एप्पलले अागामी सेप्टेम्वरमा नयाँ आईफोनका ८ सार्वजनिक गर्ने, तयार पार्यो नयाँ ढाँचा
वासिङ्टन। एप्पलले आगामी वर्ष १० औं वार्षिकोत्सवका अवसरमा उसको नयाँ प्रडक्टका रुपमा अाइफोन ८ ल्याउने भएको छ। सो आईफोनका लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ। अागामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको सो अाइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने रहेको कम्पनीले जनाएको छ। अमेरिको पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीको योजनामा रहेका ढाँचामध्ये कर्भड स्क्रिन पनि छ । एप्पलका वितरकले राम्रो रिजोलुसनसहितको पातलो स्क्रिनको आईफोन ल्याउन आग्रह गर्दै आएका छन्। यो विशेषता सामसङको ग्यालेक्सी एजमा पनि रहेको जर्नलले जानकारी दिएको छ । उच्च कोटीको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ। भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको अाइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ।
फोरजीमा कम्पनीहरूको प्रतिस्पर्धा, नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको तयारी तीब्र
काठमाडौं १५, मंसिर । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू पछिल्लो समय सेवा विस्तारसँगै आधुनिकीकरणको प्रतिस्पर्धामा छन् । सबै सेवा प्रदायकहरूको ध्यान यतिबेला फोरजी सेवामा केन्द्रित भएको छ । विश्वव्यापी रूपमा डेटा सेवाका प्रयोगकर्ता बढिरहेका बेला नेपाली कम्पनीहरूको पनि पछिल्लो प्रविधि एलटीई फोरजीमा प्रतिस्पर्धा देखिन थालेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फोरजी सेवाका लागि अनुमति लिएका र लिने प्रक्रियामा रहेका कम्पनीहरूबीच प्रतिस्पर्धा देखिएको छ । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम फोरजी सेवा सुरु गर्ने तयारीमा छन् । हालसम्म टेलिकमले फोरजी सञ्चालन अनुमति पाएको छ भने एनसेल र स्मार्टका सम्बन्धमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण अध्ययनको चरणमा छ । प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्याल टुजी, थ्रीजी हुँदै फोरजीमा सेवा प्रदायकहरूको आकर्षण बढिरहेको बताउँछन् । ‘प्रविधिको विकास र आवश्यकतालाई मध्यनजर गरी सेवा प्रदायक कम्पनीहरू अब फोरजीमा जानुको विकल्प पनि छैन,’ उनले भने, ‘फोरजीमा प्रतिस्पर्धा हुँदा शुल्क घट्छ भने उपभोक्ताले गुणस्तरीय शुल्क पाउँछन् ।’ उनले १८०० मेगाहर्ज ब्याण्डमा एलटी फोरजी सेवा सञ्चालन सुविधाजनक हुने भएकाले दूरसञ्चार नीति २०७३ को संशोधनको दफा ५ बमोजिम टेलिकमलाई फोरजी सञ्चालनलाई अनुमति दिएको हो । रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले पुरानै फ्रिक्वेन्सी ब्याण्डमा टेक्नोलोजी न्युट्रल गरेर नयाँ प्रविधिको फोरजी सेवा चलाउन मिल्ने व्यवस्था गरेको छ । टेक्नोलाजी न्युट्रल गरेर सेवा सञ्चालन गर्दा टावर, ब्याकअप र अरु पूर्वाधारमा कुनै समस्या नपर्ने प्राविधिकहरू बताउँछन् । टेक्नोलोजी न्युट्रल गरेर सफ्टवेयर अपग्रेड र टावरमा चिप्स थप्नेबित्तिकै फोरजी चलाउन सक्ने कम्पनीका प्राविधिकहरूको भनाइ छ । सूचना, सञ्चार र प्रविधिका क्षेत्रमा भएको विकासले सर्वसाधारणको जीवन पद्धति सुधारमा सहयोगी भएको छ । छिमेकी भारत र चीनमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ । कारोबार दैनिकबाट ।
लिएगो स्मार्ट फोन मोर्डन, स्टाईलिस र बलियो छ- मोहन वंशल
मोहन वंशल, प्रबन्ध निर्देशक, जेएसएस ग्रुप एक दशकभन्दा बढी समयदेखि मोवाइल ब्यवसायमा सक्रिय रहँदै आएको प्रतिष्ठित ब्यापारीक घराना जेएसएस ग्रुपले लिएगो ब्राण्डको मोवाइल नेपाली बजारमा बिक्री शुरु गरेको छ । विश्वका विभिन्न २० मुलुकहरुमा राम्रो उपस्थिति जनाइसकेको यो मोवाइल ब्राण्ड नेपालको लागि भने नयाँ हो । यो फोनमा अत्याधुनिक सुविधाको साथै निकै बलियो भएको कम्पनीको दावी छ । स्टाइलिस र नयाँ विषेशताका साथ निर्माण गरिएको लियागो फोनले वालमा किला ठोक्दा होस् वा गाडीले किच्दासमेत असर नपर्ने कम्पनीको भनाई छ । लियागो फोनले नेपाली उपभोक्तको मन कसरी जित्न सक्छ ? यसको विशेषता के छन् ? प्रतिश्पर्धात्मक बजारमा यसको उपस्थिति कस्तो रहन्छ भन्ने विषयमा रहेर देशविकास साप्ताहिकले जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन वंशलसँग गरेको कुराकानीः लिएगो ब्राण्डको स्मार्ट फोन भित्र्याउनु भयो, यसमा त्यस्तो के विषेशता छ ? बजारमा प्रशस्तै स्मार्ट फोनहरु भित्रिएका छन् । यति हुँदाहुँदै पनि हामीले नयाँ ब्राण्डको लिएगो स्मार्ट फोनमा केहि नयाँ विषेशता पायौं र नेपाली बजारमा ल्याउने आँट ग¥यौं । यो आफैमा एउटा स्टाईलिस फोन हो, नेपाली बजारमा माथिदेखि तलसम्मका उपभोक्ताले खरिद गर्न सक्ने भरपर्दो, मजबुत र गुणस्तरीय छ । जसमा फङ्सनहरु अपग्रेडेड छ, ¥याम, रुम अपग्रेड छ । अहिले बजारमा भएका फोनहरुमा अक्टाकोर प्रविधि छ तर लिएगोमा डेगाकोर प्रविधि प्रयोग भएको छ जुन पहिलो पटक नेपाली उपभोक्ताले प्रयोग गर्न पाउने छन् । यसकोे स्क्रिन साह्रै वलियो हुनाले ओखर फुटाउदासमेत कुनै स्क्राच हुन्न । यो हामीले प्रयोग गरेर देखाइसक्यौं । लिएगोमा यस्ता धेरै विषेशता छन् जुन उपभोक्ताले प्रयोग गरेपछि मात्रै यसको अझै महत्व बुझ्नेछन् । प्रतिस्पर्धाको बजारमा लिएगोको उपस्थितिले कति स्थान लिने अनुमान गर्नुभएको छ ? नेपाली बजारका उपभोक्ता सचेत भइसकेका छन्, केहि नयाँ चाहान्छन् । लुगाभन्दा छिटो मोवाइल फेर्ने चलन आइसक्यो । यस्तो अवस्थामा उपभोक्तको माग अनुरुप नै बजारमा लिएगो आएको छ । बजार हिस्सा कति ओगट्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । तर एउटा लगानीकर्ताको आँखाले हेर्दा केहि समयकै अन्तरालमा बजारमा रहेका ब्राण्डमा टपटेन भित्र पर्ने लिएको मोवाइल पर्ने विश्वास लिएका छौं । उपभोक्ताले कति थरिका र कति कलरका मोवाइल प्रयोग गर्न पाउनेछन् ? उपभोक्ताको मनोविज्ञानलाई बुझेर कम्पनीले चार सिरिजमा ११ वटा मोडेलका मोवाइलहरु निर्माण तथा वितरण गरेको छ । जसमा गोल्डेन, रोज गोल्ड, ह्वाइट र ग्रे गरी चार किसिमका कलरहरु छन् । ५ दशमलव ७ यसको स्क्रिन साइज छ । १३ मेगापिक्सेल क्षमताको फ्रन्ट, व्याक क्यामेरा रहेको छ । यसर्थमा उपभोक्ता आफूले चाहेको कुनैपनि मोडल वा रंगको मोवाइल उपभोग गर्न सक्नेछन् । लिएगो कहाँको उत्पादन हो र यसको अन्तराष्ट्रिय बजार कस्तो छ ? अहिले विश्व बजारमा स्मार्ट फोनले ठूलो हिस्सा ओगटेको छ । प्रायः बी सबै चाइनामा बनेका छन् । नाम चलेका ठूला ब्राण्डका मोवाइलसमेत चाइनामा बन्ने गर्छ । कुन देशमा बनेको भन्दा पनि कस्तो गुणस्तर र विषेशता छ, त्यो हेर्नुपर्छ । विश्व बजारमा लियागो स्टाईलिस फोन उत्कृष्ट रहेको पाएका छौं । जसले अपग्रेड प्रविधि प्रयोग गर्छ, सस्तो मूल्यमा उपलब्ध गराउँछ र राम्रो सेवा दिन्छ त्यसले मार्केट लिने हो । र यसमा लिएगोले सन् २०१८ सम्म विश्वकै टपटेन ब्राण्ड बन्ने लक्ष्य लिएको छ । विभिन्न मोडलका मोवाईलहरु छन् त्यसको मूल्य न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँ सम्म मूल्य तोकिएको छ । नेपालमा कसरी बजार विस्तार गर्दै हुनुहुन्छ ? बजार र उपभोक्ताको माग अनुसार पुरै नेपालमा मार्केट विस्तार गर्ने तयारीमा छौं । एकै पटक चारैतिर विस्तार गर्न सकिंदैन । तरपनि देशका मुख्य शहरहरुमा हाम्रो उपस्थिति रहन्छ । काठमाडौंबाटै हाम्रो सेवा सुरु हुन्छ । मोवाइल बिक्रीपछि दिइने सेवा वा सर्भिस सेन्टर कस्तो हुनेछ ? हामीले मोवाइल बेच्ने मात्र होइन, बिक्रीपछि पनि सेवा दिने गरी देशभरी ३८ वटा सर्भिस सेन्टर स्थापना गरेका छौं । लिएगो आउनु पहिला नै हामीसँग किवि मोवाइलका ती सर्भिस सेन्टरहरु थिए र यसैलाई वैधानिकता दिएर लिएगोको पनि सेवा दिनेछौं । यस्ता सेन्टरहरुले जहाँबाट किनेको भएपनि सेवा दिनेछन् । यसैमा हामीले अनलाइन सर्भिस पनि दिएका छौं । अनलाइनमार्फत ग्राहकले बनाउन दिएको फोन कस्तो अवस्थामा छ भनेर समेत थाह पाउन सक्छ, त्यसको लागि हामीले ट्रयाकिङ नम्वर पनि दिएका हुन्छौं । त्यसैको आधारमा ग्राहाकले फलो गर्न सक्छन् । यस्तो सेवा हामी नेपालमा पहिलोपटक दिंदैछौं । अर्को कुरा लेभल हेरेर मोवाइल मर्मत हुन सक्ने र नसक्ने आधारमा सेवा दिइन्छ । चौविस घण्टा, ७२ घण्टाको समय राखेर सेवा दिने र केहि कारण फोन बन्नै नसक्ने अवस्था आएमा १२ दिन भन्दा पछाडि नयाँ फोन उपलब्ध गराउँछौं । यो हाम्रो प्रतिवद्धता हो । मोवाइल बजार प्रतिस्पर्धा बढेको देखिन्छ, व्यवसायले गर्नेको लगानी कत्तिको जोखिममा छ ? विजनेशमा ‘नो रिक्स नो गेन’ भनिन्छ । कुनैपनि विजनेश जोखिमविहीन हुनै सक्दैन । त्यसमाथि महँगा–महँगा मोवाइलहरु ल्याएका हुन्छौं, यस्तो अवस्थामा उपभोक्ताले मन पराएनन् र बिक्री गर्न सकिएन भने क्षति हुने डर हुन्छ । यद्यमी हामीलाई विश्वास छ कि लिएगो मोवाइल नेपाली बजारमा छिट्टै स्थापित हुनेछ ।