ग्लोबल आइएमईमा रेमिट्यान्स खाता खोल्नेलाई एनसेलको सहयात्री सिममा बोनस नै बोनस
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरु लिन सक्नेछन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउनेछन् । एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाताखोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमाजाने कामदारहरु, उनीहरुका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरुका लागि विशेष बचत खाता हो । यो योजनाअन्तर्गत खाताखोल्ने ग्राहकले आकर्षक योजना सहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरुको फाइदा लिन सक्छन् । यस सम्झौता अनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० को मेन ब्यालेन्स, ७ दिनको समय सिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् । त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको १०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्नेछन् । प्राप्त सेवा, सुविधाहरु ७ दिनको लागि मान्य रहनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदालिन सक्छन् भने भारत, मलेसियातथा खाडीमुलुकमाकल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्नेछन् । सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरुमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरुको फाइदा पनि लिन सक्नेछन् । इच्छुक विद्यमान् सहयात्रीसिमकाग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवालिन सक्छन् । यो सेवा लिनग्राहकलेआफ्नो नजिकैको ग्लोबल आइएमईको शाखामा गई ग्लोबल सहयात्री रेमिटेन्स बचत खाताखोलेर निःशुल्क सहयात्री सिम लिन पर्दछ । १८ वर्ष वा सो भन्दामाथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरु यो योजनाको लागि योग्य रहेका छन् । ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन् । यो योजाना अन्तर्गतको खातामा ग्राहकले डेबिट कार्ड, एक वर्षको लागिनिःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्कएबीबीएस सेवा जस्ता विभिन्न सेवाहरुको लाभ पनि लिन सक्छन् ।
नाष्टमा सूचना पहुँच केन्द्र स्थापना
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । सो केन्द्रको आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा उद्घाटन गरे । ‘केन्द्र नामक मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने विश्वास लिएको छु’, उनले भने । यसैगरी सचिव आचार्यले नाष्टमा सो केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधिको क्षेत्रमा सहज हुने बताए । नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले आफूहरुले सो पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाए बमोजिम २०२० भित्र नाष्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न गरेको बताए । उनले भने, ‘मुलुकमा कोरोना महामारी भएकाले समयमै प्रयोगमा ल्याउन पाएनाैँ । यस केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञ मानिसलाई विज्ञ तुल्याइ मोबाइल अनि ल्यापटपदेखि लिएर भाइवरका साथै म्यासेन्जर आदि सम्पूर्ण कुरा चलाउन सिकाउने छाैँ ।’ नाष्टले सो घुम्ती पहुँच केन्द्रलाई वर्षामा एक पटक सातै प्रदेशमा लगेर जनताको माग बमोजिमको कुरा सिकाउने उनले बताएका छन् ।
अब मिदासबाट सिभिल अस्पतालमा अनलाइन अपोइन्टमेन्ट लिन सकिने
काठमाडौं । मिदास टेक्नोलोजी र सिभिल सर्भिस अस्पतालबीच अनलाइन अपोइन्टमेन्ट सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगैं मिदास टेक्नोलोजीको मोबाइल एप्लिकेसनमार्फत सर्भिस अस्पतालसँग दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि अनलाइन अपोइन्टमेन्ट लिन सकिने छ । बानेश्वरमा रहेको सिभिल अस्पतलसँग गरिएको यस सम्झौताले अस्पतालको ओपीडी सेवालाई सहज बनाउनुको साथै अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने मिदासले जनाएको छ । मिदास टेक्नोलोजीले विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्दै आएको छ । यस कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ । हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दे आइरहेको छ । यो सेवा लिन इच्छुक बिरामीहरुका लागि कम्पनीले २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेली कन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ । यति मात्र नभई कम्पनीले मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीलाई दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा निः शुल्क परामर्श सेवा दिँदै आएको छ ।