लकडाउनमा टेलिकमः ३० प्रतिशत घट्याे भ्वाइसकल, ४० प्रतिशतले बढे इन्टरनेट चलाउने
काठमाडौं । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सम्पूर्ण व्यवसायहरु ठप्प बनेका छन् । लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्न निर्देशन दिएपनि तिनीहरुमा व्यापार भने उल्लेख्य भएको छैन । सर्व साधारणहरु घरभित्रै भएकोले पनि अर्थतन्त्र चलायमान हुन पाएको छैन । नागरिकहरुका लागि सबैभन्दा अत्यावश्यक सेवा भनेको सुचना तथा सञ्चार हो । अआजभोली लकडाउनको समयमा धेरै मानिसहरु मोबाइलकै साहारमा दिन कटाइरहेका छन् । देश लकडाउन भएकोले पनि सबै घरमा छन् । टेलिकमका अनुसार अहिले फोन गर्ने अर्थात भ्वाइसकल गर्ने ग्राहकको संख्या ३० प्रतिशतले घटेको छ । लकडाउन हुनु भन्दा पहिलेको तुलनामा अहिले सो संख्या घटेको हो । नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले यो अवधिमा भ्वाइसकल गर्ने ग्राकहको संख्यामा ३० प्रतिशतले कमि आएको बताए । ‘पहिले घर परिवार एक आपसमा टाढा हुन्थे, अहिले सबै सँगै छन्, पहिले व्यापारी पनि धेरै कल गर्थे, अहिले त्यो संख्या पनि घटेको छ, त्यसकारण पनि भ्वाइसकल घटेको हो,’ उनले भने । इन्टरनेश्नलकल भ्वाइसकल र रोमिङ नै टेसलिकमका मूख्य आम्दानीका स्रोत भएकोले ती नै अहिले घटेपछि विजनेश पनि नभएको उनले बताए । अहिले इन्टरनेट डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । तर, नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामा पनि आएको फाइदा डिस्काउण्टमा जाने गरेको उउनको भनाइ छ। अहिले नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको उनले बताए । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको उनको भनाइ छ । नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने बताइएको छ ।
लकडाउनले डिमाण्ड बढेका विजनेश, रेभिन्यु भने ह्वात्तै घट्यो
काठमाडौं । देश लकडाउनमा छ । आम सर्वसाधरणहरु घरभित्रै छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भाइरसको नियन्त्रण तथा रोकथामका लागि विश्व लागि परिरहेको छ । विभिन्न देशहरुले आ आफ्नै तरिकाले यसको विधि अपनाई रहेका छन् । धेरै देशहरुले लकडाउन गरेका छन् । यसले पनि अहिले विश्व बजार सुनसान छ । कोरोना भाइरसको संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेको छैन । अहिले नेपाली बजारमा पनि आर्थिक गतिविधीहरु ठप्प बनेका छन् । दैनिक ज्यालादारी गर्नेदेखि उद्योगी व्यवासयीसम्म घरभित्रै छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै मानिसहरुले आफ्ना दैनिक गतिविधीमा सरिक हुन पाएका छैनन् । फलस्वरुप त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परिरहेको छ । सरकारले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्न निर्देशन दिएसँगै सबै व्यावसायिक सेवाहरु बन्द छन् । सकारले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । हुनत आम सर्वसाधारणहरु ती अत्यावश्य सेवामा सहभागी हुने क्रम बढ्दै गएको छ । तर, त्यसबाट हुनु पर्ने फाइदा ती सेवाहरुलार्य नभएको सरोकारवालाहरुले बताएका छन् । अत्यावश्यक सेवामा सरकारले टेलिफोन, सञ्चार, इन्टरनेटलगायतका सेवाह्रुलाई सुरु गर्न निर्देशन दिइसकेको छ । तर, ती सेवाहरुमा डिमाण्ड भोलुम बढेपनि बिजनेश ग्रोअप अर्थात रेभिन्युमा भने कमि आउँदै गएको छ । नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले लकडाउनको समयमा धेरै रेभिन्यु घटेको बताए । उनले यो समयमा डेटाको माग बढेपनि राजश्वमा भने वृद्धि नभएको बताए । ‘नाफा–नोक्सान जे भएपनि अत्यावश्यक सेवा भएकोले सेवा दिनै पर्छ, लकडाउनभन्दा अगाडिको राजश्व अहिले आँकलन गर्न पनि मिल्दैन, हाम्रो डेटा डिमाण्ड बढेपनि रेभिन्यु भने घट्दै गएको छ, उनले भने । टेलिकमले अहिले उपभोक्ताको सेवाका लागि नेट विस्तार, सफ्टवेर बढाउने, सर्भरको लिंक क्षमता बढाउनेलगायतका कम्प्युटरबाट गरिनो कामहरु गरिरहेको उनको भनाइ छ । भएका ग्राहकहरुको सेवाका लागि गुणस्तर मेन्टेन गर्ने काम भइरहेको उनले बताए । ‘अहिले फ्याम्ली र व्यावसयिक कल ह्वात्तै घटेको छ, इन्टरनेश्नल कल भ्वाइसकल र रोमिङ नै हाम्रो मुख्य राजश्व संकलन गर्ने स्रोत हुन, ती नभएपछि राजश्वमा स्वभाविक रुपमा गिरावट आउँछ,’ उनले भने । भ्वाइसकल २० देखि ३० प्रतिशत घटेको उनको भनाइ छ । तर, डेटा डिमाण्ड भने ३० देखि ४० प्रतिशतसम्म बढेको उनले बताए । नेपाल सरकारले २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन दिएसँगै डेटामो आएको फाइदा डिस्काउण्टमा जाने गरेको उनले बताए । त्यसैले पनि टेलिकमको राजश्वकमा गिरावट आएको उनको भनाइ छ । अहिले नेपाल टेलिकम मात्र नभएर सबै सरकारी तथा निजी सेवा प्रदाय कम्पनीहरूकाे राजश्वमा ह्रास आएको बुझिएको छ । यस्तै, अत्यावश्यक सेवा मध्येको इन्टरनेट सेवाको राजश्वमा पनि परिवर्तन आएको छैन । इन्टरनेटको डिमाण्ड बढेपनि बिजनेस ग्रोअप भने नभएको नेपाल दुरसञ्चार प्राधिकरणका सुचना अधिकारी सन्दिप अधिकारीले बताए । उनले नयाँ नयाँ लाइन जोड्ने प्रक्रिया रोकिएको भएकोले पहिलेको ग्राहकलाई सेवा दिन समस्या भइरहेको बताए । ‘अहिलेको इन्टरने सेवा निरन्तर चल्नको लागि सहज गरिरहेका छौं, सबै होम क्वारेन्टाइनमा भएकोले डिमान्ड बढेको छ, व्यापार भने बढेको छैन उनले भने,’ उनले भने । अत्यावश्यक सेवा भएकोले दिइरहेको तर राजश्व पहिलेको भन्दा घटेको बुझिएको उनको भनाइ छ । अहिले इन्टरनेट सस्तो र मानिसहरुले समय बिताउनका लागि भएपनि चलाउने हुुनाले भएको सेवालाई नै मेन्टेन भइरहेको उनले बताए । सरकारले इन्टरनेटमा छुट दिने भन्ने निर्देशनले पनि आएको राजश्व पनि पुनः कम हुने उनको भनाइ छ । यस्तै,केबल नेटवर्क अर्थात डिटिएच सेवा प्रदायक कम्पनीहरुको रेभिन्युमा पनि गिरावट आएको बुझिएको छ । डिसहोमका जनरल म्यानेजर रमेश सापकोटाले पहिलेको भन्दा अहिले राजश्वमा गिरावट आएको हुन सक्ने बताए । त्यसको निश्चित भने पछि थाहा हुने उनले बताए । अहिले नयाँ ग्राहक थप्न सकिएको अवस्था छैन, पुरानै ग्राहकलाई थप सेवा दिइरहेका छौं, घरभित्रै भएकोले पुराना ग्राहक थप सक्रिय भएका छन्, रिचार्ज नपाएकोले पनि टिभी हेर्न सकिरहेका छैनन्, उनले भने । ‘लकडाउन हुनुभन्दा केही दिन अगाडि राजश्व बढेको थियो, अहिले घटेको छ, कति घट्यो त्यो भने पछि थाहा हुन्छ,’ उनले भने । आफुहरुले रिचार्ज नपाएका ग्राहकका लागि १० दिनसम्मका लागि क्रेडिट सेवा दिइरहेका उनको भनाइ छ । अहिले लक डाउनको समयमा सर्वसाधारणहरु घरभित्रै भएकोले पनि अत्यावश्य सेवाको माग बढेको छ । तर, उनीहरु घरबाहिर आउन नपाउनाले पनि आर्थिक गतिविधीमा कमि आएको देखिन्छ ।
लकडाउनमा थप कस्तो सेवा दिदैंछ नेपाल टेलिकम ?
काठमाडौं । नेपाल टेलिकमले २०७२ साल वैशाख १२ गते भुकम्प पश्चात ग्राकहरुलाई निःशुल्क भ्वाईस सेवा उपलब्ध गराएको थियो । त्यो विपद्मा ग्राहकलाई निःशुल्क भ्वाइस सेवा दिएको टेलिकमले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको बेलामा थप कस्तो सेवा र सुविधा दिदैछ भन्ने आमचासो रहेको छ । भूकम्पको बेलामा भ्वाइस सेवाको जति महत्व र औचित्य हुन्थ्यो लकडाउनको अवधिमा भने इन्टनेटमा थप सुविधा दिनु त्यति नै आवश्यक रहेकोले सोही अनुसारको सेवा प्रवाहमा केन्द्रीत रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भुकम्पको बेलामा ग्राहकहरुलाई निःशुल्क भ्वाइस सेवा दिनु त्यस बेलाको लागि आवश्यक भएकोले अहिलेको लकडाउनमा इन्टरनेट सेवाका जरुरी रहेकोले आवश्यक मोडेल अपनाएर सोही अनुसारको सेवा दिने काम भइरहेको बताए । ‘भुकम्पको बेलामा हामीले निशुल्क भ्वाइस सेवा दियौं, अहिले इन्टरनेटको आवश्यकता बढी छ, यसका लागि विभिन्न प्याकहरु ल्याएका छौँ, संकटको बेलामा हाम्रा ग्राहकलाई आवश्यक सुविधा दिन हामी सदैव तयार छौं,’ प्रबन्ध निर्देशक अधिकारीले भने । उनले सस्तो दरमा गुणस्तरीय इन्टरनेट सुविधा प्रदान गर्न टेलिकमले विभिन्न प्याकहरु ल्याएको जानकारी दिए । यी हुन् टेलिकमका प्याकेज टेलिकमले आफ्ना नियमित ग्राहकहरुलाई लक्षित गरेर ईन्टरनेट र डाटा प्याकमा सुविधा दिन आवश्यक ठानेकोे छ । लकडाउनको अवधिमा सबै जना घरमा रहने र इन्टरनेटको प्रयोग धेरै हुने भएकोले टेलिकमले सोही अनुसारको सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ । सय रुपैयाँ ४ जिबी डाटा सामान्य अवस्थामा टेलिकमले सय रुपैयाँमा १ जिबी डेटा दिने गरेको थियो । लकडाउनको समयमा सोही मूल्यमा ३ जिबी डेटा थप गरेर जम्मा ४ जिबी डेटा पाइन्छ । यो डेटाप्याक ७ दिनमा उपभोग गरिसक्नुपर्छ । सो बोनस रकम फोरजी नेटवर्क सेवा अन्तर्गत चल्ने नेपाल टेलिकमले बताएको छ । टेलिकमले सो सेवा आगामी २६ गते राती १२ बजेसम्म लागू हुने तथा उक्त डाटा प्याक लिएको अवधिबाट ५ दिनसम्म खपत गर्न मिल्ने योजना रहेको जनाएको छ । २ सय रुपैयाँमा १० जिबी डेटा सामान्य अवस्थामा २ सय रुपैयाँमा २ जिबी डेटा पाइन्थ्यो । टेलिकमले लकडाउनको समयमा सोही मूल्यमा थप ८ जिबी डेटा बोनस दिएर २ सय रुपैयाँमा १० जिबी डेटा दिइरहेको छ । २ सय रुपैयाँमा लिइएको १० जिबी डेटा पनि ७ दिनमा नै उपभोग गरिसक्नुपर्छ । सय रुपैयाँमा २ सय ८५ मिनेटको भ्वाइस कल ग्राहकले *1415*10# डायल गरेमा ७ दिनका लागि भ्वाईस कल सुविधा पाउँन सक्ने छन् । सो सुविधा अनुसार सय रुपैयाँमा २ सय ८५ मिनेटसम्म एनटीसीका अन्य ग्राहकहरुसँग कुरा गर्न सकिनेछ । ‘पहिले डिजीटल टपअपको जमाना थिएन, अहिले प्रविधिको पहुँच ग्राहकमा बढ्दै गर्दा जस्तो माग आयो त्यस्तै काम गरिरहेका छौँ, तत्कालका लागि ईन्टरनेटमै माग बढ्दो छ, हामीले इन्टरनेटमा सकेसम्म सुविधा दिने प्रयास गरिरहेका छौं, प्रबन्ध निर्देशक अधिकारीले भने । साथै, सरकारले स्थापना गरेको कोरोना भाईरस (कोभिड १९) को कोषमा समेत नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ । यो रकम कर्मचारीहरुको तर्फबाट २ करोड तथा टेलिकम आफैले १० करोड रुपैयाँ सहयोग गर्ने भएको हो । कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक रिङव्याक टोन अहिले टेलिकमा जीएसएम, सिडीएमए वा ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरस (कोभिड १९) बाट जोगिने र अपनाउनु पर्ने सावधानीका उपायबारे जनचेतनामुलक सन्देश सुन्न पाइन्छ । महामारीको बेलामा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि टेलिकमले दिएको यो सेवा पनि सह्रानीय छ ।