टाटा मोटर्सको आरामदायी नयाँ पर्यटक बसहरु सञ्चालनमा, बस भित्रै वासरुमको सुविधा
काठमाडौं । ट्राभल नेपाल बस सर्भिस प्रा. लि. ले नेपाली तथा विदेशी यात्रुहरुलाई लक्षित गरि “उमङ्ग को अनुभुति” का साथ नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरेको छ । पर्यटकहरुलाई सुविधा सम्पन्न र आरामदायी पर्यटक बसहरुको सेवा दिँदै आएको कम्पनीले थप सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसनयुक्त नयाँ बसहरु सञ्चालनमा ल्याएको हो । टाटा मोटर्स लि भारतको एमसीभी बस सेग्मेन्टको नयाँ मोडल एलपी०१५१२टीसी ५५ एयर सस्पेन्सन च्यासिस्मा नयाँ दिल्लीको प्रख्यात कोच तथा क्याराभान निर्माता कम्पनिमा निर्मित विशेष सुविधा सम्पन्न बढी बनाइएको छ । ११ मिटर लामो यो बस टाटा चुम्मिन्स टुरबोचार्ज इन्टरकुल्ड डिजेल इन्जिनको शक्तिले सम्पन्न छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी बस, एयर सस्पेन्सन अनि २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडीत छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । १३३ हर्ष पावरको ईञ्जिन, ४९० न्युटन मिटरको टर्क ,२५३ मिलि मिटरको क्लचप्लेट र जि-६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले बसले भार बहन गर्ने क्षमता राख्दछ । यसैगरी यो बसमा जि–६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएको कारण यो बसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ । बसको भित्रि भागमा काठले बनाइएका सामानहरुको प्रयोग गरिएको छ जुन अति आकर्षक देखिन्छ र बस भित्रै वासरुमको सुविधा पनि छ । धुम्रपानको बानी भएका यात्रुहरुको लागी छुट्टै ठाउँको व्यबस्था पनि बस भित्रै रहेको छ । साथै यात्रुहरुलाई चिसो तातो पेय पदार्थ र खानेकुराको व्यबस्था पनि बस भित्रै रहेको छ । सुविधा संग खान र पिउनको लागी हरेक सिटमा फोल्डेबल टेबल (ट्रे) जडीत छ र आरामदायी र सुविधायुक्त यात्राको लागी रिक्लाइनिङ थाई रेष्ट सिटहरु रहेका छन् । यस बसको सञ्चालन संगै नेपाल अधिराज्यभरि नै विशेष सुविधायुक्त र आरामदायी यात्रामा यो बस अग्रणी स्थानमा रहनेमा सञ्चालकहरु विश्वस्त छन् । सञ्चालनको शुभारम्भमा ४ वटा बसहरुले काठमाण्डौं – पोखरा-काठमाण्डौं र काठमाण्डौं – लुम्बिनि-काठमाण्डौं को विशेष सेवा शुरु गरिनेछ र नयाँ बसको यात्रा गर्न चाहने यात्रुले मोबाइल एप्सको प्रयोग गरेर आफ्नो गन्तब्यको टिकट बुक गर्न सकिन्छ । ट्राभल नेपाल बस सर्भिसमा टिकट बुकिङ्गको लागि मोबाइल एप्सको सुविधा ई-सेवा नेपालले उपलब्ध गराउने छ । साथै, टाटा मोटर्स मार्कोपोलो लिको बडि बिल्ट बसहरु स्टारबस अल्ट्राका बिभिन्न श्रेणीहरुमध्ये स्टारबस अल्ट्रा लक्जरी श्रेणीको एउटा मोडल एलपी०७.५टी अल्ट्र एयर कण्डिसन बस नेपाली बजारमा ल्याएको छ । ३७८३ सि सि को १२३ हर्ष पावरको भिस्कोस् फ्यान टेक्नोलोजी जडित ईञ्जिन भएको बसमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । पाराबोलिक सस्पेन्सन र रेडियल टायर जडित एलपिओ च्यासिसमा बनेको विश्वस्तरीय बडि अति आकर्षक देखिन्छ । पर्यटकलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने पर्यटन उद्योग व्यबसायीलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको बसमा विशेष प्रकारको सुविधाहरु रहेका छन् । अति आधुनिक ड्यासबोर्ड रहेको बसमा न्युमेटिक सिस्टमको ढोका रहेको छ जुन चालक आफैंले खोल्न र बन्द गर्न सक्दछ र चालकको सुविधालाई ध्यानमा राखेर अलग्गै क्याबिन कम्पार्टमेन्ट बनाइएको छ । बसमा २९ आरामदायी सेमि रिक्लाइनिङ सिटहरु छन् । बसमा सामानहरु राख्नको लागी पर्याप्त ठाँउको साथै हातको व्याग समेत राखेर आरामसगं बस्न मिल्ने व्यबस्था छ । ८४० मिमि को फ्लोर हाईट भएको बसमा फिक्स्ड विण्डो ग्लास र भेन्टिलेसन, प्रत्येक सिटमा पंखाहरु, सबै विण्डोहरुमा आकर्षक पर्दा अनि स्टेरियो साउण्ड सिस्टम नयाँ बसको थप विशेषताहरु हुन् । एलपी०७.५टी एयर कण्डिसन बस ग्राहक वर्गहरुलाई विश्वस्त पार्ने क्षमता राख्दछ । साथै यस गाडीमा ३ बर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।
नयाँ बर्ष २०७४ मा ‘आहा दामन’
काठमाडौं । दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टले नयाँ बर्षको अवसरमा ‘आहा दामन’ अफर ल्याएको छ । बैशाख एक महिना भरि लागु हुने ‘आहा दामन’ अफर रिसोर्टले २०६८ सालदेखि सुरु गरेको थियो । यो अफरका अनुसार एक जनाले २०७४ रुपैंयाँ(कर बाहेक)मा एक रातको बास, ब्रेकफास्ट, डिनर र लञ्चको सुबिधा पाउनेछन् । न्युनतम २ जनाको समुह हुनुपर्नेछ । पाँच बर्ष भन्दा कम उमेरका बालबालिकालाई शुल्क लाग्ने छैन भने पाँच देखि १२ बर्ष उमेरका बालबालिकालाई ५० प्रतिशत छुटको सुबिधा पनि रहेको छ । तर उनीहरुले कोठा भने सेयर गर्नुपर्नेछ । सो शुल्कमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस चार्ज भने जोडिनेछ । २५०० मिटरको उचाईमा रहेको एभरेष्ट पानोरमा रिसोर्टबाट संसारका १० अग्ला हिमालमध्ये नेपालमा रहेका ८ वटाको अवलोकन गर्न सकिन्छ । ३६० डिग्रीको कोणबाट सगरमाथा, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, धवलागीरी, कञ्चनजंघा लगायतका हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ । रिसोर्टमा ३० वटा सुबिधा सम्पन्न कोठा रहेका छन्, जसमा स्वदेशी तथा विदेशी पर्यटकले लक्जरीको अनुभव सहित समय कटाउन सक्नेछन् । ७० रोपनी जमिनमा फैलिएको रिसोर्टमा सोना बाथ, चिल्ड्रेन पार्क, टेबल टेनिस कोर्ट, डिस्को तथा ५० जना क्षमताको कन्फ्रेन्स हलको सुबिधा सहित इण्डियन कन्टिनेण्टल र नेपाली खानाको स्वाद लिन सकिन्छ । रिसोर्टमा बर्षेनी १० हजार स्वदेशी तथा विदेशी पर्यटक आउछन् । तीमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत विदेशी हुने गरेको रिसोर्टका कार्यकारी निर्देशक सुदेश गौतम क्षेत्रीले बताए ।‘कुनै बेला ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपाली आउँथे अहिले अवस्था फेरिएको छ, ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी आउँछन’, गौतम क्षेत्रीले भने । रिसोर्टले काठमाडौंबाट दामन जान चाहनेहरुका लागि यातायातको व्यवस्था पनि गरेको छ । सुदेश गौतम नै प्रबन्ध निर्देशक रहेको इजी ट्रिप प्रालीले काठमाडौं–दामन–काठमाडौंका लागि सुबिधा सम्पन्न सवारी साधनको व्यवस्था मिलाउँछ । २५ बर्ष अघि टेण्ट टाँगेर सुरु गरिएको एभरेष्ट पानोरमा रिसोर्टले यतिबेला बर्षेनी १० हजार पर्यटकलाई सेवा दिन सक्ने पुर्वाधार र ब्राण्ड इमेज बनाउन सकेकोमा कार्यकारी निर्देशक गौतम क्षेत्री आफैं दंग पर्छन् । ‘२५ बर्ष अघि टेण्ट टाँगेर यसको सुरुवात भएको थियो अहिले यो पुर्वाधार र गुडविल कमाउन सफल भएका छौं’, क्षेत्रीले भने ।
४/४ दिनको फरकमा तीन जहाज ल्याउँदै श्री एयरलाइन्स, पहिलो जहाज बुधबार
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले करिब एक अर्ब रुपैयाँ लगानी गरेको नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी स्थापना गरेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिहेको यो वायुसेवाले पहिलोपटक नियमति उडानमा पनि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा करिब एक अर्ब लगानी गरेको उल्लेख छ । यो कम्पनीको औपचारिक सेवा सुरुवात भने जहाज आएको एक महिना भित्रमै हुने उल्लेख छ । जहाज आउने समय करिब तय भैसक्यो । अहिलेसम्मको तयारी अनुसार १ जहाज जापानबाट र २ वटा युरोपबाट आउने निश्चित भएको छ । यी जहाज चार दिनेको फरक पारेर १२ दिन भित्रै आइसक्ने श्री एयरलान्इसका कर्पोेरेट प्रवन्धक अनिल मानन्धरले बताए । उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज ल्याउन र काठमाडौं विमानस्थलमाा अवतरणको अन्तिम स्वीकृति मात्रै बाँकी रहेको छ । जहाज जापान तथा युरोपबाट उडेर आउने भएकोले पहिलो जहाज बुधबारसम्म आइपुग्ने मानन्धरको भनाइ छ । उनका अनुसार थप २ जहाज पनि त्यसको ४/४ दिनको फरक पारेर ल्याइने उल्लेख छ । यो वायुसेवाले ४ वटा जहाज ल्याउने भएपनि अहिले तय भएको भने ३ वटा हो । अर्को एउटाको तय गर्ने बाँकी रहेको पनि श्री एयरलान्सले जानकारी दिएको छ । सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने जहाज ल्याएर सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ । आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ । जहाज कम्पनीबीचको प्रतिस्पर्धाले आन्तरिक उडानका यात्रुलाई लाभ हुने भएपनि आन्तरिक वायुसेवाको स्थायित्वमा भने चुनौति हुने नेपाल वायुसेवा निगमकै एक पूर्व कर्मचारीको भनाइ छ । उनका अनुसार जहाज आउनु र यात्रु उडानको सेवा विस्तार हुनु राम्रो हो । तर, वायुसेवा कम्पनीको स्थायित्व र भविष्य भने निकै चुनौतिपूर्ण रहेको छ । श्रीले उडान व्यवस्थापनका लागि आन्तरिक रुपमा जनशक्ति तयार पार्ने र कार्यालय व्यवस्थापन गर्ने सम्मको काम गरिसकेको छ । श्रीले हाल हेलिकोप्टरको सेवा त्रिपुरेश्वरबाट दिइरहेको छ । आन्तरिक उडानको सेवा सुरु गर्ने भएपनि यसलेकार्यालय सिनामंगलमा सारिसकेको छ । आन्तरिक उडान र हेलिकोप्टर सेवाको कार्यालय अब सिनामंगल हुने पनि श्रीले बताएको छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र ईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले दुबै प्रकृतिका दुई २ वटा जहाज ल्याउने छ ।