औंलामा अपराधः लकडाउनमा बढी सलबलाए ह्याकर

काठमाडौं । केही प्रशंगहरुबाट विषयको उठान गरौं । लकडाउनको समयमै अर्थात चैत २६ गते इन्टरनेट सेवाप्रदायक कम्पनी ‘भायनेट’को प्रणालीबाट ह्याकरहरुले ग्राहकको तथ्यांक चोरी गरे । ह्याकरहरुले कमपनीको सिस्टम ह्याक गरी १ लाख ६० हजार प्रयोगकर्ताको सम्पूर्ण विवरण चोरी गर्यो । तर, कम्पनीलाई भने त्यसको भोलिपल्ट मात्र घटनाको यथार्थता जानकारी भयो । यस्तै, त्यसको दुई दिन पछि अर्थात चैत २८ गते प्रभु मनी ट्रान्सफरको डाटा ह्याक भएको सूचना पनि सामाजिक सञ्जालमा भाइरल बन्यो । ह्याकरले प्रभुपेका ग्राहकका व्यक्तिगत जानकारी पनि त्यसमा उल्लेख गरेका थिए । यी दुई घटना त केही महत्वपूर्ण र ठूला कम्पनीका हुन् । जसमा लाखौं प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण र रकम छ । यसरी दैनिक रुपमा ठूला कम्पनीहरु माथि नै साइबर हमला गर्ने ह्याकरहरुले के हामी सानातिना कारोबार गर्ने डिजिटल कारोबारमा पनि छोड्लान त ? यी दुई ठूला घटनाहरुले हामीहरुलाई डिजिटल कारोबारमा विश्वसनियता ढुक्क हुने अवस्था भने पक्कै पनि सिर्जना गर्दैन । यसले हामीले प्रयोग गर्ने प्रविधिमाथि पनि प्रश्न खडा गरिदिएको छ । हुनत सुचना प्रविधिकै कारण विश्व ‘ग्लोवल भिलेज’का रुपमा स्थापित भएको पनि भन्ने गरिन्छ । तर, हामीले प्रयोग गर्ने र हामीले गर्ने डिजिटल कारोबारमाथि हामीले कत्ति विश्वस्त हुने ? यो पनि कुनै पनि सुचना प्रविधि विज्ञ वा कसैले पनि यसको उत्तर दिन सक्दैनन् । किनकि प्रविधिभन्दा एक स्टेप माथि गएर ह्याकरहरुले निगरानी गरिरहेका हुन्छन् । कोरोना भाइरस (कोभिड–१९)को कारण देशभर भएको लकडाउकै समयमा सिर्जित यी दुई ठूला घटनाले पनि साइवर ह्याकरहरु सलबलाएको प्रष्ट हुन्छ । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार र प्रयोगकर्ताहरु पनि ह्वात्तै बढेका छन् । लकडाउनकै समयमा डिजिटल कारोबार गर्नेको संख्या पनि उल्लेख्य बढेको बैंकर्सहरु बताउँछन् । सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त त छन् । तर, उनीहरुको पैसा र व्यक्तिगत विवरण कत्तिको सुरक्षित छ ? यसपट्टी भने धेरैको ध्यान कम गएको छ । किनकि देशमा सूचना प्रविधि सम्बन्धि विज्ञहरुको संख्या पनि सिमित नै छ । लकडाउनको समयमा इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी अत्याधिक बढेको छ । बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको भएपनि यसैमा ह्याकरहरु अभ्यस्त छन् । हाल नेपालमा विशेष गरी फेसबुक, ट्वीटर, बैंकिङ, अनलाइन, एटीएमलगायतका क्षेत्रमा बढी साइबर अपराध हुँदै आएका छन् । केन्द्रीय साइवर ब्युरोका अनुसार चालु आर्थिक वर्षको हालसम्म साइवर अपराध सँग सम्बन्धित एक हजार ६ सय ६८ उजुरी परेका छन् । जसमध्ये ४४ उजुरी दर्ता नै भइसकेका छन् । ब्युरोका सह–निर्देशक नविन्द्र अर्यालका अनुसार साइबर ब्युरोमा चैत महिनामा मात्रै १ सय ५३ उजुरी परेका छन् । जसमध्ये चार वटा मुद्दा दर्ता पनि भइसकेका छन् । उपत्यकामा सबैभन्दा बढी साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । उनका अनुसार अधिकांश निवेदन सामाजिक सञ्जालका प्रोफाइल ब्लक र फेक आईडी बनाइएका विषयमा छन् । ‘लकडाउनको समयमा अधिकांश मानिस घरमै बसेर कम्प्युटर र इन्टरनेटमा व्यस्त हुने भएकाले विद्युतीय अपराध बढी देखिएका छन्, हामीले थुप्रै घटनामा फेसबुक कार्यालयलाई अनुसन्धानमा सहयोग गरिदिन पत्राचार पनि गरेका छौं ।  तर, कोरोनाका कारण जवाफ आइसकेका छैनन्,’ उनले विकासन्युजसँग भने । यद्यपि, ब्युरो तहबाट हुन सक्ने घटनामा आश्वयक विश्लेषण र अनुसन्धान भइरहेको उनको भनाइ छ । व्युरोका अनुसार श्रावण महिनामा १ सय ४०, भाद्रमा २ सय १५, असोजमा १ सय ४०, कार्तिकमा १ सय ३८, मंसिरमा १ सय ८५, पुषमा १ सय ३६, माघमा १ सय ४२, फागुनमा २ सय १९ र चैतमा १ सय ५३ उजुरी परेका छन् । अनलाइन कारोबार बढी जोखिममा अहिले लकडाउनको समयमा मानिसहरुले आफु प्रत्यक्ष सहभागी हुन नपाएर अनलाइन कारोबारमा आकर्षित भएका छन् । तर, विभिन्न जानकारहरुले अनलाइन कारोबार जोखिममा रहेको बताइरहेका छन् । अहिले विशेष गरी विभिन्न डिजिट वालेटहरु र बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल बैंकिङलाई प्राथमिकता दिइरहेका छन् । यहि मौका छोपेर पनि ह्याकरहरु सलबलाएका छन् । कोरोना महामारी फैलिएको यो समयमा नेपाल मात्र होइन विश्वभर साइबर अपराध बढेको छ । अहिले ह्याकरहरुले इन्टरनेट प्रयोगकर्ताको इमेलमा विभिन्न सामग्रीहरु पठाएर इमेलमार्फत प्रयोगकर्तालाई अनेक लोभ देखाउँदै उनीहरूको क्रेडिट कार्ड विवरण, पासवर्डजस्ता निजी जानकारी प्राप्त गर्ने कोसिस गरिरहेको बुझिएको छ । साइबर सुरक्षा कम्पनी ‘बार्राकुडा’का अनुसार कोरोना महामारीका बेला ठगीको योजना राखेर इमेल पठाउने क्रममा ६ सय ६७ प्रतिशतले वृद्धि भएको छ । यस्ता साइबर अपराधी फेक इमेल र एसएमएस पठाइरहेका छन्। यसरी लकडाउन अवधिमा अनलाइन कारोबार असुरक्षित बन्न थालेको देखिएको छ। हाल धेरै मानिसको पहुँचमा रहेको डिजिटल भुक्तानी प्रणाली अझ बढी असुरक्षित रहेको सरोकारवालाहरू बताउँछन् । बैंकहरु बढी चनाखो हुनुपर्छः राष्ट्र बैंकका प्रवक्ता  नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणराज भट्टले सुचना प्रविध ह्याकमा बढी बैंकहरुले चनाखो हुनु पर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनबाट बढी कारोबार गर्ने भएकोले र यो समयमा बढी डिजिटल कारोबार हुने भएकोले बैंकहरुले यसमा बढी ध्यान दिनु पर्ने उनको भनाइ छ । ‘सुचना प्रविधिलाई सुरक्षित बनाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले पनि हाफ्नै नीति तथा व्यवस्थाहरु गरेका हुन्छन्, राष्ट्र बैंकले पनि यसमा चनाखो हुनु भनेर निर्देशन दिँदै आएको छ, अहिले प्रयोग बढेको कारणले पनि जोखिम हुन सक्छ,’ उनले भने । उनले यो जोखिम कम गर्नको लागि ग्राहकलाई वित्तीय साक्षरता सँसँगै डिजिटल साक्षरता पनि बढाउनु पर्ने बताए । लकडाउनको समयमा धेरै मानिसले अनलाइन कारोबार गर्ने भएकाले यो समयलाई आफूहरूले अवसरका रूपमा लिएको भट्टको भनाइ छ । यस्तो ह्याकिङ नहुनका लागि पूर्वाधारमा लगानी बढाउनु पर्ने उनको भनाइ छ । कारबाही के छ ? विद्युतीय कारोवार ऐन अन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख रुपैयाँ वा दुवै सजाय हुने प्रावधान रहेको छ । तर, विद्युतीय कारोवार ऐनबाट कारवाही प्रक्रिया अगाडि बढाइँदै आएको भए पनि प्रविधि विकाससँगै अपराध प्रकृति फेरिँदै गएकाले ऐनले सबै अपराध र कारवाही समेट्न नसकेको बताइएको छ । उता, नेपालको संविधान २०७२ को धारा १७ मा अभिव्यक्ति स्वतन्त्रता उल्लेख छ । यसमा इन्टरनेट प्रयोग अधिकार अनुसार कुनै पनि नागरिकले कुनै माध्यमबाट आफ्नो विचार, धारणा र अभिव्यक्ति दिन पाउने उल्लेख गरिएको छ। यही विचार अभिव्यक्ति अधिकारमाथि टेकेर अरूको मान, मर्यादामाथि अघात पुर्याउने, अश्लील भिडियो तथा तस्वीर बनाउने र पोस्ट गर्ने जस्ता समस्या फैलिँदै छन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा धेरै साइबर अपराधमा लाग्ने गरेका छन् । साइवर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

नयाँ प्रविधिमा नयाँ सुविधा पस्कदै प्रभु टिभी

काठमाडौं । लकडाउनसँगै टेलिभिजनको प्रयोग बढेको छ । टेलिभिजनको बन्द पर्दाहरु खुल्न थालेका छन् । निष्क्रिय भएका टेलिभिजन चानल सक्रिय भएका छन् । टेलिभिजन उपभोक्ताहरुको रिर्चाज बढ्दो छ । यहि समयमा प्रभु टिभीले पनि आफ्ना सेवाहरु अझ प्रभावकारी बनाएको उक्त कम्पनीको सेल्स एण्ड मार्केटिङ म्यानेजर गंगा गौतम बताउँछन् । ‘६ महिनाको रिर्चाज गर्दा एक महिना बोनस र १२ महिनाको रिर्चाज गर्दा २ महिनाको बोनस उपभोक्तालाई दिएका छौं’ उनले भने । यसको अर्थ प्रभु टिभीका ग्राहकले ६ महिनाको रिचार्ज गर्दा ७ महिनको सुविधा पाउनेछन् भने १२ महिनाको रिचार्ज गर्दा १४ महिनाको सुविधा पाउने व्यवस्था गरिएको छ । २०७७ जेठ ३० गतेसम्म रिचार्ज गर्नेहरुले यो सुविधा पाउने कम्पनीले जनाएको छ । ६ महिनाको रिचार्ज शुल्क १६ सय रुपैयाँ तथा १ वर्षको गर्दा ३ हजार रुपैयाँ लाग्ने गरी अतिरिक्त छुट पनि दिएको गौतमले बताए । ‘अरु टिभीको तुलनामा प्रभु टिभी निकै सस्तो छ । प्रभु टिभी रिचार्जको शुल्क प्रति महिना ३ सय रुपैयाँ रहेको छ’ उनले भने–‘अन्यबाट एचडी क्वालिटीको टिभी हेर्न हेर्न मासिक शुल्क ९ सय रुपैयाँसम्म तिनुपर्छ ।’ धेरै च्यानल अरुमा भन्दा प्रभु टिभीमा बढी च्यानल हेर्न पाइन्छ । काठमाडौंमा मात्रै हाम्रो १ सय २५ वटा च्यानल रहेका छन् । सो संख्यामा ५० भन्दा बढी एचडी च्यानल नै रहेका छन् । एचडी च्यानल प्रसारणमा अरु टिभीभन्दा प्रभु टिभी अगाडि रहेको गौतमले बताए । टेलिभिजनको भिडियो क्वालिटीका आधारमा मुलतः एचडी र एसडी क्वालिटी हुन्छ । एचडी भन्नाले हाई क्वालिटि च्यानल बुझ्नु पर्छ । एसडी च्यानल ग्राहकले निःशुल्क हेर्न सक्छन् । यसको कारण चाहि एसडी च्यानल चाहिँ हावाकै सहायताले चल्न सक्छ । रिचार्ज गर्न सजिलो गौतमका अनुसार कुनै पनि ग्राहकले प्रभु टिभीको रकम भुक्तानी गर्न चाहेमा २ वटा विधि प्रयोग गर्न सक्ने छन् । एउटा भनेको फिजीकल (काजगी) रिचार्ज कार्ड मार्फत भुक्तानी गर्ने हो भने अर्को डिजिटल तरिकाबाट गर्न मिल्छ । ‘अहिले प्रभु टिभीका ग्राहकहरुले प्रभु–पे, ई–सेवा मार्फत रिचार्ज गर्न सक्छन् । यस्तै, आईएमई पे तथा खल्ती जस्ता एपबाट पनि भुक्तानी हुने व्यवस्था तल्कालै मिलाउन हामी लागिरहेका छाैं’ उनले भने । अहिलेको लक डाउन अवधिमा ग्राहकहरुले आफ्नोमा रिचार्ज सकिएको जानकारी दिएमा कम्पनीले १ देखि २ हप्तासम्मको रिचार्ज गरि दिदै आएको उनले बताए । उक्त रकम ग्राहकले लक डाउनपछि रिचार्ज गर्दा काटिन्छ । एनसेलको सिम प्रयोगकर्ताले प्रभु टिभी एक महिनासम्म निःशुल्क पाउने अफर पनि ल्याएको छ । जसका लागि एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिन्छ । प्रभु टिभीको पहुँच २०७५ साल असार महिनाबाट सेवा शुरु गरेको प्रभु टिभीले आफ्नो पहुँच देशभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । हाल काठमाडौं, चितवन, पोखरा र भेडेटारमा स्टेशन राखेको छ । काठमाडौ, पोखरा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, बारा, पर्सा, रौतहटबाट प्रभु टिभी हेर्न सकिन्छ । यस्तै, सर्लाही, धनुषा, महोत्तरी, झापा, मोरङ्, सुनसरीमा पनि प्रभु टिभी संचालनमा आईरहेको छ । प्रभु टिभीको ग्राहक १ लाख २० हजार पुगेको उनले जानकारी दिए । गौतमका अनुसार प्रभु टिभीमा ग्राहकहरु डिलर तथा सब डिलर मार्फत जोडिन सक्छन् । अहिले हाम्रो काठमाडौं जिल्लाभरीमा ४ वटा डिलर छ । यस्तै, भक्तपूर तथा ललितपूरमा एउटा–एउटा डिलर रहेको छ । यसरी काठमाडौ उपत्यकाको हकमा मात्रै हाम्रो डिलर संख्या ६ वटा रहेको छ । साथै, डिलरको अण्डरमा सब डिलर तथा सब डिलरको अण्डरमा पोेइन्टहरु स्थापना गरी हामीले काम गर्दैछाँै । अन्य जिल्लाको डिस्ट्रव्यूशन संरचना पनि यस्तै छ । प्राविधिक समस्या ‘हामी कहाँ प्रभु दोहोरी च्यानल छ । त्यसमा हामीले सबै टेक्निसियन, कल सेन्टरदेखि आवश्यक पर्नेहरुको सम्पर्क नम्बरहरु राखेका छौँ । सोही कारण जुन ग्राहकको सेवामा समस्या आउँछ त्यस्ता ग्राहकले हामीलाई सिधै सम्पर्क गर्न सक्नेछन् । हामीले ग्राहकका समस्या तत्काल समाधान गर्नुपर्छ भन्ने विश्वास गछौँ’ गौतमले भने । ‘सेवा अवरुद्ध भएको अवस्थामा हामीले बक्समा रहेको भिएसिआईडी कोडलाई आधार बनाएर काम गछौँ । सबै प्राविधिक कुरा ठिक भएको अवस्थामा हामीले ग्राहकलाई नै निर्देशन दिएर आफ्नो समस्या आफै समाधान गर्न सघाउँदै आएका छौँ । तर समस्या केही जटिलनै देखियो भने पास भएको गाडी मार्फत ग्राहकको घरमा नै गएर समस्या समाधान गछौँ’ उनले भने । प्राविधिक रुपमा नै जटिल समस्या आएर कम्पनीले आफ्ना स्टाफलाई ग्राहकको घरमा नै पठाउनु पर्ने स्थिति त अहिले कम नै छ । अहिले ग्राहकहरुमा त्यस किसिमको जटिल समस्या करिब ५ प्रतिशत मात्रै आउँने गरेको उनले बताए । नयाँ प्रविधि प्रभु टिभी भनेको डिभिबि टी२ फ्रिक्वेन्सि बेस्ड टेलिभिजन हो । दक्षिण एशियामै पछिल्लो प्रविधि युक्त टिभीका भएको कम्पनीको दावी छ । पहिले डिभिडी टि२ प्रविधि प्रयोगमा थियो । हामीले संचालनमा ल्याएको प्रभु टिभी टेलिभिजन जगतको सबैभन्दा पछिल्लो तथा भरपर्दो प्रविधि हो । फ्रिक्वेन्सीबाट भिजुअल पठाएर टिभी नै हेर्न मिल्ने विषेशता प्रभु टिभीमा छ । यसअघि टेलिभिजन हेर्न सेटेलाईटको प्रयोग अनिवार्य थियो । तर प्रभु टिभीले हाल संचालन गरि रहेको प्रविधि सेटेलाईट बेस्ड होइन । प्रभु टिभीको विशेष सुविधा भनेको मोवाइलबाट पनि हेर्न मिल्छ । हरेक परिवारमा टिभी सेट एउटा मात्र हुन्छ । एकधा परिवारमा मात्र एक भन्दा बढी टिभी सेट राखिएको पाइन्छ । तर परिवारमा ४/५ जना हुन्छन् । फरक फरक व्यक्तिको रुचि फरक हुन्छ । एक जनालाई समाचार हेर्न मन लागेको होला । अर्कोलाई खेलकुद हेर्न मन लागेको होला । अर्कोलाई टेलिसिरियल हेर्न मन लागेको होला । अर्कोलाई रियालिटी शो हेर्न मन लागेको होला । सबैलाई एउटा÷एउटा टिभी हुँदैन । तर अहिले धेरै मानिसको घरमा इन्टरनेट छ । सबैको घरमा हरेक व्यक्तिसँग स्मार्ट फोन छ । इन्टरनेटको प्रयोग गरेर सबैले आफ्नो मोवाइल, ल्यापटप, ट्याव वा अन्य ग्याजेटको प्रयोग गरी टिभी हेर्न सकिन्छ । यस्तो सुविधा प्रभु टिभीले मात्र दिएको छ । आधुनिक सुविधा, गुणस्तरीय सेवा, जोड्न सजिलो, एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो, शुल्क पनि सस्तो भएकोले प्रभु टिभी प्रति उपभोक्ताको आकर्षण बढ्दो रहेको गौतमले बताए ।

एनसेल अफरः ब्यालेन्स शुन्य भएपनि सेवा लिन मिल्ने, थप्याे डेटाकाे समयसिमा

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क ५ रुपैयाँपछि तिर्न सक्छन् । कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ । यस योजना अन्तर्गत ग्राहकले मात्र ५ रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् । शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ-आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो । एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो । यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजेदेखि अर्को दिनको बिहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहनेछ । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका र एक महिनादेखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स५५ह्यास वा एस्ट्रिक्स९९८८ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन । यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक २३० (कर सहित रु २९३.६९) रुपैयाँमा सुचारु गर्न सक्छन् ।