१००० को सिम रिचार्ज गर्दा १००० नै बोनस पाइने, १० दिनभित्र खपत गर्नुपर्ने
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार नै बोनस पाइने छ । तर बोनसबाफत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ । ‘एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ’ नेपाल टेलिकमका प्रबक्ता राजेश जोशीले भने । वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन । रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा यो योजना ल्याएको प्रबक्ता जोशीले जानकारी दिए ।
सरकारले स्थापना गरेकाे कोरोना कोषमा इसेवाको ५ लाख सहयोग
काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ । सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा ५ लाख रुपैयाँ जम्मा गरिसकेको इसेवाले जनाएको छ।
सिम रिचार्ज गर्दा शतप्रतिशत बोनस र २ सय रूपैयाँ सापटी दिन सरकारकाे निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रूपैयाँ पुर्याउन निर्देशन दिएको छ । लकडाउनको समयलाई मध्येनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्रहीलाई सहज हुने प्याकेज पनि ल्याउन अग्रह गरेको छ । मंगलबार प्राधिकरण सञ्चालकहरूको आकस्मिक अनलाइनबाट बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण सूचना अधिकारी सन्दिप अधिकारीले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिजार्चमा शतप्रतिशत बोनस र सापटी रकम २ सय रूपैयाँ पुर्याउन निर्देशन दिएको बताए । ‘लकडाउनको समयमा रिचार्जमा सजिलो होस्, यस्तो समयमा मोवाइल प्रयोगकर्ताहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले सहज र सरल बनाउन लागेको हो,’ अधिकारीले भने । अधिकारीका अनुसार सापटी रकममा सेवा प्रदायकले कुनै प्रकारको थप रुकम र ब्याज पनि लिन पाउने छैनन् । यसैगरी १ सय रुपैयाँ रिजार्च गर्दा सय रुपैयाँ नै बोनस गर्नु पर्ने निर्देशन दिएको छ । यसैगरी बैठकले सेवा प्रदायकदले अहिले सञ्चालन गरी रहेको सेवा बाहेक कुनै एक सेवा पनि ग्राहकलाई थप आर्थिक भार नपर्ने गरी सञ्चालन गर्न पाउने सुविधा दिने निर्णय गरेको अधिकारीले बताए ।