निगमको दोस्रो मोर्डन आर्क आज दिउँसो ४ बजे आउँदै, चीनसँग खरिद गरिएको पहिलो जहाज नेपाल भित्रदैँ

निगको आज आउँदै गरेको एमए ६० नामको जहाज । निगमसँग हाल एउटा यो जहाज उडानमा छ । फाइल फोटो काठमाडौं १३, माघ । नेपाल वायुसेवा निगमका लागि दुई दिन भित्रमा दुइवटै जहाज थप हुने भएको छ । निगको आन्तरिक उडानमा प्रयोग दुईवटा चिनियाँ जहाज आज एउटा र पर्सि शनिबार एउटा आउने भएको छ । निगले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजे निगको लागि दोस्रो मोर्डन आर्क (एमए ६०) आउने भएको छ । निगमले तयार पारेको सेड्युल अनुसार आज ४ बजे त्रिभुवन विमानस्थलमा एमए ६० ल्याण्ड गर्ने छ । निगमको अपरेशन विभागले दिएको जानकारी अनुसार नियमति सेड्युलमा नै रहेकोले आजै जहाज आइपुग्ने भएको छ । निगमले जहाजको स्वागतको तयारी पनि गरिरहेको छ । निगमका अनुसार कुनै प्राविधिक समस्या नभए आजै जहाज अवतरण गर्छ । निगमले चीन सरकारको सहुलियत ऋण सहयोगमा खरिद गरेको पहिलो जहाज आज आउँदै छ । यस अघि चिनियाँ अनुदानको एक एमए ६० र एक वाई १२ जहाज निगमले उडानमा प्रयोग गरिरहेको छ । एमए ६० नामक जहाज ५६ सिट क्षमतको हो भने वाई १२ ई १८ सिट क्षमतको जहाज हो । निगमले एउटा एम ६० र ४ वटा वाई १२ जहाज चीनबाट खरिद गरिसकेको छ । जहाज तयारी अवस्थामा रहेको भएपनि निगमले यस अघि प्राविधक कमजोरी भएको र जहाज उडाएर नाफा गर्न नसक्दा यसलाई भित्र्याउँने काम पन्छाउँदै आएको थियो । पछिलो पटक भने जहाज ल्याउनैपर्ने गरी सरकरले निर्देशन दिएपछि नेपाल र चीनको दुई पक्षिय सम्झौता अनुसार जहाज आएको पनि निगमको भनाइ छ । निगमले दिएको जानकारी अनुसार आज आउने ५६ सिट क्षमताको जहाजलाई एमए ६० का प्रशिक्षक पाइलट तथा वरिष्ठ क्याप्टेन गोपालसिंह विष्ट र कोपाइट पीएस जेबी राणाले उडाएर ल्याउने भएका छन् । चीनको सियानबाट कुनन्मिङसम्म चिनियाँ पाइलट नै ल्याइदिएको यो जहाज कुन्मिङबाट बंगलादेश हुँदै नेपाली क्याप्टेनले उडाएर ल्याउँदैछन् । निगमले यो जहाज भित्र्याएपनि दुइ दर्जन आन्तरिक गन्तव्यमाा जहाज उडाउने योजना बनाइरहेको छ । नेपालले चीनसँग गरेको सहमतिअनुसार अझै तीनवटा वाई १२ आउँछ । एउटा शनिबार आउँछ भने बाँकी निगमले बनाएको सेड्युल अनुसार आउने पनि उल्लेख छ ।

होमस्टेको नाममा लज र रिसोर्ट, ग्रामिण पर्यटनको सुविधामा अधिक लाभ लिँदै, राज्यलाई छल्दै

काठमाडौं १२, माघ । सरकारले ग्रामिण पर्यटनालाई प्रवद्र्धन गर्न सन् २०११ देखि होमस्टे प्रवद्र्धन गर्न थालेको हो । सरकारले ६ वर्ष अगाडि ग्रामिण पर्यटन प्रवद्र्धन गर्न निःशुल्क दर्ता र सरकारी सेवा सुविधा दिने उद्देश्यले सुरु गरेको होमस्टेमा विकृति सुरू हुन थालेको छ । सरकारले नियमन गर्न नसक्दा होमस्टेमा नै आधुनिक लज र रिसोर्ट चल्न थालेको छन भने होमस्टेका नाममा होटल पनि संचालन भइहरेको फेला परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा पाँच वर्षपछि नवीकरण गर्न आइपुगेका होमस्टेको विरण हेर्दा अधिक लाभ लिन विभिन्न उपाय अपनाउन थालेको फेला परेको हो । विभागका अनुसार होमस्टेले सरकारले कुने प्रकारको कर नलिने, निःशुल्क दर्ता हुने र सरकारी सेवा सुविधा पनि पाइने तथा पर्यटन बोर्ड र तारागाँउ विसका समितिले प्रवद्र्धनको काम पनि गरिरहेका छन् । तर, तिनै होमस्टेले ग्रामिण पर्यटन सेवाका नाममा राज्यलाई ठगी गर्न थालेको विभागका एक अधिकारीले भने । उनका अनुसार होमस्टेका नाममा होमल, गेस्टहाउस संचालन हुन थालेका छन् । काठमाडौैंको ठमेलमै भएको होमस्टेले कम्पनी सरह लेखापरीक्षणसमेत गरेको फेला परेको छ । विभागका एक कर्मचारीका अनुसार सरकारी अनुमगनमा जाने तयारी भएको र उसको विवरण हेर्नुपर्ने भएकोले नाम भने अहिले सार्वजनिक गर्न मिल्दैन । ठमेलमै होमस्टे संचालन गरिएको, ग्रामिण पर्यटनका नाममा होटल संचालन गरेर राज्यको सेवा सुविधा लिने तर कर भने नतिर्ने गरेको पाइएइको छ । विभागका अनुसार नाम चलेका होमस्टेमै ग्रामिण पर्यटनको नाममा आधुनिक गतिविधि भइरहेको छ । यो गतिविविधि होमस्टे कार्यविधि २०६७ विपरित भएको विगभाको भनाइ छ । विभागका अनुसार वर्दियाको डल्ला होमस्टे, नवलपरासीको अमलटारी होमस्टे, बाँकेको गाभरभ्याली होमस्टे, काभ्रेको पात्लेखेत होमस्टे, चितवनको थारु होमस्टेसहितले वार्षिक लाभ निकै राम्रो गरेकोले अब करको दायरामा ल्याउन लागिएको पनि उल्लेख छ । विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार होमस्टे सुरुमा चलनेन भनेर प्रवद्र्धन गरिदिएको हो । अहिले राम्रोसँग चलेपछि उसले सरकारलाई कर तिर्नुपर्ने र नियमनको दायमार पनि ल्याउनुपर्ने बेला आएको हो । विभागका अनुसार गाभरभ्याली होमस्टेले लज नै संचालन गरिरहेको छ भने कपन होमस्टेले होटलकै रुपमा पर्यटकीय गतिविधि गरिरहेको छ । होमस्टेको मर्म अनुसार ग्रामिण परिवेसमा हुने, त्यहीको खानपान हुनुपर्ने हो यसरी होटलकोरुपमा संचालन गर्ने र देश बाहिर पनि प्रवद्र्धन गर्ने गरी त व्यवासायीक होटल नै भैहाल्यो नि । विभागका अनुसार सहरी क्षेत्रमा होमस्टे राख्ने दिन नहुने गरी कार्यविधि संसोधनको आवश्यकता देखिएकोे छ । गाँउ पर्यटनलाई विकृत गरेर सहरमै होमस्टे हुनुको कुनै अर्थ देखिएन । हाल ठमेल, लाजिम्पाट, कपन, किर्तिपुर, गोंगबुँसहितका क्षेत्रमा होमस्टे रहेको छ । विभागका अनुसार हाल निजी तथा सामूदायिक गरी २५० वटाको हाराहारीमा होमस्टे दर्ता भएको छन् । नवीकरण गर्न आउँदा कतिपय होमस्टेले दैनिक र मासिक आम्दानी लुकाएको पनि फेला परेको छ । सरकारले गर्ने अनुगमनबाट सबै विवरण संकलन गरेर राख्ने भएको छ । हाल कतिपय होमस्टे चलेकै छैनन भने केही होमस्टेले भने निकै आकर्षक आम्दानी गरेका छन् । एउटा होमस्टेले वार्षिक १ लाखदेखि मासिक एक लाखसम्म आम्दानी गरेको विवरण राखेर पनि नवीकरणमा आउन थालेका छन् । घरवास पर्यटनलाई करको दायरामा ल्याइदैँ, साउनदेखि होमस्टे कर, व्यवस्थित गर्न तीन तहमा वर्गीकरण

नगरकोट जान पर्यटन शुल्क, आन्तरिक र बाह्य दुबैलाई अनिवार्य

काठमाडौं १२, माघ । आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा पर्यटन शुल्क तिर्नुपर्ने भएको छ । यसअघि सबै पर्यटकले निःशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको छ । भक्तपुर र काभ्रेको सीमानामा पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरे पनि सरकारीस्तरबाट कुनै शुल्क लिइने गरेको थिएन। अबदेखि भने पर्यटकले शुल्क तिर्नुपर्ने व्यवस्था गर्न दुबै जिल्लाका सरकारी अधिकारी, पर्यटन व्यवसायी र राजनीतिक दलका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गरिएको छ । नगरकोटमा भएको बृहत छलफलपछि नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा संयोजक रहने गरी नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की र काभ्रेतर्फको बालुवापार्टी नाम्दुम गाविस सचिव मुकुन्द गजुरेलसहित दुबै जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधि सदस्य रहने छन् । सो कार्यदलले एक महिनाभित्र शुल्क के कति उठाउने हो, सो विषयमा निर्णय गरिसक्नुपर्ने छ। राजधानी दैनिकबाट ।