एनसेल अफरः अन्तर्राष्ट्रिय कलको दरमा छुट, डिजिटल सेवाहरु सित्तैमा लिन पाइने
काठमाडौं । एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहककालागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रति मिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी वा अंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ । गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् । यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् ।
स्मार्ट फोन नभएकाले पनि घरबाटै विल भुक्तानी गर्न सक्ने, प्रभु पेले ल्यायो यस्तो सुविधा
काठमाडौं । प्रभु पेले स्मार्ट फोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अवस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अवस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ । प्रदेश नं. ६ र ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढा टाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
किंग्स कलेजले आयोजना गर्याे अन्तर्राष्ट्रिय ‘भर्चुअल कन्फिरेन्स्’, करिब ८५ जनाकाे सहभागिता
काठमाडाैं । किंग्स कलेजले आज ‘इम्ब्रेसिङ्ग द क्यावस’ शिर्षकको अन्तराष्ट्रिय भर्चुअल कन्फिरेन्सकाे आयोजना गरेको छ । भर्चुअल माध्यमद्वारा संचालित नेपालकै पहिलो अन्तराष्ट्रिय कन्फिरेन्स् शुक्रबार बिहान ७ देखि ११ः३० सम्म चलेको थियाे । जसमा विभिन्न राष्ट्रका प्राद्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, शिक्षक, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षाक्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागीहरुको सहभागीता थियाे । कोरोना भाइरसको कारण राष्ट्रहरुले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाहरुले अनलाईन कक्षा संचालन गरिरहेको परिप्रेक्षमा अनलाईन कक्षासम्बन्धी अन्तराष्ट्रिय जगतको अनुभव, शिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमाथि विचारविमर्श गर्दै नेपालका शैक्षिक संस्थाहरुलाई अझ शसक्त ढंगबाट अनलाईन कक्षा संचालन गर्न सक्षम बनाउने अभिप्रायले उक्त भर्चुअल कन्फिरेन्स्को आयोजना गरिएको हो । यसका साथै अनलाईन कक्षाबारेको बुझाइलाई थप गरी यससम्बन्धी कठिनाइको समाधान विकास गर्ने यस कन्फ्रेन्सको उदेश्य रहेको थियो । ‘अनलाईन कक्षाको सम्भावना तथा सिमितता, गुणदाष लगायतबारे विश्लेषण गर्दै शिक्षण संस्थाहरुले यसका लागि आफूलाई कसरी तैयारी राख्न सक्छन् भन्ने विषयको अन्वेषण पनि यसको लक्ष्य रहेको थियो,’ अन्तर्राष्ट्रिय भर्चुअल कन्फिरेन्स्को संयोजक तथा कलेजका प्राचार्य उद्गम खड्काले बताए । अनलाईन शिकाइ, चुनौती र अवसार, अनलाईन शिक्षाको शिक्षण विधी, अनलाईन शिक्षाको लागि प्रविधीको एकिकरण र विश्वमहारीको समयको शिक्षण विधी लगायत मुख्य विषयबस्तु रहेको सो कन्फ्रेन्स् जुम प्ल्याटफर्ममार्फत संचालन गरिएको थियो । भर्चुअल तरिकाले संचालन गरिएकाता पनि कन्फ्रन्सले सहभागीहरुलाई दुई समूहमा विभाजन गरी समानान्तर शत्रहरु पनि चलाइको थियो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलको अनलाईन सहभागीता रहेको सो कन्फ्रेन्स्मा बेन्ट्ले विश्वविद्यालयका प्राद्यापक तथा हाबार्ड विश्वविद्यालयका अतिथी प्राद्यापक बिल सियानो प्रमुख वक्ताको रुपमा उपस्थित भएका थिए । अनलाईन शिक्षालाई अंगिकार गर्नुपरेता पनि विभिन्न पक्षबाट हेर्दा यो जटिल देखिएको आजको परिप्रेक्षमा अनलाईन शिकाइसम्बन्धमा संचालित यस भर्चुअल कन्फ्रेन्स नेपालको समग्र शिक्षाक्षेत्रको लागि उपयोगी हुने मन्त्री पोखरेलले बताए । कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाईन शिक्षामा लैजान सरकारीस्तरबाट विभिन्न पहल भइसेकेको बताउँदै उनले अनलाईन कक्षालाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउनुपर्नेमा जोड दिए । ‘कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययन गर्न हामीले एउटा समिति गठन गरिसकिएका छाैं,’ उनले जनाकारी दिए, ‘सो समितिले गरेको अध्ययनको निश्कर्षको आधारमा शिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।’ किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले कन्फ्रेन्सलाई सम्बोधन गर्दै अहिलेको संकटको घडीमा सरकारी वा नीजि क्षेत्र भनेर बस्नुभन्दा पनि एकअर्कासँग सहकार्य र समन्वय गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार शिक्षकहरु आफैमा सामाजिक अगुवा भएकाले आजको अनिश्चिताको समयमा समुदायमा आशा र सकारात्मक विचारको संचारमा उनीहरुको ठूलो भूमिका रहन्छ । ‘अनलाईन शिक्षा नेपालको सन्दर्भमा नया“ भएकाले अहिले नै कुनै निश्कर्षमा पुग्नुभन्दा उपलब्ध सबै अभ्यासहरु लागू गरी र यसको हरेक पक्ष र आयामलाई केलाई सिक्दै र सुधार गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भने ।