सिद्धार्थ बैंकले ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोग गर्ने, गर्याे एफवान सफ्टसँग सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ । सम्झौता अनुसार, सिद्धाथ बैंकले आफ्ना ग्राहकलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ । ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लाटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर) हरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आवद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सबै रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सांधर्विक र लाभदायक हुने सिद्धार्थ बैंक तथा एफवान सफ्टकाे विश्वास रहेकाे छ । ‘क्वीक भुक्तानी’ ले व्यवसायहरू बीच नगद प्रवाह सुधार गर्न मद्दत गर्दछ, जुन कोभिड १९ महामारीको कारणले अर्थव्यवस्था सुस्ताएको वर्तमान अवस्थामा ज्यादै नै महत्वपूर्ण छ ।
प्रविधि विकासमा आक्रामक बन्दै कृषि विकास बैंक, अब अनलाईनबाटै खाता खोल्न सकिने
काठमाडौं । कृषि विकास बैंक सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न आक्रामक रुपमा प्रस्तुत हुँदै गएको छ । प्रविधिमा जोड दिँदै बैंकले अब अनलाईनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने प्रणाली सुरु गरेको छ । बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउँदै बैकिङ्ग कारोवारको दायरा फराकिलो बनाउन विद्युतीय उपकरणको प्रयोग गरी उक्त प्रणालीको शुरु गरेको हो । साथै, प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न सो सुविधा ल्याएको बैंकले जनाएको छ । उक्त प्रणालीको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरेका हुन् । अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्दछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरिकले आफ्नै घर/कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ । खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको छ । उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले बताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् ।
जुम मिटिङको विश्वसनियता गुम्दै, बैठकको बिचमै देखिन थाले अश्लिल भिडियो
काठमाडौं । भिडियो कुराकानी तथा वैठक गर्नका लागि छोटो समयमा लोकप्रिय बनेको जुम एपले आफ्नो विश्वसनियता गुमाउँदै गएको छ । कोरोना भाइरसको कारण भएको लकडाउनको समयमा मानिसलाई अन्र्तक्रिया तथा बैठक गर्नको लागि सहि माध्यमका रुपमा परिचित हुँदै गएको जुम मिटिङले पछिल्लो समय भने आफ्नो छविमा धमिलो पार्दै गएको छ । विषेशगरी जुममार्फत भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप त गरेका छन् तर त्यसमा ह्याकरको प्रवेशलाई भने रोक्न सकेका छैनन् । जसको कारण जुम एपले आफ्नो विश्वसनियतालाई गुमाउँदै गएको छ । पछिल्ला्े समय नेपालमा पनि चर्चित बनेको जुम एपमा त्यस्ता खालका हर्कतहरु हुन थालेका छन् । जुमलाई कुराकानी गर्ने मुख्य माध्यम बनाइरहेका जुमका प्रयोगकर्ता ह्याकरको फन्दामा पर्ने गरेका छन् । जसको कारण प्रयोगकर्ता नै त्यसबाट लज्जित हुनु पर्ने अवस्था पटक पटकमा देखिएका केही घटनाक्रमहरुले प्रष्ट पारेका छन् । गत महिना मात्रै डिजिटल बैंकिङ सम्बन्धि एक जुम मिटिङमा एक महिला बैंकर बोल्दै गर्दा त्यसमा अप्रत्याशित रुपमा अश्लिल भिडियो अर्थात पार्न भिडियो बज्यो । ती महिला बोल्दै गर्दा एक्कासी बज्न थालेको पोर्न भिडियोले मिटिङमा सहभागी सबैलाई लज्जित मात्र बनाएन आश्चर्यचकित पनि बनायो । सो कार्यक्रमममा नेपाल राष्ट्र बैंक सहित अन्य बैंक तथा वित्तीय संस्थाहरुका केही प्रमुख र गन्यमान्य व्यक्तित्यवहरु थिए । उनीहरुको वहस डिजिटल बैंकिङ सम्बन्धि थियो । डिजिटल बैंकिङका समस्या चुुुनौती र अवसरका बारेमा भइरहेको वहसमा एक्कासी बजेको पोर्न भिडियोले कार्यक्रम खल्लो मात्र बनाएन त्यसपछि एकले अर्को सहभागीसँग बोल्ने आँट पनि गरेनन् । पछि त्यसमा कार्यक्रमका आयोजकले प्रहरीलाई जानकारी त गराए । तर, ह्याकर पत्ता लगाएर कारबाही गर्न सक्ने अवस्था न्युन छ । आज पनि त्यस्तै प्रकृतिको सोही जुम एपमा अर्को घटना दोहोरिएको छ । यो घटना भने देशका मन्त्री नै सहभागी भएको कार्यक्रममा देखियो । नेपाल पर्यटन बोर्डले पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न राखिएको जुम मिटिङमा सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा आज पनि पोर्न भिडियो देखियो । कार्यक्रम सञ्चालकले जब मन्त्री भट्टराईलाई बोल्न अनुरोध गरे भट्टराईले बोल्न पनि सुरु गरे । उनी बोल्दै थिए त्यहाँ एक्कासी पोर्न भिडियो बज्यो । स्क्रीनमा ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो जुम मिटिङमा प्रवेश गरिएको देखियो । भिडियो बजेलगत्तै एडमिनले भिडियो त काटे तर सबैका मुहार राताकाला देखिए । सबै लज्जित बने । पुनः कार्यक्रम निरन्तर चल्यो । २ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ । बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए । जुम मिटिङमा पछिल्लो समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा प्रवेश गरेर अश्लिल भिडियो राखिदिने हर्कत गरिरहेका छन् । विभिन्न देशमा यस्ता समस्याहरु आइरहेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गएपछि यी समस्याहरु देखिन थाल्ेका हुन् । धेरैले जुम एप माथिको सुरक्षा र गोपनियताको विषलाई लिएर प्रश्न उठाउँदै आएका छन् । कतिपय वैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सुचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो। भारतको केन्द्रीय गृह मन्त्रालयले पनि गत अप्रिलमा जुमबाट हुने वैठक गोपनीयताको दृष्टिकोणले सुरक्षित नरहेको भन्दै औपचारिक प्रयोजनका लागि त्यसको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो। जुम एपले सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ तर पनि यसमा यस्ता खालका अनाधिकृत काम हुने कार्य भने रोकएिको छैन । कम्पनीले पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, वैठकको समयावधि लगायतका विषयमा पनि केही सुधार गरिएका जनाएको थियो ।