बैंकहरुले होटल तथा रेस्टुरेन्टमा लगानी बढाए, पर्यटकीय स्तरदेखि पाँचतारेसम्ममा लगानी
काठमाडौं । पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसंगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ । देशमा राजनीतिक वातावरण सुध्रिदै गएपछि ब्यवसायले गति लिने विश्वासका सात होटललगायतका पर्यटनलाई सेवा दिने कम्पनी खुल्न थालेपछि बैंकका लागि पनि लगानीको आकर्षण क्षेत्र बन्न थालेको हो । ०६२, ६३ सालको राजनीतिक परिवतर्नसंगै नेपालमा पर्यटकीय क्षेत्रमा नयाँ नयाँ कम्पनी आएका छन् । पछिल्लो समयमा पाँचतारे होटलदेखि, रिसोर्ट साना होटल, तथा रेस्टुंराहरु खेल्ने क्रम बढेसंगै बैंकहरुको लगानी पनि बढ्दै गएको हो । कारोबार दैनिकबाट । छ ।
खुला आकास नीतिमा जाने भरतको प्रस्ताव नेपालद्वारा अस्वीकार, संकुचित सोचमै अड्कियो नेपाली उड्डयन क्षेत्र
काठमाडौं । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । भारतले राखेको प्रस्ताव सकारात्मक भए पनि अहिले यो नेपालले धान्न नसक्ने भएकोले पनि अस्वीकार गरका हौ, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने । भारतसँग उडान गर्न खुला आकास नीतिजस्तै साताको ६० हजार सीट क्षमता उपलब्ध भएको तर्क उनले दिए । कारोबार दैनिकबाट ।
ट्वीनटर भाडामा ल्याउने योजनामा पनि धक्का, अत्यावश्यक उडान नै रोकिने गरी सरकारको असहयोग
काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा पनि चीनबाट ल्याएका जहाज पाइलट अभाव, कम क्षमतामा उड्ने र सबै गन्तव्यमा नजाने भएपनि हाल संचलनमा रहेकै ट्वीनअटर नामका जहाज भाडामा ल्याउने योजना अगाडि सारेको छ । निगमले आन्तरिक उडानमा दुइतीन वटा ट्वीअटर जहाज भाडामै ल्याएर संचालन गर्ने योजनाका विषयमा छलफल अगाडि बढाएको छ । निगमको फाइल तस्बिर निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार जहाज खरिद गरेर ल्याउदाँ धेरै ऋण लाग्ने, खरिद गर्न निगमको लागि सहज नभएकोले आन्तरिक उडानमा पनि जहाज भाडामै ल्याउने योजनामा छलफल सुरु भएको छ । निगमका अनुसार सरकारले अन्तर्राष्ट्रिय उडानमा २ महिनाको लागि जहाज भाडामा ल्याउन खोज्दा त सहयोग गरेन अब आन्तरिक उडानमा कस्ले सहयोग गर्ला ? निगमका अनुसार भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने सबै प्रक्रिया रद्ध हुनु भनेको थप जहाज भाडामा ल्याउन असहज छ भन्नु हो । निगमलाई भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउन नदिएर अत्यावश्यक उडान नै कटौती गर्नुपर्ने भएको छ । निगमले हाल उडान गरिरहेको दैनिक अन्तर्राष्टिय उडान कटौती गर्नुपर्ने भएको छ । अब निगमले दुई वटा उडानलाई सातामा एक मात्रै बनाउने गरी सेड्युल तयार पारेको छ । निगमका अनुसार ३ वटा जहाजको उडान अब २ वटा एयरवसबाट मात्रै गर्नुपर्ने भएको छ । निगमसँग भएको उडानमा रहेको एउटा ठूलो जहजा मर्मतको लागि सिंगापुर गएको छ । यो जहाज नभएकै कारण निगमले भुटान एयरलाइन्सलाई भाडामा ल्याएर चलाउन खोजेको थियो । निगमका अनुसार भुटान एयरलाइन्स भाडामा ल्याउन दिएको भए बाटो खुला हुने थियो । यो जहाज आउन नपाएपछि अब बनाउने योजना के हुन्छ भन्ने वारेमा अहिले नै भन्न नसकिने पनि उल्लेख छ । जहाज अभावमा आन्तरिक उडान निकै समस्यामा रहेको छ । आन्तरिक उडानमा जहाज नभएर जति माग आए पनि पुर्याउँनै सकिएको छैन । निगमसँग हाल आन्तरिकमा उडान योग्य ट्वीअटर जहाज जम्मा २ वटा मात्रै छ । दुईवटा जहाजले सबै दुर्गम क्षेत्रका विमानस्थलसम्म सेवा दिन असम्भव भएकोले पनि निगमले थप जहाजको आशा भाडामै ल्याउने गरी तयारी गरेको हो । निगमले सन् १९७१ देखि उडान सुरु गरेको यो ट्वीअटर जहाज क्यानेडियन हो । यसको उडान क्षमता निकै अब्बल छ । निगमले उडाएका र नेपालमा भएका सबै वायुवायानको तुलनामा आन्तरिक उडानमा ट्वीअटर नै सबैभन्दा उपयुक्त जहाज हो । निगमले उडाएकै जस्तो ट्वीअटरमार्फत तारा एयरले दुर्गम क्षेत्रमा उडान गरिरहेको छ । अन्य वायुसेवासँग ट्वीअटर जहाज छैन । ट्वीअटर जहाज वा सो सरहको क्षमता नभएकै कारण अन्य वायुसेवाले दुर्गम क्षेत्रमा नियमित उडान गर्न पनि सकेका छैनन् । निगम सरकारी वायुसेवा भएको र यसले नाफा मात्रै नभएर सेवामूलक उडान पनि गर्नुपर्ने भएकोले यसले घाटा सहेरै भएपनि दुर्गम क्षेत्रका विमानस्थलमा समेत नियमित उडान गर्दै आएको छ । निगमले अहिले पनि ट्वीनअटरमार्फत दर्जन गन्तव्यमा आन्तरिक उडानको सेवा दिएको छ । चिनियाँ जहाजको समस्या प्रशिक्षक पाइलट नै नहुनु निगमसँग हाल २ वटा ५८ सिट क्षमतको एमए ६० र २ वटा १८ सिट क्षमताको वाई १२ नामक ४ वटा चिनियाँ जहाज छन् । अझै यही प्रकृतिको २ वटा वाई १२ आउँदै छ । निगमसँग जहाज भए पनि उडाउन नसकिएको यो ४ वटा चिनियाँ जहाजको प्रमुख समस्या पाइलट अभाव नै हो । निगमसँग प्रशिक्षक पाइलट नभएको र चीनले प्रशिक्षक पाइलट तयार नगरिदिएकोले पनि उडानमा समस्या भएको उल्लेख छ । निगमसँग हाल १ जना विदेशी र एक जना नेपाली प्रशिक्षक पाइलट तयारी अवस्थामा छन् । यी पाइलटले नयाँ पाइलट तयार पार्नुपर्ने हुन्छ । अब बर्षातको समय सकिएपछि चिनियाँ जहाजको टेस्ट फ्लाइट गर्ने र नियमित उडानको तयारी निगमले गरेको पनि कंसाकारले जानकारी दिए ।