अंग्रेजी नयाँ वर्षको अवसरमा ‘द लेकसाइड रिट्रिट’को न्यु एयर बोनान्जा प्याकेज
पाेखरा । द लेकसाइट रिट्रिटले अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक प्याकेज घोषणा गरेको छ । आइमई समूहको हस्पिटालिटी ग्रुप बेस्ट रिसोर्ट नेपाल प्रालिको सो रिट्रिटले नयाँ वर्ष २०२३ को अवसरमा होटलले वेलकम ड्रिंक्सका साथमा लाइभ डीजे, न्यु एयर इभ गाला वीथ लाइभ बीबीक्यु कार्यक्रम आयोजना गर्नेछ । नयाँ वर्षको अवसरमा पारिवारिक घुमघाम तथा नाइट स्टेका लागि आकर्षक सुविधा ल्याइएको होटलले जनाएको छ । परिवारका सदस्यहरूलाई आवश्यक रुमहरूलाई आवश्यकताअनुसार सहजै बुक गर्न सकिने होटलको भनाइ छ । होटलले २ रात तथा ३ दिनका लागि सिंगल रुमलाई १३ हजार ३३३ रुपैयाँ र डबल रुमलाई १७ हजार ७७७ रुपैयाँ लाग्ने जनाएको छ । यस्तै सोही प्याकेज अन्तर्गत एक्स्ट्रा बेडलाई ५ हजार ५५५ रुपैयाँ लाग्ने होटलले जनाएको छ । नयाँ वर्षको अवसरमा सो होटलले एक रात तथा २ दिन बस्नका लागि सिंगल बेडमा ९ हजार ९९९ रुपैयाँ र डबल बेडमा १२ हजार २२२ रुपैयाँ शुल्क तोकेको छ । सोही प्याकेज अन्तर्गत अतिरिक्त बेडका लागि ४ हजार ४४४ रुपैयाँ कायम गरिएको जानकारी होटलले दिएको छ । यस्तै डिलक्स रूम, बफेट ब्रेकफास्टका साथमा इक्स्क्युसिभ सर्प्राइजको व्यवस्था समेत रहेको होटलले जनाएको
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको सफल उडान
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए । ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिएका छन्’, उनले भने । विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ । विमानस्थलमा बुध्द एयरले पनि दिउँसो ३ः६ बजे विमानस्थलमा अवतरण गरेको छ ।
वैशाखदेखि सञ्चालनमा आउने बन्दीपुर केबुलकारको काम अन्तिम चरणमा
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको टावरको काम सकिएको छ । अहिले इन्जिन जडानको काम भइरहेको उनले बताए । ‘इन्जिन जडानको काम सकेर लठ्ठाको काम सुरु गर्छौँ, त्यसपछि बाक्सा जडान गरिनेछ’, शर्माले भने, ‘फागुनसम्म परीक्षण गरेर वैशाखदेखि व्यावसायिक हिसाबले सञ्चालनको लक्ष्य राखेका छौँ ।’ विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब काम नरोकिने शर्मा बताउँछन् । ‘दुई वर्ष त कोभिड र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भयो’, उनले भने, ‘त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो, तर अहिले तीव्ररूपमा काम अगाडि बढेको छ ।’ आगामी वर्षको मङ्सिरभित्र पाँचतारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आगामी जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी र स्काइवाक तथा असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माणकार्य पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहितको हुने छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड रुपैयाँ पुगेको जनाइएको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तलाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठा हुनेछन् । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो । यसमा एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।