अश्लील भिडियो बनाई पोष्ट गर्ने गोँगबुका २३ वर्षिय युवक पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए । अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।

बर्षाको बेलामा मोबाइल फोन भिज्नबाट कसरी जोगाउने ?

काठमाडौं । वर्षायाम लागेसँगै कतै बाढिको चिन्ता त कतै पहिरोको प्रकोप देखापर्न थाल्छ । यही वर्षायममा कतिपयले घरबार, जन–धन गुमाउछन् भने कतिले अनेकौ कष्टहरु व्यहोर्न बाध्य हुन्छन् । तर हामीले आज सबै समस्याहरुलाई थाति राख्दै मोवाइल फोन बोक्ने ग्राहकरुले वर्षायाममा कसरी फोन जोगाउने भन्ने बारेमा चर्चा गर्दैछौं । वर्षायाम होस या जाडो मोवाइल फोन सधैको साथी जस्तै हो । सोही कारण ग्राहकरुले वर्षायामको बेलामा पनि मोवाइल फोन घरमै छाडेर बाहिरी यात्रा तय गर्दैनन् । वर्षायाममा मोवाइल फोन भिज्ने समस्या हामीलाई सामान्य लाग्ने गर्छ । तर भिजेकै कारण मोवाइल फोनमा विभिन्न किसिमका समस्या देखा पर्नेदेखि फोन नै नचल्नेसम्मको समस्या आउँछ । वर्षा, मनसुनको समय अनि मोवाइलको असुरक्षा, यो हर कोहीले भोग्दै आएको समस्यमा पनि हो । पानीले भिज्दा मोवाइल फोनमा कहिले ब्याट्री फुल्ने, डिस्प्लेका अक्षर नदेखिने, चार्ज नटिक्नेदेखि मोवाइल फोन नै सिज हुनेसम्मको खतरा हुन्छ । यस्तै, जोखिमबाट मोवाइल सेट बचाउन अहिले बजारमा वाटर प्रुफ मोवाइलहरु समेत किनबेच हुन थालेको छ । तर पनि सकेसम्म कुनैपनि मोवाइल पानीमा भिजाउनु राम्रो नहुने जानकारहरु बताउछन् । वाटर प्रुफ केसको प्रयोग गर्ने वर्षा याममा मोवाइल जोगाउन कतिपयले प्लास्टिकभित्र राख्ने गरेका छन् । कतिपय कभरहरु निकै हदसम्म पानी छेक्ने किसिमका हुन्छन् । तर वाटर प्रुफ केसहरुको प्रयोग गर्नु राम्रो मानिन्छ । यसरी वाटर पु्रफ केसको प्रयोग गर्दा मोवाइफ फोन पानीबाट पूर्ण रुपमा जोगाउन सकिन्छ । ब्लुतुथ हेडसेटको प्रयोग गर्ने मोवाइल हरेक बेलामा प्रयोग गर्नु पर्ने अवस्था आउन सक्छ । मनसुनको समयमा मोवाइल चलाउदा भिज्ने सम्भावना धेरै हुन्छ । भिजेपछि मोवाइलमा समस्या आउन सक्छ । सोही कारण ब्लुतुथ हेडसेटको प्रयोग गर्दा केही हदसम्म मोवाइल जोगाउन सकिन्छ । हेडसेट कुराकानी गर्ने, संगित सुन्ने लगायतको प्रयोजनमा प्रयोग गर्न सकिन्छ । चिसो हातले मोवाइल फोनको प्रयोग नगर्ने मोवाइल फोनको प्रयोग अधिकांश बेलामा गर्न सकिने भएकाले प्रयोकर्ताहरु मोवाइलको साथमा लामो समय बिताउन सक्छन् । कतिपय अवस्थामा आफ्नो महत्वपूर्ण कामका लागि हतारमा समेत मोवाइल प्रयोग गर्ने गरिन्छ । तर प्रयोगकर्ताहरुले चिसो हातले मोवाइल फोनको प्रयोग गर्नुमा राम्रो मानिदैन । वाटर प्रुफ फोनको प्रयोग गर्ने आफुसँग भएको फोन जोगाउनु सबै प्रयोगकर्ताको चाहाना हो । तर, प्रयोगकर्तासँग आर्थिक अवस्था सबल छ भने वाटर पु्रफ फोन प्रयोग गर्नु राम्रो हुन्छ । अहिले बजारमा केही महंगा मूल्य तिर्दा वाटर पु्रफ (पानीबाट जोगिने) किसिमका फोनहरु पाइन्छन् । साथमा रुमाल या सानो कपडा बोक्ने रुमाल वा कपडाका टुक्रा बोक्दा मोवाइल प्रयोगकर्तालाई राम्रो हुन्छ । कहिकतै मोवाइल फोनमा पानीका छिट्टा परेको अवस्थामा उक्त कपडाले पुछ्न मद्दत गर्छ । कपडाले पुछ्दा हल्कासँग डिस्प्लेमा असर नपर्ने गरी पुछ्नु पर्छ । भिजेको अवस्थामा चार्ज नगर्ने कहिलेकाही घर बाहिर गएको बेलामा फोनको चार्ज सकिन्छ । यसरी चार्ज सकिनु स्वभाविक पनि हो । तर सोही समयमा मोवाइलमा पानी परेको छ वा भिजेको छ भने हामीले तत्कालै मोवाइल चार्ज गर्नु हुदैन । भिजेको मोवाइल चार्ज गर्दा मोवाइलको व्याट्रीमा समस्या आउन सक्छ भने मोवाइल सट भएर पड्किने सम्भावना पनि उत्तिकै हुन्छ । सोही कारण मोवाइल फोन भिजेको छ भने चार्जमा राख्नु हुदैन । मोवाइल फोनलाई सुरक्षित राख्न विभिन्न विधिहरु अपनाउने गरिन्छ । यस्तै विधि अपनाएर हामीले आफ्नो मोवाइल फोनलाई सुरक्षित राख्न सक्छौं ।

पहिलो पटक सञ्चालनमा आउँदै वायरलेस वाइफाइ सेवा, एनसेलले सुरु गर्यो प्रि-बुकिङ

काठमाडौं । नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरुगरेको घोषणा गरेको छ । एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको छ । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन् । वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् । कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्रि बुकिङ्ग लिदैछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन । वायरफ्री प्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुदै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “आफ्ना ग्राहकलाई आवश्यकता अनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहदै आएको छ । हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्स् मार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं । यस वायरफ्री प्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने छ । हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ ।” सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत ये प्रि– बुकिङ सिमीत अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रो हप्ताबाट यो सेवा सुचारु गर्नेछ । यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् ।