एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा
काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंगलबार) बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्धि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्नेछन् । एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ-नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ । एनसेलले ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
क्रिसमस र नयाँ वर्षमा कुलप्याडको उपहार, ३ वटा स्मार्टफोनको मूल्य घटाउने
काठमाडौं । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालको ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाउने निर्णय गरेको छ । कम्पनीका अनुसार यो अफर डिसेम्बर ४ देखि कुलवान(४ं६४ जीबी)नोट थ्रि यस र एन एक्स वानमा सिमित अवधिको लागि लागू हुनेछ । कुलवान १ नेपालकै पहिलो १३ं१३ एमपी डवल रियर क्यामेरा सेटअप भएको उत्कृष्ट स्मार्टफोन सेगमेन्टमा पर्दछ । कुलवान १ नोट थ्रि यसले यसको सुन्दर, उत्कृष्ट आइडी डिजाइनको लागि ई आई यस ए अवार्ड जित्न सफलभएको छ भने यसको पावर, पर्फेमेन्स ले राम्रो प्रभाव पारेको छ । कुलवान १ मा ३ हजार रुपैयाँको छुट दिइएको छ भने नोट थ्री एसमा दुई हजार रुपैयाँसम्मको छुट दिइएको छ । त्यस्तै एनएक्स वानलाई १२ सय ३० रुपैयाँ छुट दिइएको कम्पनीले जानकारी दिएको छ । यस बोन्नाजाअन्तर्गत अर्को मोडल कुलप्याड एन एक्स वान रहेको छ जसले फोरजी फोनको लक्जरी ल्याउने उद्देश्यले सस्तो मूल्यमा बजारमा उपलब्ध भईरहेको छ । डिसेम्बर २०१७को अन्त्य देखी कुलप्याड नेपालर जे आई पिएलले केही नयाँ फोन सानदार सुबिधाका साथ बजारमा ल्याउने योजना गरेको छ । जे आईपिएल र जयमा इन्टरकन्टिनेन्टल प्रा. लि. कुलप्याड स्मार्टफोनको एक मात्र आधिकारिक बिक्रेता तथा बजार प्रवर्धक हो । जे आई पिएल ले नयाँ प्रविधीद्वारा उत्कृष्ट सुविधा सही ठाउँमा दिने उद्देश्य राखेको छ । त्यसैले कुलप्याड नेपालले हालै काठमाडौंमा सुसज्जित सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।
२०१८ को चौथो त्रैमासिकमा आउँदैछ सामसङको ‘ग्यालेक्सी एक्स’, यस्ता छन् फिचर (डिजाइन सहित)
काठमाडौं । यसअघि नै सामसङले अर्को वर्ष फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । यो फोनको नाम ग्यालेक्सी एक्स हुनेछ । यो स्मार्टफोनले गत सेप्टेम्बरमा नै ब्लुटुथ सर्टिफिकेशन प्राप्त गरिसकेको छ । प्राप्त जानकारीअनुसार अब कम्पनीले यसको प्याटेन्ट पनि दर्ता गराउँदैछ । लेट्सगोडिजिटल वेबसाइटका अनुसार सामसङले वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्लुआईपृ)मा प्याटेन्टका लागि आवेदन दिइसकेको छ । उक्त प्याटेन्टका अनुसार यो स्मार्टफोनमा दुईवटा स्पोर्टिङ स्क्रीन छ, जसको बीचमा एउटा मेटल जडान गरिएको छ । यसबाट यो उपकरण फोल्ड गर्न मिल्ने भएको प्रमाणित हुन्छ र यसको डिजाइन जेडटिइ एक्जोन एम जस्तो हुनेछ । त्यसबाहेक फोल्डेबल स्मार्टफोन ग्यालेक्सी एक्स ट्रिपल एन्टिनाका साथ आउनेछ । यसले स्मार्टफोनको नेटवर्कलाई फोल्ड हुँदा पनि प्रभावित गर्दैन । उक्त रिपोर्ट अनुसार प्रयोगकर्ताले यो फोनको दुवै स्क्रिनलाई एकैसाथ प्रयोग गर्नसक्नेछन् । यो फोनलाई ग्यालेक्सी नोट लाइनअपमा प्रस्तुत गरिनेछ । यसको अर्थ कम्पनीले यो स्मार्टफोनलाई अर्को वर्षको तेस्रो वा चौथो त्रैमासिकमा प्रस्तुत गर्ने सम्भावना छ । हाल कम्पनीले अर्को फ्ल्यागशिप फोन ग्यालेक्सी एस९मा ध्यान केन्द्रित गरेको छ । कम्पनीले ठुलो स्तरान यसको लार्ज स्टोरेज चिप्स तथा प्रोसेसर बनाउन सुरू गरेको छ । सामसंग स्न्यापड्रागन ८४५ को क्वालकममा पनि यो काम गरिरहेको छ ।