कतार एयरवेजलाई चौथौँ पटक एयरलाइन अफ द इयरको उपाधी, विश्वको छनोटमा पर्न सफल

पेरिस । पेरिस एयर शोमा आयोजित बहुप्रतिष्ठित २०१७ स्काइट्र्याक्स वल्र्ड एयरलाइन एवार्डमा कतार एयरवेजलाई एयरलाइन अफ द इयर उपाधीद्वारा सम्मानित गरिएको छ । वैश्विक स्तरमा विश्वकै उत्कृष्ट एयरलाइनको उपाधी कतार एयरवेजलाई प्रदान गरिएको यो चौथौँ पल्ट हो । विश्व भरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधीका साथै कतार एयरवेजले बेष्ट एयरलाइन इन द मिडल इष्ट, वल्र्ड्स बेष्ट बिजनेश क्लास र बेष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज लगायत प्रमुख उपाधीपनि हात पार्न सफल भएको छ । कतार एयरवेजको ‘होम एण्ड हब’ हमाद ईन्टरनेशनल एयरपोर्टलाई यस बर्षपनि स्काइट्र्याक्सद्वारा पाँच तारेको उपाधी प्रदान गरिएको छ । यो उपाधी हमाद ईन्टरनेशनल एयरपोर्ट लगायत विश्वका अन्य ४ विमान स्थललाई मात्र प्रदान गरिएको छ । कतार एयरवेजलाई प्रदान गरिएको विश्वकै उत्कृष्ट विमान स्थलको यो उपाधी आफ्ना यात्रीहरुको अटुट विश्वासको प्रमाण भएको कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले बताए । ‘यात्रीलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने हाम्रो निरन्तर प्रयासको सम्मानका रुपमा हामीले यसलाई लिएका छौँ’, उनले भने ‘यात्रीहरुको प्रत्यक्ष भोटका आधारमा प्रदान गरिएको यो उपाधीले हाम्रा लागि अहम महत्व राख्छ । यसका लागि हामी तिनलाई धन्यवाद ज्ञापन गर्दै थप सेवा गर्ने मौका प्रदान गर्नेमा आशावादी छु ।’ अवार्डका बारेमा बोल्दै अनधिकृत रुपमा लगाइएको फ्लाइट बन्देजको समयमा प्राप्त यो अवार्ड आफू वा एयरलाइनको लागि नभइ समग्र देशका लागि भएको बताए । गत बर्ष वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस ईन द मिडल इष्ट उपाधी हात पार्न सफल कतार एयरलाइन्सले वैश्विक विस्तार योजना, प्रडक्ट डेभलपमेण्टका क्षेत्रमा थप आशातित नतिजा हात पार्दै आइरहेको छ । साथै, यही हप्ता सेवा सञ्चालन गर्नु पूर्व कम्पनीको पूर्णरुपमा तयार विमानलाई पेरिस एयर शोमा समेत प्रदर्शित गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

चन्द्रागिरि हिल्सले सार्वजनिक गर्यो भिडियो विज्ञापन(भिडियो सहित)

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथ साथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ । उक्त प्रवद्र्धनात्मक भिडियोको निर्देशनतथा परिकल्पना दिनेश डीसीले गरेका हुन् । बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री बुधबार चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोहकाबीच चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्याती प्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए । कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका छन् । संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशतमात्र योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पारेका छन् । विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफुहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए । कलाकार दिपकराज गिरि र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका  खेलेको बताएका छन् । (भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्) चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

वायुसेवा निगमलाई जहाज भाडामा दिन भुटान एयरलान्सले बाजी मार्यो, दुई महिने जहाज भाडाको सम्झौता भोली

काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज भाडमा दिन भुटानी र युक्रेनी वायुसेवाबीचको प्रतिस्पर्धामा भुटानी वायुसेवाले बाजी मारेको छ । निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसन अन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए । यी दुई वायुसेवाको प्रस्तावमा प्राविधिक र आर्थिक दुबैमा भुटान एयरलाइन्सको उपयुक्त पाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । निगमले मागेको वेट लिज (जहाजसहित क्याविन क्रुको टोली)को प्रस्ताव उपयुक्त भएकोले भोली बुधबार सम्झौता हुने भएको छ । निगमले भुटान एयरलान्सबाट एयरवसको ए३२० नामक १५० सिट क्षमताको जहाज भाडामा लिन लागेको हो । भुटान एयरलाइन्ससँग ए३१९ नामक १२२ सिट क्षमताको जहाज पनि रहेको छ । निगमको तयारी अनुसार एउटा ए३२० जहाजबाटै निगमको उडान हुने गरी सम्झौता हुने भएको छ । भुटान एयरलाइन्स भुटानको पहिलो निजी क्षेत्रबाट सञ्चाललिन जहाज पनि हो । निगमका अनुसार यो वायुसेवाले कति मूल्यमा मासिक उडान गर्ने भएको छ भन्ने जानकारी भने भोली वायुसेवा निगम र भुटान एयरलाइन्सबीच हुने दुईपक्षिय सम्झौतापछि मात्रै सार्वजनिक गरिने जानकारी दिए । निगमका अनुसार भुटान एयरलाइन्सको जहाज भाडामा लिने सुनिश्चित भएको छ । हामीसँग भएको २ वटा एयरवस नियमति उडानमै रहेकोले थप जनशक्ति नभएकोले पनि निगमले वेट लिजमा जहाज लिन लागेको हो । जहाजसँगै भुटान एयरलाइन्सकै पाइलट, इन्जिनियर, एयरहोस्टेज हुनेछन भने नेपाली यात्रुलाई सेवा दिने काम मात्रै हुने भएको छ । यो जहाज भाडामा लिएवापन मासिक तोकिएको शुल्क तिर्ने र त्यसबाट आएको लाभ सबै निगमलाई हुने भएकोले पनि उल्लेख छ । निगमसँग भएको २ वटा १९० पसट क्षमतको बोइङलाई आवश्यक मर्मत गर्नुपर्ने भएकोले पनि जहाज भाडामा लिन लागेको हो । निगमले हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेककको सम्पूर्ण मर्मत सिचेकका लागि सिंगापुर पठाउँर्दै छ । सिचेकका लागि कम्तिमा एक महिना लाग्ने भएकोले पनि सो समयमा भाडामा लिएको जहाजबाट नियमतिउडान नरोकिने गरी सेवा प्रदान गरिने भएको छ । निगमको अर्को एउटा बोइङ भने विक्रीका लागि राखिएको छ । निगमले भाडामा लिएको जहाजबाट मलेसियाको क्वालालाम्पुर, कतारको दोहा, भारतको दिल्ली र बैंगलोरसहितका हाल उडान गरिरहेकै गन्तव्यमा सेवा दिने जानकारी दिएको छ । निगमले भाडामा लिने जहाज भने आगामी साउन २ गतेबाट मत्रै लिने भएको छ । निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज उडानमा छ ।