि अहिले कार्यान्वयमा आएको छ,” मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने । उनका अनुसार नियमावलीले नागरिक उड्डयन सुरक्षा विरुद्धका खतरा ९थे्रट० को प्रकृति तथा क्षेत्रको आधारमा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नागरिक उड्डयनसम्बन्धी विभिन्न निकायबीच सुरक्षा समन्वय गराउने विषयलाई जोड दिएको छ । नागरिक उड्डयन सुरक्षाका सम्बन्धमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तथा कानुनमा गर्नु पर्ने सुधारको विषयमा नेपाल सरकारलाई सुझाव दिने छ । नागरिक उड्डयन सुरक्षाविरुद्धका सम्भावित खतराको सामना गर्न अवलम्बन गर्नु पर्ने सुरक्षात्मक व्यवस्थाका सम्बन्धमा नागरिक उड्डयन सुरक्षा अधिकारी तथा सम्बद्ध अन्य निकायलाई निर्देशन राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिले दिनेछ । विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभाग निगरानी शाखाको जिम्मेवारी समेत नियमावलीमा तोकिएको छ । त्यस्तैगरी विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश पास भएका व्यक्तिबाहेक अरुलाई अनधिकृत प्रवेश हुन नदिने तथा प्रवेश पास भएको व्यक्ति र निजसँग सम्बन्धित सामान तथा सवारी साधनको सुरक्षा जाँच लिने नेपाल प्रहरीलाई जिम्मेवारी तोकिएको छ । नागरिक उड्डयनको सुरक्षाको विरुद्ध प्रयोग हुन सक्ने निषेधित सामान वायुयान तथा विमानस्थलको निषेधित क्षेत्रमा जान नदिने सबै काम प्रहरीको अधिकार दिइएको छ । विमानस्थल सुरक्षाको लागि खटिएका नेपाली सेनाको जिम्मेवारी समेत तोकिएको छ । नागरिक उड्डयन सुरक्षाविरुद्धको खतरामा वृद्धि भएमा खतराको प्रकृति अनुरुप समितिको निर्णयबमोजिम अतिरिक्त सुरक्षाको व्यवस्था गर्नेछ । विमानस्थलको सुरक्षाको प्रतिकूल हुने गतिविधि वा अनधिकृत प्रवेशमा नियन्त्रण गर्ने जिम्मेवारी तोकिएको छ । त्यसैगरी शसस्त्र प्रहरी, भन्सार विभागलगायत सबैको काम कर्तव्य र अधिकार तोकिएको छ । कारोबार दैनिकबाट ।

निगमको एउटा जहाज कवाडीमा बेचिदै, सिंगापुरमा थन्किएको बोइङ काठमाडौं ल्याइदै

काठमाडौं ११, कात्तिक । नेपाल वायुसेवा निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेचिने भएको छ । निगमले कवाडीमा बेच्न ठिक्क पारेको यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम भइरहेको बताएको छ । निगमको सिंगापुरमा थन्किएको यो जहाज मूल्यांकनको लागि आजै काठमाडौं आउने भएको छ । निगमका एक इन्जिनियरले दिएको जानकारी अनुसार २ दिनका लागि भनेर गएका इन्जिनियर अच्चुतराज पहाडीसहितको १ं०/१२ जनाको टीम काठमाडौं तीन दिनसम्मै उतै बसेका छन् । निगम स्रोतका अनुसार सो टोली जहाज लिएरै आजै काठमाडौं आइपुग्ने छन् । केही गरी आज कुनै प्राविधिक कारणले नभ्याए भोली शुक्रबारसम्म त जसरी भएपनि आइपुग्ने जानकारी निगम स्रोतले दियो । निगम स्रोतका अनुसार सिंगापुरमा थन्किएको यो जहाजका लागि ४/५ जना कर्मचारी भने आउने र जाने गरिरहेका छन् । थन्किएको जहाज भएपनि भत्ता लिँदै आउने जाने गरेको आरोप निगमकै एक कर्मचारीको छ । अहिले पनि २/३ जना कर्मचारी गए पुग्ने ठाउँमा दर्जन कर्मचारी पुग्नु भनेको काम भन्दापनि घुमघाम र भत्ताको लोभ भएको पनि उल्लेख छ । वायुसेवा निगमले विक्रीमा राखेको यो बोइङलाई काठमाडौंमा नै ल्याउने र यही राखेर मूल्यांकन गर्ने जानकारी निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले पटक पटक सार्वजनिक रुपमा दिइसकेका छन् । कंसाकारका अनुसार सिगंपुरमा थन्किएकोे जहाज बारम्बार समस्या आएपछि निगमले बिक्रीमा राख्ने निर्णय गरेको हो । यो जहाजलाई निगमले अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता झिकाएर विक्री मूल्य तय गर्ने काम अगाडि बढाएको जानकारी दिएको छ । निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउने उल्लेख छ । स्न २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । यस्तो मूल्यांकन अनुसार जहाजको मूल्य ८० करोड देखि एक अर्ब रुपैयाँसम्म आउन अनुमान निगमले गरेको छ । मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ । सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेकोले काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिन्छ । यो जहाजको दुईवटै इन्जिनको आयु करीब सकिएको र ओभरहल गर्नुपर्ने बेला भएको छ । इन्जिन मर्मत गनुपर्ने अवस्थामा रहको छ भने हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेकका मर्मत (सीचेक) पनि गर्नुपर्ने अवस्थामा पुगिसकेको छ । सबै मर्मत गर्दा लागत धेरै लाग्ने र मर्मत गर्न लागेको अधिक खर्चबाट जहाजले लाभ लिन नसक्ने निष्कर्षसहित निमगले यो जहाजलाई विक्री गर्ने निर्णयमा निगम पुगको उल्लेख छ । निगमका अनुसार यो जहाजलाई टेण्डर गरेर विक्री गरिने भएकोले जसले धेरै पैसा दिन्छ उसैलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने भएको पनि उल्लेख छ । निगमले विसं २०४४ सालमा करीब २३ लाख अमेरिकी डलरमा खरिद गरेको थियो । वोइङ जहाज विगत २९ वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको छ । निगमले साढे दुई दशकदेखि नियमति संचालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने संचालनमै रहको छ । निगमका अनुसार एउटा बोइङ र दुईवटा एयरवस संचालन गर्दै गर्ने अर्को दुई वटा एयरबसको वाइडवडि किन्ने भएको छ । वाइडवडिको जहाज किन्न टेण्डर गरिसेकोले तिहारपछि टेण्डर खोलिने पनि निगमले जानकारी दिएको छ ।

प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव हट्ने

पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकर्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिए । नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान गर्ने पाइलटको भने अझैसम्म पनि कमी रहेको उनको भनाइ छ । “पोखरालाई आधार बनाएर ६२ वटा प्याराग्लाइडिङ उडान गर्ने कम्पनी सञ्चालनमा आएका छन्,” उनले भने, “प्रत्येक कम्पनीले ६ जना पाइलट राख्न पाउने व्यवस्था भए पनि पोखरामा हालसम्म जम्मा १८० जना नेपाली, सात/आठजना मात्र विदेशी पाइलट छन् ।” प्याराग्लाइडिङको मुख्य समय अक्टोबर, नोभेम्बर भए पनि पछिल्ला वर्षमा प्रायशः सबै महिनाजसो प्याराग्लाइडिङ सञ्चालन भइरहेको सञ्चालक पहारीले बताए। नेपालमा प्याराग्लाइडिङ सुरु भएको लामो समयपछि पाइलट उत्पादनका लागि बाबु एडभेन्चर स्कुल र ब्लुस्काई फ्लाइङ स्कुलले अनुमति पाएसँगै ती स्कुल यतिखेर दक्ष पाइलट तयार गर्ने लक्ष्यका साथै क्रियाशील छन् । बाबु एड्भेन्चर स्कुलले स्याङ्जाको स्वरेकमा स्कुल सञ्चालनमा ल्याएको छ भने ब्लुस्काई फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विश्वका उच्च हिमालबाट प्याराग्लाइडिङ गरी विश्व जगतमा कीर्तिमानी कायम गरेका सानुबाबु सुनुवारले स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेसँगै उक्त स्कुलमा स्वदेशी तथा विदेशी नागरिकले प्याराग्लाइडिङ पाइलट बन्ने इच्छाका साथ तालिम लिन थालेका छन् । स्वरेकमा अत्यावश्यक पूर्वाधारसहितको प्याराग्लाइडिङ पाइलट तयार गर्नका लागि कक्षा सञ्चालन यसै वर्षदेखि सुरु गरिसकेको सञ्चालक सुनुवारले जानकारी दिए । दक्ष व्यावसायिक पाइलट बन्नका लागि लगभग साढे दुई वर्ष लाग्ने गर्दछ । बाबु एड्भेन्चर स्कुलका प्रशिक्षक बालकृष्ण बस्याल ९बालु०का अनुसार स्कुलमा दक्ष प्याराग्लाइडिङ पाइलट बन्ने उद्देश्यका साथ १४ वर्षका युवादेखिदेखि ५८ वर्षका वयस्क पनि आएका छन् । हाल सो स्कुलमा अष्ट्रियालगायतका विदेशी राष्ट्रका नागरिकका साथै स्वदेशी युवाले प्याराग्लाइडिङ पाइलटको तालिम लिइरहेको र अब चाँडै नै प्याराग्लाइडिङ पाइलटको अभाव समाधान हुँदै जाने उनले बताए । स्कुल सञ्चालनसँगै स्वरेक गाउँको पर्यटकीय आकर्षण समेत बढेको छ । अत्यन्त मनमोहक चौर तथा पहाडि भू–भाग रहेको स्वरेकको उच्च भू–भागमा प्याराग्लाइडिङ उडान हेर्नकै लागि पनि पर्यटक आउने गरेको एक्सवाइजेड होमस्टे, स्वरेकका सञ्जु थापाले जानकारी दिए । रासस