नेपालको स्टाटेलाइटका लागि २० कम्पनीले इच्छा देखाए, चाँडै अन्तिम कम्पनीको टुङ्गो लाग्ने
काठमाडौं, ८ पुस। नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाउन नेपाल दूरसञ्चार प्राधिकरणको योजनाले मुर्त रुप पाउने भएको छ। प्राधिकरणले गरेको ग्लोवल टेण्डरमा १३ देशका २० कम्पनीले आशयपत्र पेश गरेका छन्। पहिलो चरणको विज्ञापनमा कसैले चासो नदेखाएपछि प्राधिकरणले थप गरेको समयमा यी आवेदन परेका हुन्। टेन्डरको म्याद बुधबार सकिएको छ। विश्वप्रख्यात अमेरिकी कम्पनी इन्टेल स्याटले पनि नेपाली स्याटेलाइटका लागि आवेदन पेश गरेको छ। त्यस्तै अमेरिकाबाटै पौल स्याट, स्पेस पार्टनरसीप, स्पेस सिस्टम लोरल गरी अरु तीन कम्पनीले इच्छा देखाएका छन्। स्याटेलाइटका लागि विश्वका प्रतिष्ठित सूचना प्रविध सम्बन्धि कम्पनीले आसयपत्र पेश गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए। भारत सरकार स्वामित्वको अन्तरिक्ष कर्पोरेसन लिमिटेड देखि चीनको ग्रेटवाल लगायत तीनवटा कम्पनीले आवेदन दिएको उनले जानकारी दिए। आवेदन गर्ने अन्य कम्पनीमा दक्षिण कोरिया, सिंगापुर, क्यानडा, इजरालय, फ्रान्स, साउदी अरब, मलेसिया र थाइल्यान्डका छन्। सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई गत असोजमा स्याटेलाइट स्थापनाका लागि बोलपत्र माग गर्न निर्देशन दिएको थियो। अब प्राधिकरणले मन्त्रालयसँग समन्वय गरि आशयपत्र पेश गर्ने कम्पनीमध्येप बिजनेस मोडालिटी, आर्थिक क्षमता तथा प्राविधिक ज्ञान र अनुभवका आधारमा ६ वटालाई सर्टलिस्टिङ गर्ने अर्यालले जानकारी दिए। त्यसमा सर्वोत्कृष्ठ ठहरिने कम्पनीलाई सरकारले नेपाली स्टाटेलाइट पठाउने तयारीको जिम्मा दिनेछ। उक्त कम्पनीले अन्तरिक्षमा नेपाली स्याटलाइट राख्ने बारे सर्भे, डिजाइन, खरिद, स्थापना, सञ्चालन र मर्मतसम्भारलगायत विषयमा सरकारलाई सुझाउनेछ।
आधुनिक प्रविधिको इन्टरनेट फोर–जी सेवा दिँदै टेलिकम, पुस १७ देखि काठमाडौं र पोखरामा एकैपल्ट सुरु
काठमाडौं ४, पुस । नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ ।टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् । ‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु गर्दैछौँ,’ शाक्यले भने । उनका अनुसार प्राविधिकले बिटिएस टावरमा प्रविधि थप्नेछन् ।उनका अनुार काठमाडौँका बिटिएस टावरमा आवश्यक प्रविधि जडान भइसकेको छ । पहिलो चरणमा पोखरामा २५ हजार तथा काठमाडौँका ३ लाख ७५ हजारले फोर जी सेवा पाउन सक्नेछन् । नेपालमा ४ लाख जनासँग फोरजी सेवा लिन सक्ने मोवाइल रहेको टेलिकमले जनाएको छ । नागरिक दैनिकबाट ।
एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा, विश्वका ५० देशमा रोमिङ् डेटा प्याक चल्ने
काठमाडौंं, मंसिर ३० । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई नयाँ सेवा ल्याएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एमबिसम्मको शुल्कमा डेटाको मज्जालिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ । यी सेवाहरु यहि पुस १ गते शुक्रबारदेखि लागू हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १ जिबि डेटा खरिद गर्न सक्नेछन् । त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जालिन सक्छन् । यी सेवा अन्तर्गतका सबै शुल्क करसहित भएको एनसेलले जनाएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकभारत, चीन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढी देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुने एनसेलले जनाएको छ । एनसेलकाप्रिपेड तथापोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलकाप्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ माएसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमागई वाआफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सातदिनको लागि मान्य हुने कम्पनीले जनाएको छ । रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलकाग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जालिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घण्टाको समयावधिपश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्क लाग्नेछ । ‘‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो ।यी सेवाहरुले रोमिङ्मा रहने हाम्राग्राहकलाई आफ्ना परिवार, प्रियजनतथाव्यवसायसँग सम्पर्कमा रहन योगदान पु¥याई थपमुल्यप्रदानगर्ने विश्वास छ,” एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । आफ्नो संचार आवश्यकताबमोजिमग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याकलिन सक्छन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकम ाकति डेटा बाँकी छ भनेर हेर्न सक्छन् । यो प्याकमा स्वतःनविकरण हुने व्यवस्था रहेको छैन ।