पाल्पामा बर्सेनि होटल थपिदै, एक करोडको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा

पाल्पा, १६ पुस । पर्यटकीय नगरी तानसेनमा बर्सेनि होटल थपिदैं गएको छ । झन्डै करोड भन्दा माथिको लगानीका होटल थपिदै गएपछि सुविधा सम्पन्न होटलको समस्या यहाँ टरेको छ । पछिल्लो तीन वर्षको अवधिमा एक करोड भन्दा बढी रुपैयाँको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा आएका छन् । सुविधा सम्पन्न होटल निर्माण भएपछि यहाँ पर्यटकको बसाईमा पनि बृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन् । पछिल्लो समयमा निर्माण हुने होटलमा पार्किङ, सभाहल, टिभी, फ्रिज वाइफाइ, चिसो तातो पानीलगायतका प्रशस्त सेवा सुविधा रहेको होटल व्यवसायी जीवलाल सुवेदी बताउँछन् । सुविधा सम्पन्न होटलमा खुलेपछि साना ठूला गोष्ठी तथा सेमिनार गर्नसमेत सजिलो भएको छ । चैत, वैशाखमा यहाँ अत्यधिक गर्मी नहुने भएपछि नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका स्थानबाट गोष्ठी तथा सेमिनार सञ्चालनका लागि आउने गरेको व्यवसायीहरु बताउँछन् । तानसेनमा होटल ‘द’ ह्वाइटलेक, होेटल श्रीनगर, रोज रिसोर्ट, होटल इन्दे्रणी एन्ड रेष्टुरेन्ट, पाल्पाली छे, मोनिका होटल, होटल अमृत, रक रिजेन्सि गेष्ट हाउस, शुभरात्री गेष्ट हाउस लगायतका दर्जनौं होटल सञ्चालनमा छन् । होटलमा पाल्पाली स्वादमा खाना नास्ताको सुविधाले पर्यटकको मन जित्न सफल भएका हुन । पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने भएकाले होटल व्यवसाय फस्टाएको बताउँदै पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले होटल व्यवसायमा हालसम्म तानसेनमा एक अर्ब भन्दा बढी रुपैयाँ लगानीको भएको बताएका छन् । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र रुपन्देही जिल्लाको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकाले अगामी वर्षहरुमा यहाँ विदेशी पर्यटक आउने सम्भावना बढी रहेको हुँदा यहाँ होटल व्यवसाय फस्टाउन लागेका छन् । रासस

१०६५ जनालाई एक दिनको भत्ता १५ दिनको तलव सरह, भत्तामा सवा करोड खर्चदै उड्डयन प्राधिकरण

काठमाडौं १६, पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मनाउँदै गरेको १८ औं वार्षिकोत्सवबाट यसले आफ्ना कर्मचारीलाई १५ दिनको तलवबराबरको भत्ता बाड्ने भएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीलाई १५ दिनको तलब बराबरको भत्ता दिन स्वीकृति दिएको आज घोषणा हुने प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले बताए । उनका अनुसार कर्मचारीलाई प्रोत्साहन भत्ता वापत यो रकम दिइने भएको छ । प्राधिकरका कर्मचारीले यो वर्षबाट हरेक वर्ष आफ्नै संस्थाको वार्षिकोत्सव मनाउँदा १५ दिनको तलव भत्तावापत पाउने छन् । यस अघि १६ वर्षदेखि प्राधिकरणका कर्मचारीले वार्षिकोत्सव भत्ता बापत जम्मा पाँच सय रुपैयाँ पाउँदैन आएका थिए । कर्मचारीले एक दिनको भत्ता करीब अवा करोड रूपैयाँ खर्च हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कर्मचारीले हरेक वर्ष डिसेम्बर ३१ का दिन मनाउने प्राधिकरणको वार्षिकोत्सवमा एक दिनको भत्ता वापत यो पैसा पाउने भएका छन् । हाल प्राधिकरणमा १०६५ जनाको दरवन्दी भएपछि करीब नौ सय जना मात्रै कार्यरत रहेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी पदपूर्ति भएको अवस्थामा पनि सबैले पाउने यो सुविधा सबै स्थायी कर्मचारीको हकमा लागू हुने छ । यस अघि प्राधिकरणले एक दिनको भत्ता एक महिनाकै तलवरसर अर्थात दुई करोड ४२ लाख रुपैयाँ माग गरेका थिए । अर्थ मन्त्रालयले १५ दिनको तलव बराबरको भत्ता मात्रै स्वीकृत गरेकोले सोही अनुसार हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई आव २०६८र७९ को नाफाबाट १० प्रतिशतसम्म बोनस खुवाउने तयारी गरिरहेको छ । प्राधिकरणका कर्मचारीले अहिले पनि १४ महिनाको तलब पाइरहेकामा अझै एक दिनको वार्षिकोत्सवको भत्ता पनि एक महिनाको तलब बराबार नै माग गरेका थिए। प्राधिकरणका अनुसार आजकै वार्षिकोत्सव कार्यक्रममार्फत कर्मचारीलाई बोनसको पनि घोषणा हुने उल्लेख छ । प्राधिकरण स्रोतका अनुसार दुई वर्ष अगाडि नै प्राधिकरणका विभिन्न पाँच वटा टे«ड युनियन र सात वटा पेशागत संगठनले एक महिनाको भत्ता माग गर्दै १६ औं वार्षिकोत्सव बहिस्कार गरेका थिए । एक दिनको वार्षिकोत्सव मनाउन एक महिनाको तलव भत्तासहितको सबै सुविधा माग गरेपपछि प्राधिकरण संचालक समितिले कर्मचाारीको दबाब थेग्न नसकेर निर्णय पनि गरिसकेको भएपनि औपचारिक लागू भने दुई वर्ष पछि हुँदै छ । कर्मचारीले प्राधिकरणको सुधारको लागि नीतिगत, पेशागत र संस्थागत माग पूरा नगरेको बताउँदै कार्यक्रम बहिस्कार गर्ने बताए । एक महिनाको तलव नपाए आफ्नै संस्थाको जन्मदिन बिर्सिन बाध्य हुने पनि कर्मचारीको चेतावनी यो वर्ष पनि दिएका थिए । प्राधिकरणका कर्मचारीले युनियले गरेको यो माग पूरा भए श्रेणीविहिन कर्मचारीदेखि १२ औं तहका कर्मचारीसम्मका लागि लाभ हुन्छ । प्राधिकरण स्रोतले भन्यो । कर्मचारीको सेवा सुविधा दिने विषय ठीक भएको, संस्थासँग पैसा पनि भएको र वार्षिक अर्ब नाफा कमाउने संस्थाले कर्मचारीको लागि सवा करोड खर्च गर्नु ठूलो विषय नभएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले कर्मचारीको भत्तामा नै त्यति धेरै खर्च गरेर बार्षिकोत्सव मनाउनुको कुनै तुक नभएको पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला, नदिदेखि ५६५ मिटर माथी रहेको पुलले दुई ओटा प्रान्तलाई जोड्ने

वेईजिङ, १५ पुस । चीनका दुई ओटा प्रान्तलाई जोड्ने गरी बनाएको विश्वको सबैभन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् । “यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने । यस पुलले यसअघिको सबैभन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् । रासस/एएफपी