टेलिकमको नाममा झुटो ‘लोटरी’ फैलियो, टेलिकमले भन्यो ‘सावधान’!
काठमाडौं, २३ कात्तिक। नेपाल टेलिकमले कुनै पनि प्रकारको लोटरी कार्यक्रम सञ्चालन नगरेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । +९२३००५३५८६६४ जस्ता नम्वरबाट कल करी नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको लोटरी कार्यक्रममा ठूलो रकम परेको भन्दै बैंक खाता नम्वर माग्ने गरेको भन्दै त्यसबाट बच्न आग्रह गरेको हो । ‘रकम ट्रान्सफर गर्न भन्दै बैंक खाता,एटिएम पिन मागेर बैंकको रकम ठगि गरिएको पाइएको छ’ टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ । टेलिकमले कुनै पनि व्यक्ति वा संस्थासँग मिलेर यस्तो कार्यक्रम सञ्चालन नगरेकोले यस्ता ठगीबाट बेलैमा बच्न सतर्क गराएको हो ।
माइक्रोसफ्टद्वारा ‘विन्डोज ७’ र ‘विन्डोज ८’ को उत्पादन र विक्रि बन्द
काठमाडौं, २३ कात्तिक। अमेरिकन टेक जाइन्ट माइक्रोसफ्टले उसको अघिल्लो भर्सनको विन्डोज ७ र विन्डोज ८ को विक्रि बन्द गरेको घोषणा गरेको छ। अब यी अपरेटिङ सिस्टमहरु नयाँ कम्प्युटर र ल्यापटपमा इन्स्टल गरेर विक्रि नगर्ने कम्पनीले जनाएको छ। विश्वचर्चित म्यागेजिन फोब्सले बताएअनुसार कम्पनीले अब ओरिजिनल विन्डोज ७ र विन्डोज ८ को विक्रि वितरण र विश्वका कुनैपनि देशमा सिपमेन्ट नगर्ने जनाएको छ। उत्पादन र विक्रिवितरण बन्द गरेपनि कम्पनीले विन्डोज ७ अपरेटिङ सिस्टमको अपडेट सन् २०२० सम्म उपलब्ध गराउने र विन्डोज ८ को भने सन् २०२३ सम्म उपलब्ध गराउने जनाएको छ। उसले विन्डोज १० को विक्रि बढाउनका लागि पुरानो भर्सनको विन्डोज अपरेटिङ सिस्टमलाई वन्द गरेको जनाएको छ। इलेक्ट्रोनिक्स कम्पनी डेल र तोसिवामा विन्डोजको अपरेटिङ सिस्टम सुरुमा नै राखिएर आउनेगर्थ्यो तर अब उनीहरुले पनि राख्नेछैनन् र यसको ठाउँमा ‘विन्डोज १०’ हुने जनाइएको छ। कम्पनीले यस बर्षको सुरुवातमा विन्डोज १० का लागि महत्वपूर्ण दुईवटा अपडेट गर्ने जनाएको थियो। माइक्रोसफ्टले विन्डोज ७ लाई सन् २००९ मा सार्वजनिक गरेको थियो भने विन्डोज ८ र ८.१ लाई सन् २०१२ मा सार्वजनिक गरेको थियो।
अब नोकियाले एण्ड्रोइड प्लेटफर्ममा स्मार्टफोन बनाउने
काठमाडौं, २२ कात्तिक। कुनै समयमा निकै लोकप्रिय बनेको मोबाइल ब्राण्ड नोकिया फेरि बजारमा आउने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अागामि २०१७ को मध्यतिर दुई नयाँ मोवाइल निकाल्ने भएको छ। उसले अब विन्डोज फोन भने ननिकाल्ने भएको छ। उसले अव एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन बजारमा ल्याउने भएको हो। माइक्रोसफ्टले किनेपछि विन्डोज फोन निर्माण गरेको नोकिया खासै सफल हुन सकेन। तर अब कम्पनीले नोकियाका दुई नयाँ फोन ल्याउने तयारी गरेको बताइएको छ। नोकिया विश्वासिलो ब्राण्ड भएकाले एचएमडी ग्लोबल कम्पनीले निर्माण गर्न लागेको बताइएको छ। उसले एण्ड्रोइड को लेटेस्ट ७.० अोएस भएका डिएस वान सी मोडेलका स्मार्टफोन ल्याउने जनाएको छ। दुई बर्ष पहिले माइक्रोसफ्टले ७ अर्ब डलरमा किनेको थियो । कम्पनीले फिनल्याण्डवाट ट्यावलेट र स्मार्टफोन उत्पादन गर्नका लागि अनमति लियसकेको जनाएको छ। एजेन्सीको सहयोगमा