तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न, ७३ लाख रुपैयाँ बढीको कारोबार

काठमाडौं । कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो सम्पन्न भएको छ । ‘शान्ति, सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न एक्स्पोमा मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रीन हाउस, कृषि औजार, सुक्ष्म तथा थोपा सिँचाइ प्रविधिलगायतको रु ७३ लाख भन्दा बढीको कारोबार भएको आयोजक समितिले जनाएको छ । अपेक्षा गरेअनुसार कारोबार भएको बताउँदै एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबारसँगै प्रवद्र्धन गर्न पनि सफल भएको बताए । मेलामा फ्लोरिकल्चर व्यवसायमा प्रयोगमा आएका अन्तर्राष्ट्रिय प्रविधिका बारेमा पनि अवलोकनकर्ताले जानकारी पाएको उनले बताए । मेला अवधिभर ६६ हजार भन्दा बढी फूलका पारखी मेला अवलोकनका लागि आएको जानकारी गराउँदै एसोसिएसनका संयोजक जेवी तामाङले अघिल्लो वर्षमा भएका मेलामा भन्दा यस वर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको बताए । प्रविधि विस्तारका लागि भारत, बङ्गलादेश, श्रीलङ्का, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीलाई मेलामा सहभागी गराइएको थियो ।

हिमालय एअरलाईन्सले भित्र्यायो तेस्रो विमान ए-३२०, दिल्ली र बेइजिङ उडान छिट्टै

काठमाडौं । नेपाल चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफनो तेस्रो नयाँ विमान ए-३२० नेपालमा भित्र्याएको छ । उक्त विमान कम्पनीले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । हैम्बर्ग, जर्मनीबाट उडान गरिएको, ९एन-एएलडब्लु रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्धारा सलामका साथ स्वागत गरिएको थियो । उक्त बस स्वागत कार्यक्रममा एअरलाईन्सका अध्यक्ष झाओगु ओकिङ्ग, प्रशासन–उपाध्यक्ष विजय श्रेष्ठ लगायत कम्पनीका पदस्थअधिकारीहरुको सहभागी थियो । कार्यक्रममा एअरलाईन्सका प्रशासन-उपाध्यक्षश्री विजय श्रेष्ठले भने, “तेस्रो जहाज ए-३२०को आगमनसँगै हामीले उडड्यन क्षेत्रमा विश्वव्यापी सञ्जाल विस्तार गर्ने र नेपालको हवाई सम्पर्कलाई अन्तर्राष्ट्रिय जगत्मा मजबूत तुल्याउने योजना बनाएका छौँ ।” १५८ सिट क्षमता रहेकोे ए३२०-ए२१४ सिरिजको नयाँविमानलाई दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटासिट इकोनोमी क्लासको रहेको छ । जसले ग्राहकहरुलाई आरामदायी उडानको सुनिश्चितता प्रदान गर्छ । यस विमानले अप्रिल २०१७ बाट सेवा प्रदान गर्न शुरु गर्नेछ । दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, वैङ्गक, बेइजिङ, जस्ता नयाँ क्षेत्रहरुमा सेवाको सुरुवातका साथै हाल उडान सञ्चालन भइरहेका क्षेत्रहरुमा पनि सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अब काठमाडौंको आकाशमै प्याराग्लाइडिङ, पोखरामा अनुमति रोकिएपछि काठमाडौं डाँडातर्फ उडान

काठमााडौं । पछिल्लो समय सरकारले पोखरामा प्याराग्लाइडिङको उडान अनुमतिका लागि नयाँ इजाजतपत्र रोकेपछि यी कम्पनी सहर नजिकका डाँडाँसम्म आइपुगेका छन् । ‘पोखरामा उडान अनुमति नपाएपछि दुई महिना अगाडि मात्रै भक्तपुरबाट उडान गर्ने गरी एउटा कम्पनीले अनुमति पाएको छ । अहिले फेरि शिवपुरीबाट प्याराग्लाइडिङ गर्न आवेदन परेको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालल भने । अनुसार शिबपुरिबाट काठमाडौंतर्फ उडान गर्न शिवपुरी प्याराटे«कले अनुमति मागेको छ । यो कम्पनीको फाइल सदर भएर निर्णयको लागि अगाडि बढिसकेको छ । यसले अनुमति पाउने अन्तिम चरणमा रहेको उनले जानकारी दिए । यो कम्पनीले शिवपुरीबाट काठमाडौको आकाशमै उडान गर्ने भएको छ । पछिल्लो समय नेपालमा आउने विदेशी पर्यटकको साहसिक पर्यटनमा रुची बढेकोले पनि प्याराग्लाइडिङ तथा अन्य साहसिक पर्यटकीय गतिविधि बढ्न थालेको उल्लेख छ । पोखरामा अनुमति रोकिएपछि, स्याङजा, धरान, बन्दिपुर, पाल्पामा एकदुईवटा कम्पनी जान थालेका छन् । यी क्षेत्रमा व्यवसायीक संभावना भएपनि प्रवद्र्धन गर्न नसक्दा पर्यटक पुग्न सकेका छैन । काठमाडौंमा हुने यस्ता साहसिक गतिविधिमा भने पर्यटक आकर्षण गर्न सकिने पर्यटन मन्त्रालयको हवाई उडान महाशाखाको भनाइ छ । पछिल्लो समय ललितपुरको लाकुरीभञ्यांङमा पनि प्याराग्लाइडिङ संचालनको लागि अनुमति पाएका थिए । तर, त्यो ठाउँबाट काठमाडौंतर्फ उडान गर्न भने हवाई रुटमै परेकोले व्यवसायिक रुपमा सफल हुन सकेन । पछिल्लो सयम फेरि काठमाडौंलाई नै दृष्टिगत गरेर इचङ्गुनारायण, शिवपुरी, भक्तपुरसहितका स्थामा प्याराग्लाइडिङको अनुमति आउन थालेको छ । यसले साहसिक पर्यटनमा संभावना देखाएको पनि पर्यटन मन्त्रालयको भनाइ छ । नेपालमा हाल प्याराग्लाइडिङ प्रशिक्षण स्कूल, अल्ट्रालाइट र प्याराग्लाइड गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागबाट मात्रै वटा ७३ वटा कम्पनीले अनुमति लिएका छन् । यस मध्ये बन्दिपुरको ब्लू स्काई र स्याङ्जाको बाबु एडभेन्चर प्रशिषण स्कूल हो । पोखरा, फिस्टेल र एभिया क्लव गरी तीन अल्ट्रालाईटका कम्पनी छन भने बाँकी सबै प्याराग्लाइडिङ कम्पनी हुन । मन्त्रालयबाट अनुमति प्राप्त प्याराग्लाइडिङका कम्पनीमध्ये स्याङ्जा, सुर्खेत र बन्दिपुरमा एकएकवटा, धरान र काठमाडौमा.दुईदुईवटा रहेको छन भने बाँकी सबै कम्पनी पोखरामा रहेका छन् । पोखराको सराङकोटबाट उडान गर्ने प्याराग्लाइडिङ कम्पनी १९ वटा रहेका छन भने बाँकी सबै कम्पनी तोरेपानीमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । किनबेचका लागि पनि नयाँ इजाजत ! प्राधिकरणको हवाइ उड्डयन सुरक्षा विभागका अनुसार कम्पनीको किनबेच भएको सुचना आउने पनि थालेको छ । अनुमति लिएर संचालन नआएका कम्पनीले ३० देखि ४० लाख रुपैयाँसम्म विक्री भएको सूचना आएको भएपनि कुनै पनि कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी नआएको उड्डयन सुरक्षा विभागको उडान अनुमति शाखाको भनाइ । शाखाका अनुसार कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी जरुरी नभएको र उद्योग विभागमा जानकारी दिए पुग्ने भएकोले पनि प्राधिकरणमक्ष नआएको हुनसक्ने उल्लेख छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीको किनेबेच हुनु सामान्य भएपनि अनुमति लिनकै लागि हुने यस्तो विक्रीले भने प्याराग्लाइडिङको भविष्यप्रति नै प्रश्नचिन्ह उठाउने उल्लेख छ । मनोरञ्जनपूर्ण हवाई खेल अन्र्तगत इन्जिन जोडिएर वा नजोडिकन हावाको माध्यमबाट तैरिने खेलका रुपमा प्राधिकरणले हवाई खेलकूदका संस्थालाई अनुमति दिने गरेको छ । यस अन्तर्गत अल्ट्रलाइट, माइक्रोलाईट, प्यारामोटर, स्ट्रङ प्याराग्लाइडर, स्काइमोटरसहितका कम्पनी पर्छन् । यसलाई संचालन गर्न निवेदन दस्तुरवापत ५ हजार, बैंक धरौटि ५ लाख, इजातज शुल्क बापत ५० हजार तथा चुक्ता पूँजी १ करोड हुनुपर्ने प्रावधान मन्त्रालयले तोकेको छ ।