कोरियाली नागरिकको २५ सय डलर एयरपोर्टबाटै हरायो, विमानस्थलमा हल्लीखल्ली तर भेटिएन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ। झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हुवा इन सुकको रकम चोरी भएको हो। शुक्रबार साँझ कोरियन एयरबाट काठमाडौं आएका थिए। दक्षिणकोरियाको इन्चोन विमानस्थलबाट काठमाडौं आउने क्रममा सुकले पैसा भएको झोला ‘ह्यान्ड ब्याग’ बनाएका थिए। कोरियाली नागरिकको पैसा चोरी भएको घटनाबारे आफूहरूलाई जानकारी नभएको विमानस्थल प्रहरीले जनाएको छ। ‘ह्यान्ड ब्याग’ राख्ने ठाउँमा नअटेपछि कोरियन एयरका कर्मचारीले सुकको झोला अन्य सामान भएकै स्थानमा लगेर राखिदिएका थिए। सुकको अरू सामान कन्टेनरभित्र रहेकाले ह्यान्ड ब्यागमात्र कन्टेनरबाहिर पर्यो। त्यसमा सुकको अन्य सामग्रीका साथै पर्समा ५ हजार नेपाली रुपैयाँ र खामभित्र २ हजार ५ सय डलर थियो। उनले ल्याएको जम्मा तीन हजारमध्ये ५ सय डलर विमानस्थल अध्यागमनमा भिसा लिँदा चाहिने भिसा ‘फी’ तिर्न झिकेका थिए। शुक्रबार साँझ काठमाडौं ओर्लिएपछि सुकले ‘ह्यान्ड ब्याग’ हेर्दा खाममा भएको २ हजार ५ सय अमेरिकी डलर र पर्समा रहेको ५ हजार नेपाली रुपैयाँ नभएपछि विमानस्थल प्रहरीलाई खबर गरेको स्रोतले बताएको छ। कोरियाली नागरिकले रकम हराएको जानकारी दिएपछि विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो। अन्नपूर्ण पोस्ट दैनिकबाट ।
सिङ्गापुरको एक विमानस्थलद्धारा एक वर्षमा ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा
सिङ्गापुर, १७ माघ । सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि एयरपोर्टले सन् २०१६ मा वार्षीक ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा पुर्याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुबैतिरबाट आवागमन गर्ने हवाई यात्रु सङ्ख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो । विमानस्थल अधिकारीकाअनुसार गतवर्ष सेवा प्रदान गरिएका समग्र यात्रु सङ्ख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ओसिनियाली राष्ट्रतर्फ प्रस्थान गर्ने वा त्यहाँबाट आवागमन गर्ने यात्रु मात्रै ९० प्रतिशत रहेका छन् । चाङ्गि विमानस्थलबाट आवागमन गर्ने यात्रु सङ्ख्याका हिसाबले चीन पाँचौँ स्थानमा रहेकोमा गतवर्ष चिनियाँ यात्रु सङख्यामा पन्ध्र प्रतिशतले वृद्धि भई चीन तेस्रो स्थानमा उक्लेको छ । यात्रु सङ्ख्याका हिसाबले चाङ्गि विमानस्थलबाट आवागमन गर्नेमा इन्डोनेसिया प्रथम र मलेसिया द्वितीय स्थानमा रहेका छन् । त्यस्तै, यात्रु ब्यागेजबाहेक चाङ्गि विमानस्थलबाट सरसामान, कार्गो ओसारपसार परिमाणमा पनि उल्लेखनीय वृद्धि भएको जनाइएको छ । सरसामान कार्गोको आयात, निर्यात तथा ट्रान्ससिपमेन्टमा पनि सन् २०१५ को तुलनामा ६ प्रतिशत भन्दा बढीले वृद्धि भई सन् २०१६ मा १९ लाख सत्तरी हजार मेट्रिक टन रहेको जनाइएको छ । चाङ्गि विमानस्थलले सन् २०१६ का लागि प्रक्षेपण गरेको लक्ष भन्दा धेरै बढी प्रगति गरी सुखद रेकर्ड कायम गर्न सफल भएकोमा चाङ्गि विमानस्थल समूहका प्रमुख कार्यकारी अधिकृत ली सिओ हायाङ्ग निकै उत्साहित छन् । चीन र भारतलगायत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका कतिपय विमान कम्पनीले आफ्ना यात्रुलाई पश्चिमी युरोप र सुदूर पूर्वी एसियाका लामा लामा गन्तव्य तर्फ आवागमन गराउने प्रमुख केन्द्र ९हब० चाङ्गि विमानस्थललाई नै रोज्नाले यस विमानस्थलको भविष्य अझै उज्ज्वल रहेको प्रमुख कार्यकारी अधिकृत ली बताउँछन् । अन्तर्राष्ट्रिय हवाई यातायात सम्बन्धी सन् २०१५ को तथ्याङ्कलाई आधार मान्दा विश्वका प्रमुख तथा अति व्यस्त विमानस्थलमध्ये सिङ्गापुरको चाङ्गि विमानस्थल छैठौंँ स्थानमा पर्छ । हाल यस विमानस्थलले तीन वटा अति विशाल टर्मिनल र अनगिन्ती धावनमार्गबाट सेवा उपलब्ध गराइरहेको छ । एउटा टर्मिनल निर्माणाधीन रहेकोमा चालु वर्षको मध्यतिर निर्माणकार्य सम्पन्न ईै चौँथो टर्मिनलबाट पनि सेवा प्रदान गरिने जनाइएको छ । रासस /सिन्ह्वा
यी हुन् नेपालका उत्कृष्ट १० होटलः द्वारिकाज होटल पहिलो, सोल्टी क्राउन प्लाजा १०अाैं
काठमाडाैं । विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ुट्रिप एडभाइजरुले नेपालका उत्कृष्ट १० होटल घोषणा गरेको छ। सन् २०१७ का लागि ट्राभलर्स च्वाइसु घोषणा गर्दा पोखरा, काठमाडाैं र नगरकोटका होटल उत्कृष्ट १० भित्र परेका छन् । हालै सार्वजनिक गरिएको घोषणामा पोखराका २, काठमाडौंका ७ र नगरकोटको १ होटल उत्कृष्ट १० भित्र परेका छन्। होटलमा बसेका विदेशी पाहुनाले दिएको सुझाव र सल्लाहको आधारमा ट्रिप एडभाइजरले बर्सेनि उत्कृष्ट होटल घोषणा गर्दै आएको छ। साइटका अनुसार यसपटक काठमाडौंको द्वारिकाज होटल पहिलो नम्बरमा परेको छ। त्यस्तै काठमाडौंकै होटल टिबेट इन्टरनेसनल दोस्रो, होटल साम्बला तेस्रो नम्बरमा परेका छन्। पोखरामा सञ्चालित अतिथि रिसोर्ट एन्ड स्पा चौथो र पोखरा ग्रान्ड पाँचौ नम्बरमा परेका छन्। त्यस्तै काठमाडौंकै पार्क भिलेज रिसोर्ट छैठौं र हायात रिजेन्सी सातौं नम्बरमा परेका छन्। नगरकोटको क्लब हिमालयन रिसोर्ट आठ नम्बरमा परेको छ। काठमाडौंकै होटल शंकर नवौं र सोल्टी क्राउन प्लाजा दसौं नम्बरमा परेका छन्। पोहोर पोखरा र काठमाडौं बाहेक चितवनका होटल समेत उत्कृष्ट १० को सूचीमा परेका थिए। यसपटक चितवनका कुनै पनि होटल उत्कृष्ट १० भित्र परेका छैनन्। उत्कृष्टको सूचीमा परेका होटल १. द्वारिकाज होटल, काठमाडौं २. होटल टिबेट इन्टरनेसनल, काठमाडौं ३. होटल साम्बला, काठमाडौं ४. अतिथि रिसोर्ट एन्ड स्पा, पोखरा ५. पोखरा ग्रान्ड, पोखरा ६. पार्क भिलेज होटल एन्ड रिसोर्ट, काठमाडौं ७. हायात रिजेन्सी, काठमाडौं ८. क्लब हिमालयन रिसोर्ट, नगरकोट ९. होटल शंकर, काठमाडौं १०. सोल्टी क्राउन प्लाजा, काठमाडौं