शनिबारदेखि डुवानमा परेको विराटनगर विमानस्थल सञ्चालमा आउने
काठमाडौं । निरन्तर परेको वर्षाका कारण डुवानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालमा आउने भएको छ । विमानस्थल डुवानमा पर्दा उपकरणको अवस्थाका परीक्षण पश्चात विमानस्थल सञ्चालनको तयारी गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणले भोलीलेखि दिउसोको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालनको तयारी गरेको हो । उडान तालिका बिहानबाट साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालिन उडान केही समयका लागि रोकिएको छ । प्राधिकरणले तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर (आखाँले हेरेर गर्ने उडान) उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडान समेत हुनेछ । अत्याधिक वर्षका कारण बुधबार बिहानैदेखि विमानस्थल जलमग्न भएपछि विमानस्थल बन्द गरिएको थियो । विराटनगर विमानस्थल बन्द भएपछि आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले विकल्पका रुपमा भद्रपुरमा उडान थप गरेका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यतीले सूचना नै जारी गरी भद्रपुर विमानस्थलमा उडान थप गरेका थिए ।
यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति
काठमाडौं । आन्तरिक क्षेत्रको उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एनओसी) पाएको छ । बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरणले यतीलाई अन्तर्राष्ट्रिय उडान गर्ने गरी अनुमति दिएको हो । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले एनओसी पाएलगत्तै एटिआर ७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्ड लगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गर्ने तयारी भएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय चार्टर उडानको अनुमति पाएसँगै कम्पनीले सन् २०२२ भित्रै चारवटा एटीआर–७२ जहाज थप्ने योजना रहेको जानकारी दिए । कम्पनीसँग हाल एटीआर ७२ जहाजहरु रहेका छन् । यी जहाज छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्न सक्ने क्षमताका हुन् । यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्ससँग यसअघि नै एओसी रहेको छ ।
मेरा पिकमा फसेका ५ आरोहीको उद्धार
काठमाडौं । सोलुखुम्बु क्षेत्रको मेरा पिक (६४०० मिटर) मा फसेका ५ आरोहीको उद्धार गरिएको छ । निरन्तर परेका वर्षाका कारण मेरा पिक आरोहणमा गएका चार विदेशी र एक नेपाली आरोहीको बिहीबार आरोहण कम्पनीको पहलमा उद्धार गरिएको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) बाट आरोहण लिएर मकालु एड्भेन्चर प्रालि मार्फत आरोहणका लागि गएका पाँचै जनाले उद्धार गरी ग्राण्डी अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ । यस्तै मेरा पिक आरोहण गरी फर्कदै गर्दा हराएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुको पनि उद्धार गरी सुरक्षित रुपमा लुक्लामा ल्याइएको एमएमएले जनाएको छ । शेर्पा इभेन्टेस मार्फत आरोहणमा गएका छेतेन शेर्पा पछिल्लो ३ दिनदेखि सम्पर्कविहीन भएको जनाईएको छ । एमएमएले सम्बन्धीत आरोहण कम्पनीसँगको समन्वयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी कार्य जारी राखिएको जनाएको छ ।