ठमेलका होटलमा २५ अर्ब लगानी थपिदैँ, पर्यटक आकर्षण गर्न २० भन्दा बढी नयाँ होटल धमाधम निर्माण
काठमाडौं । पर्यटकीय नगरी ठमेलमा धमाधम नयाँ होटल बन्ने, पुरानोलाई पुनर्निर्माण गर्ने र पर्यटक आकर्षणको गन्तव्य बनाउँन थालिएको छ । पछिल्लो समय ठमेलमा पर्यटकीय आकर्षणको गन्तव्य भएकैले पर्यटकीय स्तरदेखी पाँचतारेसम्मकै होटल निर्माण भइरहेका छन् । यी होटलमध्ये घोषणा भएका र भर्खरै संचालनमा आइसकेका ६ वटा होटलले मात्रै करिब २० अर्ब लगानीको घोषणा गरेका छन् । यी बाहेक ठमलेमा अझै करिब ५ अर्ब रुपैयाँका पर्यटकीयदेखि तारे होटलसम्मले लगानी भएको पनि ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । उनका अनुसार ठमेल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य भएको, नेपाल आउने पर्यटकमध्ये करिब ८० प्रतिशतको रोजाई ठमेलनै हुने गरेको र यहाँ पर्यटक बढ्ने अपेक्षाले होटलमा लगानी ओइरिरहेको उनको बुझाई छ । नेपालमा पर्यटक आगमन बढाउन सकियो भने होटल संचलान गर्न कुनै समस्या नभएको पनि उनले बताए । ठमेलमा निर्माणाधिन तथा नयाँ होटल होटल लगानी कोठा सख्या काठमाडौं शेराटन ८ अर्ब २१८ होटल समिट ६ अर्ब ३४० काठमाडौं अलफ्ट ३ अर्ब २२० मेरिओट फेयरफिल्ड १ अर्ब ५० करोड २३५ होटल मलवारी ५५ करोड ६७ होटल आट्स ५० करोड ६० स्रोतः सम्बन्धित होटल । उनका अनुसार ठमेललाई केन्द्र बनाएर र वरपर दरवारमार्ग तथा लाजिम्पाटतर्फ पनि नयाँ होटल खुल्ने गरेका छन् । ठमेल, लाजिम्पाट, दरवबारमार्ग पर्यटकीय हव नै भएकोले पनि यी क्षेत्रमा होटलको चलहपल बढी हुने गरेको श्रेष्ठको बझुाई छ । उनका अनुसार ठमेलमा आजकाल बनाउने नयाँ विल्डीङ नै होटलको हो । वस्ति यहाँबाट विस्तारै विस्थापित हुँदै जाने, व्यापारिक क्षेत्र बन्ने तथा होटल तथा अन्य व्यवासाय गरेर ठमेलभन्दा पर गएर बस्ने गरिएकोले पनि यो क्षेत्र पर्यटकीय आर्षणमा नै परिचित छ । नयाँ होटल बनाउँन कतिपयले पुरानो संरचाना भत्याएर नयाँ होटलमा परिणत पनि गर्न थालेका छन । भएकै होटल बैशाली, मनाङ, मस्र्याङ्दी, नर्थफिल्ड, ओशो ओल्डसहितका ठमेलका स्तरीय होटलले पनि रिनोभेसनलाई बढी जोड दिएका छन् । ठमेलमा भवन बनाउन नै महंगो पर्ने भएककोले त्यसको उपयुक्त व्यापार नै होटल हुन थालेको पनि उल्लेख छ । होटल बनाउँन एक कोठाको पाँच ६ करोड रुपैयाँ खर्च हुने गर्छ । यसर्थ सानादेखि ठूला सम्मका होटलले पर्यटकीय आकर्षण र संभावना देखेरै लगानी गरेको उनको अनुमान छ । हाल ठमेलमा पुराना होटल तथा रेष्टुरेन्टको संख्या २ सय वटा रहेका छन् भने दुई दर्जन होटल थप भइरहेका छन् । पाँचतारे सरहकै सविधामा मलवेरी होटल नयाँ वर्ष २०७४ को अवसर पारेर ठमेलमै ५५ करोड रुपैयाँ लगानीको तीनतारे होटल मलवेरी संचालनमा आएको छ । यो हाटेलले तीन तारेहो अनुमति लिएको भएपनि पर्यटकीय सेवा र सुविधा कुनै सम्झौता नगरी पाँचतारे सरहको सेवा सुविधा दिएको पनि होटलका महाप्रवन्धक अमिर प्रधानाङले बताए । भर्खरै सचालनमा अाएकाे हाेटल मलवेरी होटलमा कालसाङ पाल्जोर शेर्पा, कालसाङ सोनाम शेर्पा, कालसाङ, कालसाङ लोडोइ शेर्पा, साङ्गे पि शेर्पा र एस् डिकि शेर्पाको संयुक्त लगानी रहेको उल्लेख छ । नौ तला अग्लो यो होटल ६७ कोठा रहेको छ । होटलका महाप्रवन्धक प्रधानाङका अनुसार काठमाडौंका विभिन्न पर्यटकीय स्थान बसन्तपुर, स्वम्यभू, दरवारमार्ग, बौद्धनाथ लगायतको ठाउँमा पुग्न आघा घण्टाको दूरी तय गरे पुग्ने, पर्यटकीय आकर्षणको केन्द्र भएकको र सिंङ्गो काठमाडौं हेर्न पनि उपयूक्त होटल भएको जानकारी दिए । होटल मलवेरीमा न्यूनतम ९० डलरदेखि ४०० डलरसम्मका कोठाहरू रहेका छन् । महाप्रवन्धक प्रधानाङले ठमेलको होटलहरुमा पार्किङ नभएर समस्या भइरहेको अवस्थामा मलवेरीको भने ३० ओटासम्म गाडी अटाउने सुरक्षित र व्यवस्थित पार्किङ क्षेत्र रहेको बताए । जहाँसुकैबाट पनि पर्यटक ठमेलमा घुम्न आउँछन् । यहाँ हुने पर्यटकीय आकर्षण, पीसफूल भएकोले पनि यहाँ आकर्षण छ । फाेटाे सम्बन्धित हाेटलकाे वेवसाइटबाट । स्तरीय सुविधा दिँदै मेरिओट र आट्सपनि ठमेलमै सञ्चालनमा आएका र स्तरीय सेवा सुविधा प्रदान गरिएका होटल मेरिओट र आट्न पनि ठमेलमै रहेका छन् । केही समय अगाडि खुलेको होटल अट्सले ५० करोड रुपैयाँ लगानी गरेर ठमेलमै स्तरीय होटल संचालन गरिरहेको छ । यो होटलमा ६० वटा कोठा रहेको उल्लेख छ । ठमेलमै भर्खरै एमएस ग्रुपले काठमाडौं फेयरफिल्ड म्यारिओट संचालना ल्याएको छ । डेढ अर्ब लगानीको यो होटल पनि गत फागुनबाट मात्रै संचालनमा आएको हो । ठमेललाई केन्द्रमा राखेर गैरआवासिय नागरिक शेष घलेले अन्तरिष्ट्रय चेनको शेराटन काठमाडौैंको निर्माण गरिरहेका छन् । २१८ कोठा हुने यो होटलमा ८ अर्ब लगानीको घोषणा गरिएको छ । काठमाडौं अलफ्ट नामको अर्को होटल पनि निर्माणाधिन छ । २२० कोठाको यो होटलमा ३ अर्ब लगानीको घोषणा २ वर्ष अगाडि नै भएको छ । यो होटल निर्माणको अन्तिम चरणमा पुगेको छ । अन्य व्यवसायीक घराना र व्यापारिको पनि होटल निर्माणको आकर्षको केन्द्र ठमेल नै हुन थालेको छ ।
चुनावले हवाई टिकट अभाव, निर्वाचनमा खटिनेलाई पहिलो प्राथमिकतामा राख्न आयोगले दियो निर्देशन
काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकदै जाँदा हवाई टिकट पाउन मुस्किल भएको छ । निर्वाचनमा खटिन कर्मचारीले टिकट नपाएपछि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिए । यसैगरी आयोगले हवाई सेवामा निर्वाचनसँग सम्बन्धित सामग्री समयमै पु¥याउनुपर्ने भएकाले सोहीअनुसारको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । आयोगले पहाडी तथा हिमाली क्षेत्रमा उडानका लागि नियमित र विशेष उडान गर्नुपर्ने भएमा समेत विशेष व्यवस्था गर्न निर्देशन दिएको छ । निर्वाचन अवधिभरिका लागि विमानस्थलहरूमा निर्वाचन हेर्ने गरी सम्पर्क अधिकारी (फोकल पर्सन) तोक्न र समग्रमा गतिविधिको अनुगमन गर्न नागरिक उड्डयन मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिएको जानकारी आयोगले दिएको छ । रासस
वाइडवडि किन्न ४० दिन भित्र ८ अर्ब पठाइँदै, दुई किस्तामै पूरै रकम चुक्ता गरेर जहाज आउने
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० सिरिजका वाइडवडी एयरबस खरिद गत चैत्र २५ गते सम्झौता गरेपछि अबको ४० दिन भित्रै पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाउने भएको छ । सम्झौताको ४५ दिन भित्र ८ करोड अमेरिकी डलर अर्थाता ८ अर्ब दिने सहमति भएको निगका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउने भएका छौ । बाँकी रकम अर्को चरणामा पठाउने गरी निगमले तय गरेको छ । यसका लागि निगमले कर्मचारी संचयकोषबाट वार्षिक ९ प्रतिशतका दरले व्याजमा २५ अर्ब रुपैयाँ लिने तयारी भइरहेको छ । सरकारी जमानि आवश्यक भएकोले ऋणको प्रक्रिया अगाडि बढिहरेको छ निर्धारित समयमा नै हामी जहाज दिने कम्पनी एएआरलाई पैसा पठाँउछौ श्रेष्ठले विकास न्युजसँग भने । निगमका महाप्रवन्धक सुगतरत्त कंसाकार र जहाज विक्रेता कम्पनी एएआरका प्रतिनिधि दिपक शर्माले हस्ताक्षर गरिसकेका छन् । निगमले जहाज खरिद गर्ने र एएआरले विक्री गर्ने सम्झौता भैसकेको छ । अबको काम भने पैसा पठाउने मात्रै हो, उनले भने । निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । यो मुल्य अनुसार करिब साढे २१ अर्ब रुपैया मात्रै हुनछ । यसका लागि निगमले निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति गरिसकेको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ । निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । नयाा जहाज आगामी एक वर्षभित्रै आउने छ । नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गर्ने छ । निगमले जहाज खरिदका लागि बैना रकम १० करोड रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ । वाइडडिका पाइलट विदेशीमात्रै निगमले यो वाइडवडि जहाज ल्याएपछि यसलाई उडाउन २ सेटका विदेशी पाइलट हुने भएका छन् । एक सेटमा १४ देखि १५ जना हुने छन् । यसर्थ निगमले ३० जना विदेशी पाइलटबाट जहाज उडाउने भएको छ । निगमका अनुसार नेपाली पाइलट दक्ष नभएसम्म विदेशी नै लिनुपर्छ । अहिले उडानमा रहेको एयरवसको न्यारोवडि जहाजमा पनि विदेशी पाइलटबाटै उडान सुरु गरेको हो । यो जहाज उडानउन अहिले ८ जना नेपाली पाइलट तयार भैसकेको छन् भने विदेशी पाइलट आवश्यक नरहेको पनि निगमले जानकारी दिएको छ । जहाज आएपछि प्रशिक्षक पाइलटका रुपमा पनि विदेशी आवश्यक पर्ने निगमको भनाइ छ । नेपाली दक्ष भएपछि विदेशी कम हुँदै जाने पनि निगमको भनाइ छ ।