वायुसेवा निगम बेच्ने/नबेच्ने २ हप्ताभित्र निर्णय हुन्छ: रबिन्द्र अधिकारी

काठमाडौं । नेपाल वायु सेवा निगममा आर्थिक संकट चुलिदैं गएपछि निगमलाई निजिकरण गर्ने तयारी भैरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी बताएका छन् । वायु सेवा निगम कमाउने संस्था भएकोले सधै घाटामा सरकारले चलाउन नसक्ने भन्दै अधिकारीले निगमलाई साझेदारी संस्थाको खोजी भैरहेको बताएका हुन् । ‘निगम एउटा कमाउने संस्था हो, यसमा यो वर्षको लागि ६ अर्ब लगिसकेको अब यसमा सरकारले थप हेर्ने अवस्था छैन, हामी निगमको बारेमा २ हत्ताभित्र कम्पनी मोडेलमा लैजाने गरी काम गरिरहेका छौं मन्त्री अधिकारीले भने ।’ रिर्पोटर्स क्लबमा आयोतित एक कार्यक्रममा उनले वाइड बडी खरिदमा भ्रष्ट्राचार गर्ने जो कसैलाई नछोड्ने समेत बताएका हुन्  । खरिद प्रक्रियामा घोटला भएको विषयमा सार्वजनिक लेखा समिती, संसदिय समिती र अख्तियारले समेत अध्ययन गरिरहेकोले यसको रिर्पोट आएपछि मात्र कारबाहि प्रक्रिया अघि बढ्ने मन्त्री अधिकारीको भनाई थियो । निगमलाई रणनितिक साझेदार खोज्नका लागि फा्इल अघि बढिसकेको छ । वाइड बडी ल्याएपछि निगमको ऋण चुलिएको हो । तर यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा निगमले आर्थिक संकट बेहोरेको हो । वाइड बडीलाई जापनको नारिता र ओसाकामा उडान भर्ने तयारी भैरहेको छ । आगामी मार्चमा चीनमा समेत उड्नेछ । यो हुँदा २ वटा वाइड बडीले पुग्दैन । अनियमितताको नाममा वायु सेवा निगमलाई कमजोर बनाउन नहुने मन्त्री अधिकारीको भनाई रहेको थियो ।

टानकाे कार्यालयमा तालाबन्दी, मजदुर संगठनद्वारा ७ करोड रुपैंयाकाे हिसाव माग

काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा यसअघि राखिएका विभिन्न सात्र सुत्रीय माग पुरा गराउन भन्दै सोमबार पर्यटन क्षेत्रका तीन मजदुर संगठनले तालाबन्दी गरेका छन्। साउन २५ गते टानसमक्ष राखेको सात सुत्रीय मागको टानले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको जनाएका छन् । टानमा मजदुरले तालाबन्दी गरेपछि अहिले ट्रेकिङ क्षेत्रका मजदुर र व्यवसायीहरु एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । टान अध्यक्ष नवराज दाहालले मजदुर नाम गरेका व्यवसायीले टानमा तालाबन्दी गरेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै मजदुरहरुले आपत्ति जनाएका छन् । यसमा अध्यक्ष दाहालले व्यक्तिगत स्वार्थका लागि मजदुरलाई गम्भिर आरोप लगाएको बताएका छन् । तालाबन्दीको नेतृत्व गरेको मजदुर संगठन यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले टान अध्यक्षको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै यो स्वयं अध्यक्षको स्वार्थबमोजिम आएको र यसले टान स्वयंले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । आरोपको खण्डन गर्दै अध्यक्ष पराजुलीले यूनिट्राभ ब्यवसायीको संगठन नभइ मजदुरको हकहितको निम्ति लडेको संस्था भएको र टानले ब्यवसायी र मजदुर छुट्याउन नसक्नु उसको कमजोरी रहेको बताए । उसले उक्त आरोप प्रमाणित गर्न नसके चरणबद्ध रुपमा आन्दोलनलार्इ अगाडि बढाउने चेतावनी दिएको छ । मजदुर संगठन यूनिट्राभले २०६६ सालदेखि २०७२ सालसम्मको मजदुरको नाममा रहेको टिम्सबापतको करिब ७ करोड रुपैंया कहाँ छ भनि टानसमक्ष उक्त हिसाबकिताब देखाउन चुनौती पनि दिएको छ ।

यस वर्ष १० लाखभन्दा बढी पर्यटक अाउँदै, वार्षिक २५ लाख पर्यटकलार्इ सेवा दिने पूर्वाधार तयार

अमरमान शाक्य काठमाडौं । विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ । अध्यागमन विभागको विवरण अनुसार अक्टोबरसम्म आठ लाख ८२ हजार ५३१ पर्यटक नेपाल घुम्न आएका छन् । उक्त विवरण केही तलमाथि हुनसक्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले एक÷दुई दिनभित्रै आधिकारिक तथ्याङ्क ल्याइने जनाएको छ । पर्यटक आगमनको अनुपात हेर्दा स्वभावले सन् २०१८ मा पर्यटकको सङ्ख्या वृद्धि हुने देखिन्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तथापि प्रवद्र्धनात्मक गतिविधिले तीव्रता पाउन सकेको छैन् । पर्यटकीय पूर्वाधार निर्माणले गति लिएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अघि बढेको छ । हाल २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको इतिहासमै पहिलो पटक धावनमार्ग कालोपत्रे ‘रनवे रिह्याब’ को काम अघि बढाइएको छ । विमानस्थलको उत्तरपूर्व र दक्षिण–पश्चिम क्षेत्रमा १० वटा साना ठूला जहाज अट्ने दुई नयाँ पार्किङ–वे निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको केही महीनामै सञ्चालनयोग्य हुने आयोजना निर्माणमा संलग्न अधिकारीले बताएका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको नयाँ दुई वाइड बडी विमानले अन्तर्राष्ट्रिय गन्तव्य विस्तारसँगै व्यावसायिक योजनाका साथ अघि बढेको छ । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो पर्यटकस्तरदेखि तारे तथा चेन होटल धमाधम निर्माण भइरहेका छन् । सन् २०१९ सम्म निर्माणाधिन अधिकांश होटल बनिसक्ने छन् । हालको पर्यटकीय पूर्वाधारबार्टै २५ लाख पर्यटकलाई सेवा दिन सकिने उनीहरुको विश्वास छ । होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले पर्यटन प्रवद्र्धनात्मक गविविधि केही सुस्त देखिए पनि २० लाख पर्यटक भित्र्याउन गाह्रो नहुने बताए । उनले भने “हामी अहिले नै २५ लाख पर्यटकलाई धान्नसक्छौ तर २० लाखको लक्ष्यले मात्रै पुग्दैन पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ, सरकार र निजी क्षेत्रले सक्रियता बढाउनुपर्छ ।” अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म पाँच देखि छ हजार बेड सङ्ख्या थपिने अध्यक्ष शाक्यको भनाइ छ । अहिलेको अवस्थामा एउटा पाँच तारे होटल खोल्न कम्तीमा १० अर्ब लगानी आवश्यक पर्ने हानले जनाएको छ । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । नेपाल भ्रमण वर्षलाई प्रभावकारी रुपमा सञ्चालन गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहितका कार्यक्रमको सञ्चालन संयोजन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यलाई कार्यक्रम कार्यान्वयन उपसमितिको संयोजकको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरिसकेको छ । कार्यक्रमको सुव्यवस्थित सञ्चालनका लागि नेपाल पर्यटन बोर्डमा सचिवालय स्थापना गरी कार्यक्रम अघि बढाइएको छ । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन उपसमितिको अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढेको बताए । दीपकराज जोशी जम्मा १२ सदस्यीय उक्त उपसमितिमा ६ जना सदस्य सरकारीस्तरबाट र ६ जना निजी क्षेत्रबाट रहनेगरी व्यवस्था गरिएको छ । सरकारले चालु आवको बजेटबाट भ्रमण वर्षका लागि रु १० करोड बजेट विनियोजना गरेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षलाई सफल बनाउन प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताए । विशेषगरी छिमेकीमूलुक भारत र चीन लक्षित कार्यक्रमलाई तीव्रता दिइएको छ । पहिला दक्षिणपूर्वी एशियालीमूलुक मलेसिया, सिङ्गापुरलगायत देशमा केन्द्रित पहिलाका कार्यक्रमलाई अब भियतनाम, म्यानमार, कम्बोडियाजस्ता बुद्धिष्ट देशमा स्रोत बजारको रुपमा प्रवद्र्धनात्मक अभियान चलाइनेछ । यसकासाथै युरेपेली मुलुकमा पनि विभिन्न कार्यक्रम केन्द्रित गरिनेछ । मुख्य चुनौती पूर्वाधार भए पनि निर्माणाधिन पूर्वाधारले २० देखि २५ लाख पर्यटकलाई सहज व्यवस्थापन गर्न कठिन नहुने प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ ।