नेपाल भेन्टीलेटर सर्भिसको सेवा शुरू, सबै अस्पतालमा उपलब्ध गराउने

काठमाडाैं ।  नेपालमा “नेपाल भेन्टीलेटर सर्भिस” नामक परोपकारी  संस्था संस्थापना भएकाे छ । काेराेना जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचार, विमर्श गरी भेन्टीलेटर बैंकको स्थापना गर्नु पर्छ भन्ने निष्कर्षमा पुगि उक्त संस्था स्थापना भएकाे हाे । यस संस्थाले सम्पूर्ण विश्व नै कोरोना भाईरस(काेभिड-१९)को संक्रमणबाट जुधिरहेको वर्तमान अवस्थामा कोभिड-१९ प्रकोपले महामारीको रुप लिँदै गर्दा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने छ । परोपकारी  संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उदेश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दुरदराजका अस्पतालहरुसम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजि अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने छ । कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकार संगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्ने सकिने गरि संस्थाले समन्वय गर्दै छ । यस संस्थाले नेपालका औद्योगिक तथा व्यवसायीक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उदेश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने र एउटा कोष खडा गरि सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्मार गर्न खर्च गर्नेछ । संस्थाको संस्थापना पूर्व नै यसले थालेको सार्वजनिक उपयोगिता, परोपकारी र कल्याणकारी कार्यको सरहाना गरि विभिन्न संघ, संस्था र व्यक्त्तिहरुले भेन्टीलेटरहरु लगायत नगद सहयोग गरेका छन् भने धेरैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । हाल यस संस्थासँग कोभिड-१९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला,बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भैसकेका छन् । कोभिड-१९ उपचारको लागि संसार भर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ । कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया सुचारु गरिसकेको छ । संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ । यस संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरि नेपालमा भेन्टीलेटरको संचालन र व्यवस्थापन गर्ने उदेश्य राखेको छ । कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टीलेटरलाई केन्द्रिकित गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरि सो प्रदेशलाई आवश्यक भेन्टीलेटर सोहि प्रदेश कै शाखाबाट उपलब्ध गराउने छ ।

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न परियोजना ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा ढिलाइ भएको र पछिल्लो समय कोरोना, लकडाउन र केही परियोजनामा अदालती प्रक्रिया जस्ता कारणले मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रमा केही ढिला हुन गएको उनको भनाइ छ । प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । नेपाल टेलिकमका अध्यक्ष डिल्ली अधिकारीले भने, “पछिल्लो समय ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारमा उल्लेख्य प्रगति भइरहेको र टेलिकमले विभिन्न योजना बनाएर काम गरिरहेको छ, विभिन्न ३५ सय टावरमार्फत फोर जी विस्तार भइरहेको हुँदा यसले डिजिटल रूपान्तरणमा फड्को मारेको छ, पछिल्लो समय नेपाल टेलिकमले दूरसञ्चार कोषअन्तर्गतको परियोजनामा पनि प्राथमिकताका साथ काम गरिरहेको हुँदा अब इन्टरनेटको प्रोडक्टिभिटी र उपयोगितामा पनि जोड दिनुपर्नेछ ।” विभिन्न चरणमा प्रदेश, क्षेत्र र पूर्वपश्चिम मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्दै दुई वर्षसम्म स्थानीय निकाय, विद्यालय र स्वास्थ्य केन्द्रमा निःशुल्क इन्टरनेट प्रदान गर्ने काम सफलतापूर्वक अघि बढिरहेको अध्यक्ष खनालले जानकारी दिनुभयो । यद्यपि कतिपय स्थानमा सडक विभाग र विद्युत् प्राधिकरणका कारण काम अड्किएको उनको भनाइ छ । दूरसञ्चार प्राधिकरणअन्तर्गत इन्फ्रास्ट्रक्चर डिभिजनका निर्देशक डा सुरेन्द्र हाडाले ७०१ स्थानीय तहमा इन्टरनेट विस्तार भइसके पनि अझै उच्च गतिको अर्थपूर्ण इन्टरनेट विस्तारमा धेरै काम गर्न बाँकी रहेको जानकारी दिए । पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई–कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाखसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा ७२ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसले मोबाइल डाटाकै प्रयोग गरेर इन्टरनेट चलाइरहेका छन् । अझै पनि ग्रामीण र विकट क्षेत्रमा इन्टरनेटको पहँुच पुग्न सकेको छैन । रासस

स्मार्ट टेलिकमको अफरः ३ रुपैयाँ ८३ पैसामा १ दिनभर भ्वाइस कल, २ सय ५४ रुपैयाँमा ४ जिबी डेटा

काठमाडौ । स्मार्ट टेलिकमले ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकेजमा विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । स्मार्टको मोबाइल प्रयोगकर्तालाई पनि उसले प्रदान गरेका प्याकको बारेमा जानकारी नहुन सक्छ । स्मार्टले भने ग्राहकलाई सहुलियत दिनको लागि विभिन्न प्रकारका सुविधा भने प्रदान गरिरहेको हुन्छ । डाटा प्याकहरु स्मार्ट टेलिकमले ग्राहकहरुलाई ‘स्मार्ट डाटा प्याक्स’ नामक योजनाबाट सेवा दिइरहेको छ । स्मार्ट टेलिकमको २० जिबी डाटा ५ सय ९ रुपैयाँमा किन्न सकिन्छ । उक्त डाटा प्याकेज एक महिनाको अवधिसम्म प्रयोग गर्न सकिन्छ । दुई सय एमबी डाटा ग्राहकहरुले २ सय एमबी डाटा ११ रुपैयाँ ४९ पैसामा प्राप्त गर्न सक्छन् । सो प्याक १ दिनसम्म चलाउन सकिनेछ । ३७ रुपैयाँमा हजार एमबी डेटा ग्राहकहरुले ५ सय एमबी डाटा खरिद गर्दा थप ५ सय एमबी नै डाटा प्राप्त गर्न सक्छन् । सो योजना एक दिनका लागि मात्र मान्य हुनेछ । उक्त योजनाको मूल्य ३७ रुपैयाँ ३ पैसा रहेको छ । ८८ रुपैयाँमा २ जीबी डेटा वान जिबी प्लस वान जिबी योजनामा ग्राहकहरुले एक जिबी डाटा लिदा थप एक जिबी सित्तैमा प्राप्त गर्न सक्नेछन् । यस योजनाकोलागि ८८ रुपैयाँ ११ पैसा लाग्छ भने ७ दिनसम्म यस योजनाले काम गर्छ । वान जिबी प्लस वान जिबी स्मार्ट टेलिकमकै अर्को पनि वानजिबी प्लस वान जिबी योजना संचालनमा छ । सो योजना अन्र्तगत वान जिबी डाटा लिदा अर्को थप वान जिबी डाटा प्राप्त हुने व्यवस्था छ । यस योजना १ सय १३ रुपैयाँ ६४ पैसामा सुचारु गर्न सकिन्छ यसको समय अवधि १५ दिनसम्म हुन्छ । दुई जिबी प्लस दुई जिबी यस योजना अन्र्तगत ग्राहकहरुले २ जिबी डाटा खरिद गर्दा अर्को २ जिबी डाटा पाउँन सक्नेछन् । यस योजना संचालन गर्न २ सय ५४ रुपैयाँ १० पैसा लाग्छ भने उक्त डाटा ३० दिनसम्म चलाउन सकिन्छ । ४ सय ७० रुपैयाँमा १० जिबी डेटा यस योजनामा ५ जिबी डाटा किन्दा अर्को ५ जिबी डाटा पाउन सकिन्छ । उक्त योजना अनुसार ३० दिनसम्म डाटा चलाउन सकिन्छ । ४ सय ७ रुपैयाँ ३३ पैसा तिर्नुपर्छ । भ्वाइस प्याक अनलिमिटेड वान डे यस योजना अन्तर्गत स्मार्ट टेलिकमका सिम कार्ड बोक्ने ग्राहकहरुले ११ रुपैयाँ ४९ पैसामा १ दिनसम्म भ्वाइस कल गर्न सक्नेछन् । अनलिमिटेड भ्वाइस सेभेन डेज यस योजना अनुसार ग्राहकहरुले ३७ रुपैयाँ ३ पैसामा ७ दिनसम्म भ्वाइस कल गर्न सक्नेछन् । भ्वाइस अनलिमिटेड ३० डेज यस योजना अनुसार ग्राहकहरुले १ सय २६ रुपैयाँ ४१ पैसामा ३० दिनसम्म भ्वाइसकल गर्न सक्ने छन् । डेल्ली रेन्टल भ्वाइस प्याक यस योजना अनुसार स्मार्ट टेलिकममा ग्राहकले ३ रुपैयाँ ८३ पैसामा १ दिनभर भ्वाइस कल गर्न सक्ने छन् । स्मार्ट एसएमएस प्याक्स साढे ११ रुपैयाँमा महिनाभर एसएमएस स्मार्ट टेलिकमले सो योजना अनुसार ११ रुपैयाँ ४९ पैसामा एक महिनासम्म एसएमएस गर्न मिल्ने योजना संचालन गरिरहेको छ । ३ हजार एसएमएस, स्मार्ट टु स्मार्ट यस योजना अनुसार प्रयोगकर्ताले ३ हजार एसएमएस गर्न सक्छन् । उक्त एसएमएस स्मार्ट टेलिकमको एक सिमबाट अर्को सिममा गर्न मिल्छ । ग्राहकले २५ रुपैयाँ ५४ पैसामा उक्त योजना सुचारु गर्न सक्छन् । स्मार्ट रिचार्ज १ सय यस योजना अनुसार ग्राहकले १ सयको रिचार्ज गर्दा २ सय एमबीमा थप २ सय एमबी डाटा पाउन सक्ने व्यवस्था रहेको छ । सो योजना अनुसार १० मिनेको टक टाइम तथा १० वटा एसएमएस गर्न सक्ने छन् । यो योजना रिचार्ज गरेको ७ दिनसम्म लागू हुन्छ । २ सय २ सयको रिचार्ज गर्दा ४ सय एमबी र थप ४ सय एमबी डाटा तथा २० मिनेट टक टाइम र २० वटा एसएमएस गर्न सकिन्छ । यो योजना १५ दिनको लागि लागू हुन्छ । ५ सय ५ सयको रिचार्ज गर्दा साढे १ जिबी र थप साढे एकजिबी डाटा पाउन सकिन्छ । उक्त रिचार्ज गर्दा सय मिनेटको टक टाइम तथा सय वटा एसएमएस गर्न मिल्छ । रिचार्ज गरेको ३० दिनसम्म यो योजना लागू हुन्छ । १ हजारको रिचार्ज एक हजारको रिचार्ज गर्दा ३ जिबी डाटा तथा थप ३ जिबी डाटा ग्राहकले पाउन सक्छन् । यस्तै, २ सय मिनेट टक टाइम तथा २ सय वटा एसएमएस गर्न मिल्छ । सो योजना रिचार्ज गरेको ३० दिनसम्म लागू हुन्छ । ५ स्मार्ट अल नेट भ्वाइस प्याक वान डेप्याक सो योजना अनुसार १२ रुपैयाँ ७७ पैसामा प्रयोगकर्ताले एक दिनसम्म १२ मिनेट कुराकानी गर्न सक्नेछन् । ३० दिन प्याक यस प्याकमा प्रयोगकर्ताले १ सय २६ रुपैयाँ ४१ पैसामा १ सय २० मिनेट भ्वाइस कल गर्न सक्नेछन् । ६ विक्ली कम्बो डाटा प्याक स्मार्ट टेलिकमको सो योजना अन्र्तगत ३ जिबी डाटा प्लस अनलिमिटेड भ्वाइस कल गर्न मिल्छ । उक्त योजना ९८ रुपैयाँमा संचालन गर्न सकिन्छ । यो योजना ७ दिनको लागि लागू हुन्छ । ७ लकडाउन प्याक लकडाउन प्याक ३ सय ८१ रुपैयाँ ७९ पैसामा सुचारु गर्न सकिन्छ । सो योजना अन्र्तगत ४५ जिबी डाटा प्राप्त गर्न सकिन्छ । स्मार्ट टेलिकमको उक्त योजना ३० दिनको लागि लागू हुन्छ ।