डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार
काठमाडाैैं । काठमाडाैं । डिशहोम फाइबरनेटले नेपालकाे थप ४ स्थानमा आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माकाे अनुसार डिशहाेमले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको हाे । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको थियाे । नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा डिशहाेमकाे फाइबरनेट पुगिसकेको छ । यस्तै डिशहोम फाईवरनेटले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन गरिरहेको छ । असोज ११ गते देखि लागु भएकाे यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।
एनसेलको चाडपर्व योजनाः अब १ रुपैयाँमै पेजी डेटा, रिचार्जमा बोनस ब्यालेन्स वा डेटा पाइने
काठमाडौं । एनसेल आजियाटाले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पेएजयूगो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी १ रुपैयाँ बनाएको छ र यसका साथै ग्राहकले अब ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा पाउन सक्नेछन् । यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक १ रुपैयाँ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन् । दशैं, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधबार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ । यो योजना ९० दिनको लागि मान्य रहनेछ । रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन् । ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डेटा भोलुम प्राप्त गर्दछन् । त्यस्तैगरी १०० रुपैयाँदेखि १९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोलुम प्राप्त गर्दछन् । रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोलुम पाउँनेछन् । डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएतापनि पेएजयूगो अर्थात पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको छ । चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरुलाई आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो । यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन् । यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता सञ्चालनमा रहनेछ ।
सुबिसुकाे दक्षिणा अफर: इसेवाबाट भुक्तानी गर्दा १ हजार क्यासब्याक
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले दशैंको उपलक्ष्यमा सुबिसु दक्षिणा अफर लिएर आएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ रुपैयाँमा प्राप्त गर्नेछन् । यसमा अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको कम्पनीले जनाएकाे छ । यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इसेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड उपहार प्रयोग गर्नुपर्ने छ ।