अब घरमै बसेर रेमिट्यान्स पठाउन सकिने, कसरी पठाउने त ?
काठमाडौं । अब घरमै बसेर विश्वका ५० भन्दा बढी देशहरूबाट रेमिट्यान्स पठाउन सकिने भएको छ । एनएनआईसी एशिया बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गरी उक्त व्यवस्था मिलाएको हो । यससँगै वर्ल्ड रेमिट र अर्बिट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने छन् । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटससँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ । कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो । जसबाट ग्राहकहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् । यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नेछन् । यसले गर्दा विदेशमा रहेका नेपालीहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ । विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट वर्ल्ड रेमिट र अर्बिट रेमिटस मार्फत घरमै बसी एनआईसी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछः वर्ल्ड रेमिटबाट कसरी पठाउने रकम ? १. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ। २. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले वर्ल्ड रेमिटबाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नेछन् । ३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहकहरूले थप जानकारी लिन सक्नेछन् । ४. वर्ल्ड रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नेछन् भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ । ५. वर्ल्ड रेमिट बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नेछन् । अर्बिट रेमिटबाट कसरी पठाउने रकम ? १. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नेछन्। २. रकम पठाउदा कुनै समस्या भएमा अर्बिट रेमिटको रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सकिने छ । ३. अर्बिट रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सिक्नेछन् । निशुल्क रकम पठाउनको लागि पठाउदाFREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ । ४. अर्बिट रेमिटबाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सकिनेछ ।
ट्वीटरका संस्थापक डोर्सेले १ अर्ब डलर सहयोगको घोषणा
वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गरेका हुन् । फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ । रासस/एएफपी
वेदास कलेजले आफ्नै सफ्टवेयरद्वारा शुरू गर्याे अनलाइन क्लास, के के छन् सुविधा ?
काठमाडाैं । वेदास कलेजले आफ्नै सफ्टवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन शुरू गरेका छौं । कलेजले नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याएकाे हाे । कलेजले प्राविधिक पार्टनर एमपर्सेप्ट टेक्नोलोजिसँगको सहकार्यमा एमपर्सेप्ट क्लासरुप सफ्टवेयरको विकास गरेकाे हाे । यही सफ्टवेयरको माध्यमबाट कलेजले विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमितरुपमा अध्ययन अध्यापन गराउँदै आएका छ । यस्तो कक्षामा विभिन्न आधुनिक सहयोगी सुविधाहरुको साथै एक आधुनिक र प्रयोग गर्न सजिलो इन्टरफेस साथमा हुन्छ । सफ्टवेयरमा क्लास सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेका छन् । यसमा सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू छन् । यो सफ्टवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्दछ । अरु विशेषताहरूमा समुहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा पनि रहेका छन् । यसमार्फत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्नेछन् । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । यस कदमले नेपालको शैक्षिक प्रणालीलाई एउटा अर्काे उचाईमा पुर्याउन टेवा दिने कलेजकाे विश्वास छ । साथै, यसलाई लकडाउन अवधिमा मात्रै होइन आगामी दिनहरुमा ‘अफ आवर’ मा सधै प्रयोग गर्न सकिने कलेजले बताएकाे छ । पाण्डे ग्रुपद्वारा संचालित यस कलेजले विगत १० वर्षदेखि नै प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिकमैत्री वातावरणमा अत्याधुनिक सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस कलेजमा बिएससी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको अध्ययन अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा उच्चस्तरको शिक्षा प्रदान गर्दै आएको छ । कलेजले अरु कोर्षहरुमा पनि नियमित रुपमा एकेडेमिक तथा नन एकेडेमिक अतिरिक्त कोर्षहरु संचालन गर्दै आएको छ । यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले इन्टरर्नशिप प्लेसमेन्टको अवसर प्राप्त गर्दै आएका छन् भने डिग्री हासिल गरेका विद्यार्थीहरुले जब प्लेसमेन्टको अवसर प्राप्त गर्ने गर्दछन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका हरेक क्षेत्र प्रभावित भएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र ठप्प प्रायः छ । उज्यालो भविष्यको आधार अर्थात मानव जीवनको अत्यावश्यक आवश्यकता शिक्षा पाउनबाट विद्यार्थीहरू वञ्चित छन् । कतिपय शैक्षिक संस्थाले विभिन्न विदेशी सफ्टवेयरहरु प्रयोग गरी अनलाइन अध्ययन अध्यापन गर्दै गराउँदै आएका छन् ।