आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै, राडार बिग्रदा उडान व्यवस्थापनमा हम्मेहम्मे
काठमाडौं १९, कात्तिक । शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान ९नोटाम० जारी भएको छ । नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यो सूचना सबै वायुसवेलाई जानकारी भइसकेकोले सोही अनुसार उडान व्यवस्थापन हुने भएकोले पनि कुनै ठूलो उडान प्रभाव नपर्ने ठाकुरको भनाइ छ । मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै छन् । सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ । बुधबार समेत भारतीय राष्ट्रपति मुखर्जीको सवारीका कारण दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रभावित भएको थियो । बिहीबार समेत दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाजको गति, दिशा र उचाई देखाउने यन्त्र (राडार) बिग्रदा उडान व्यवस्थापनमै हम्मेहम्मे परेको थियो । बिहीबार राडारले काम नगर्दा पनि उडान व्यवस्थापन गर्नुपर्दा राडारमै अभ्यस्त एयर ट्राफिक कन्ट्रोलर ९एटीसी०लाई निकै असहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार बुधबार बेलुका ८ बजेदेखि बिग्रिएको राडार २१ घण्टापछि आर्थात् बिहिबार बेलुका ५ बजे मात्रै बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट ।
मुखर्जीको भ्रमणले पोखरेली पर्यटनको अन्तराष्ट्रिय ब्राण्डिङ हुने, भव्य स्वागतको तयारी पुरा
पोखरा, १८ कात्तिक । अघिल्लो वर्ष पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) र बेलायती राजकुमार ह्यारीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चासो र चर्चाको विषय बनेको पोखरा यतिखेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको अन्तिम पर्खाइमा छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा आफ्नो पहिचान स्थापित गरेको पोखरा पछिल्ला समयमा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण व्यक्तिको भ्रमणको स्थल समेत बन्नुले यसको गरिमा र महत्व अझै बढाएको छ । भारतीय राष्ट्रपतिको शुक्रबार हुन लागेको पर्यटकीय नगरी पोखराको भ्रमणले यो विदेशी राष्ट्रप्रमुखको भ्रमणको प्राथमिकतामा पनि परेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल बताउछन । “राष्ट्रपति मुखर्जीको भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याएको छ,” उनले भने, “नेपाल भ्रमणको कार्यक्रममा पोखरा पनि पर्नु यहाँका लागि महत्वपूर्ण अवसर हो ।” राष्ट्रपतिको पोखरा भ्रमणलाई भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरिएको उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरामा भारतीय राष्ट्रपतिको आगमन यहाँको पर्यटकीय विकासका लागि पनि महत्वपूर्ण अवसर भएको पर्यटन सम्बद्ध व्यक्तिको धारणा छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा पोखरा आगमन हुने विषयले स्वभावतः अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि स्थान पाउने बताए । “राष्ट्रपतिको आगमनसँगै पोखरा अति विशिष्ट दर्जाका व्यक्तिको भ्रमण स्थलसमेत हो भन्ने कुरालाई चरितार्थ गर्दछ,” थापाले भने, “यस भ्रमणसँगै पोखराले विश्वका विशिष्ट पाहुनालाई समेत आकर्षित गर्नुका साथै पोखरा पर्यटनको सुरक्षित गन्तव्य भएको कुरालाई स्वतःस्फूर्त रुपमा अन्तराष्ट्रिय रुपमा स्थापित गराउनेछ ।” सांस्कृतिक, भौगोलिक लगायतका विविध कारणले युगौँदेखि मित्रवत् सम्बन्ध रहेको मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमण आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पराजुली उनको पोखरा भ्रमण सम्पूर्ण पर्यटन व्यवसायीका लागि सुखद् पक्ष भएको धारणा राखे । भूकम्पपछिको पर्यटनमा भारतीय पर्यटकको कम आगमन भएको अवस्थामा पर्यटकीय नगरी पोखरामा पनि उनको भ्रमणको कार्यक्रम रहनुले भारतीय पर्यटक थप आकर्षित गर्न महत्वपूर्ण सहयोग पुग्ने पराजुलीले बताए । अत्यन्त अनुकूल मौसमको समयमा हुन लागेको भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको कार्यक्रमले विश्वका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानसमेत आकर्षित गर्ने बताउँदै उनले भ्रमणसँगै अन्तर्राष्ट्रियस्तरमा यहाँको पर्यटन प्रवद्र्धनमा पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । भ्रमणले पोखराको गरिमा र महत्वलाई थप उचाइमा पु¥याउने पोखराका वरिष्ठ समाजसेवी एवम् उद्यमी गणेशबहादुर श्रेष्ठले बताए । “पोखरेली जनता भारतीय राष्ट्रपतिको न्यानो स्वागतको अन्तिम तयारीमा छन्,” स्वागत व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले भने, “पोखरामा उहाँलाई यहाँका धार्मिकस्थलको अवलोकन गराउन र नागरिक अभिनन्दनसमेत गर्न पाएको भए अझै राम्रो हुने थियो ।” अन्तर्राष्ट्रियस्तरका अति विशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु समग्र पोखरावासीका लागि महत्वपूर्ण उपलब्धि एवम् अवसर भएको उहाँको भनाइ छ । रासस
२४ सै घण्टा विमानस्थल संचालनमा समस्या, त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय मापदण्ड भन्दा कम क्षमतामा
काठमाडौं १८, कात्तिक । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढी हुँदा र आवश्यकता अनुसार हवाई उडान समय बढाउनमा समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई चाप, कुनै विशेष उडान, भीभीआईपीको उडानले विमानस्थल बन्द, विदेशी वायुसेवाले जुनसुकै बेला पनि उडान तथा अवतरण अनुमति माग्ने अवस्थामा पनि विमानस्थल २४ सै घण्टा संचालनमा समस्या देखिएको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनासाथ त्रिभुवन विमानस्थलाई २४ सै घण्टा संचालन गर्न निर्देशन दिएका थिए । आवश्यक पूर्वाधार नभएको, जनशक्तिको अभाव र एउटामात्रै धावनमार्ग भएको, हवाई चापलाई दिनमा पनि थेग्न हम्मे परेको अवस्थामा रातैभर संचालन गर्न नसकिने अवस्था भएको भन्दै पर्यटन मन्त्रालयले प्रधानन्त्रीको निर्देशन नै लत्याएको छ । प्रधानमन्त्रीको निर्देशनको एक साता पछि पर्यटन मन्त्री जीवनबहादुर शाहीले पत्रकार सम्मेलन आयोजना गरेरै प्रधानमन्त्रीको निर्देशन साकारात्मक भएपनि एक दुई घण्टा उडान समय बढाउन भनेको भए सकिन्थ्यो १८ घण्टा संचालन भइरहेको विमानस्थलाई एकैपटक पूर्वाधार विना २४ घण्टा संचालन गर्न नसकिने जानकारी शाहीले दिए । प्रधानमन्त्रीले दिएको निर्देशन तीन महिना पुगिसेको भएपनि अझै कार्यान्वयन हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रमनाथ ठाकुरका अनुसार कुनै पनि भीभीआईपी उडान तथा विशेष परिस्थितिमा वायुसेवलाई एक दुई घण्टा उडानको समय थप गर्न सकिने तथा विमानस्थल खुला गर्न सकिने भएपनि रातैभर संचालनको अवस्था भने नरहेको बताए । अनुसार कुनै वायुसेवाले विमानस्थल बन्द हुनुभन्दा (राती साढे १२ बजे भन्दा) तीन घण्टा अगाडि लिखित जानकारी दिएको अवस्थामा मात्रै एक दुई घण्टा थप समय विमानस्थल खुलाउन सकिन्छ । अन्यथा विमानस्थलमा एक सय भन्दा बढी निकायले काम गर्ने भएकोले व्यवस्थापन मिलाउनै नसकिने तर्क दिए । उनका अनुसार विमानस्थल अघिल्लो वर्षको भूकम्पको समयमा तीन दिन २४ सै घण्टा खुला गरिएको थिए । विशेष परिस्थितिमा हुने यस्तो काम सधै निमियत गर्न सक्ने आधार, पूर्वाधार र जनशक्ति तयार नभएको पनि उनको बुझाई छ । २४ घण्टा उडानको अन्तर्राष्ट्रिय मापदण्ड पुगेन त्रिभुवन विमानस्थलमा एउटै मात्र अन्तर्राष्ट्रिय धावमार्गबाट हुने जोखिमसँगै अन्य विश्वव्यापी मान्यतासमेत नपुग्नुका कारण पनि जोखिम रहेको उल्लेख छ । यो विमानस्थलले विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड पुर्यान नसकेको कारण नि २४ सै घण्टा उडान संचालन गर्न नसकेको पाइएको छ । संसारभरका वायुयान उडानको नियमन निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घठन (आइकाओ)को मापदण्डलाई यो विमानस्थलले पूरा नगरी सञ्चालनमा रहेको छ । सन् १९६४ बाट यस विमानस्थललाई अन्तराष्ट्रिय नामाकरण गरिएको भएपनि अन्तर्राष्ट्रिय विमानस्थलले आइकाओको एनेक्स १४ अनुसार रनवे, ट्याक्सीवे, रनवे सेफ्टी एरिया, आपतकालिन जहाज पार्किङ, टर्मिनल भवन, जहाजको ह्याङ्गर, नेपाली सेनाले ओगटेको विमानस्थल क्षेत्रलगायका मापदण्ड पूरा गर्न सकेको छैन् । आइकाओको मापदण्ड अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा वाइड वडिका जहाज अवतरण भइरहेको अवस्थामा यस्तो प्रकृतिको अर्काे जहाज ट्याक्सीवेमा पठाउन सकिदैन् । रनवे र ट्याक्सीवेबीचको साँघुरोपनाका कारण वाइडवडि जहाज र न्यारोवडिको आवागमन एकैपटक गर्न नसकिएको हो । अन्तराष्ट्रिय मापदण्ड अनुसार दुबैतर्फ वाइडवडि जहाज निर्वाध रूपमा अवतरण गर्ने र ट्याक्सीवेमा जानसक्ने हुनुपर्छ । आइकाओले अन्तर्राष्ट्रिय रनवे र ट्याक्सीवेबीचको दुरी १ सय ८२ दशमलव ५ मिटर हुनुपर्ने प्रावधान तोकेको छ । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने यस्तो दुरी जम्मा १ सय १९ मिटर मात्रै रहेको छ । आइकाओले तोकेको मापदण्ड अनुसार धावनमार्गको केन्द्रबाट दायाँबायाँको दुरी पनि त्रिभुवन विमानस्थले पूरा गर्न सकेको छैन् । यो मादपण्ड अनुसार १ सय ५० मिटरको घाँसे मैदान धावनमार्गको केन्द्रबाट दायाँबाया हुनुपर्ने प्रावधान छ । तर, त्रिभुवन विमानस्थलमा यस्तो दायाँबायाँतर्फको दुरी जम्मा ७५/७५ मिटरमात्रै रहेको छ । रनवे स्ट्रीटबाट हुनुपर्ने रनवे सेफ्टी एरियमासमेत त्रिभुवन विमानस्थलमा छैन् । यस्तो सेफ्टी एरिया आइकाओको मापदण्ड अनुसार २ सय ४० मिटर दुबैतर्फ हुनुपर्ने पर्छ । त्रिभुवन विमानस्थलमा भने यस्तो सेफ्टी एयर नै छैन । आइकाओले तोकेको मापदण्ड अनुसार कुनैपनि आपतकालिन पार्किङ क्षेत्र हुनुपर्ने प्रावधान भएपनि यो व्यवस्था विमानस्थलमा छैन् । त्रिभुवन विमानस्थलको धावनमार्गको क्षमता १ सय ९६ टन सम्मका वायुसेवाका लागि मात्रै भएपनि हाल ३ सय टन भन्दा बढी वायुसेवा आउने गरेका छन् । धावनमार्गको क्षमता भन्दा ठूला जहाज रोक्न नसक्नुमा पनि सम्वन्धित वायुसेवाले एआइपीको बेवास्था गरेको तथा जोखिम बहन गर्न तयार भएकोसमेत प्राधिकरण स्रोतको भनाइ छ । विमानस्थलको धावनमार्ग पटक पटक उप्कनु र क्षमता भन्दा ठूला जहाजको उडान अवतरण हुनु, धावनमार्गको विकल्प नहुँदा बढी चापलगायतले विमानस्थलबाट उडान तथा अवतरण गर्ने यात्रुका लागि जोखिम बढिरहेकोले पनि २४ सै घण्टा उडान गर्न नसक्ने अवस्था रहेको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलमा एउटा मात्रै धावनमार्ग हुनु पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नहुनुको कमजोरी भएको विमानस्थलका कर्मचारी बताउँछन् । आगामी असारभित्र विमानस्थलको क्षमता सार्वजनिक गर्ने त्रिभुवन विमानस्थल सन् २००२ सम्मको लागि तयार भएको क्षमतामा अहिलेसम्म संचालनमा रहेको छ । यो विमानस्थलको वास्तविक क्षमता कति हो, कति धान्न सक्छ, अहिलेको अवस्था के हो भन्ने वारेमा विस्तृत अध्ययन भइरहेकोल आगामी असारसम्ममा त्रिभुवन विमानस्थलको क्षमता सार्वजनिक गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताएका छन् । गौमतमले चालू आर्थिक वर्ष भित्र काठमाडौं विमानस्थललाई आधार बनाएका बाहेकका जहाज हटाउने पनि बताए । हाल काठमाडौंलाई आधार बनाएर उडान नगरेका बायुसेवा पनि काठमाडौंमा नै बस्ने गरेकोले पनि समस्या भएको बताए । उनका अनुसार प्रविधिको सहायताले उडान गर्ने र आखाँल हेरेरै उडान गर्ने दुबै प्रकारको क्षमता पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्रिभुवन विमानस्थल सुधारको लागि प्राधिकरणले क्षमता अनुसार उडान तथा अवतरणको प्रक्रिया मिलाउन लागेको पनि उनले जानकारी दिए ।