बढ्यो हुलाकको महसुल दर, अब पत्रपत्रिका पठाउँदा सय रुपैयाँ लाग्ने
काठमाडौं । सरकारले हुलाक महसुल दर बढाएको छ । हुलाक सेवा ऐनले दिएको अधिकार प्रयोग गर्दै सरकारले माघ १ गतेदेखि महसुल बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै हुलाक सेवा ऐन, २०१९ को दफा ६ र ८ ले दिएको अधिकार प्रयोग गरी मूल्य बढाईएको जनाईएको छ । आन्तरिक हुलाकबाट पहिलोपटक चिठी पठाउँदा पहिले ८ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ लाग्ने भएको छ । यस्तै, दोस्रोपटक पठाउँदाको महसुल भने ५ रुपैयाँ नै कायम हुनेछ । हवाइ पत्र पठाउँदा लाग्ने शुल्क ३ रुपैयाँबाट ५ रुपैयाँ बनाइएको छ । हुलाक पत्र ५ बाट १० रुपैयाँ र छापा पत्र ७ बाट १० रुपैयाँ पु¥याइएको छ । त्यस्तै सतह डाँक सेवाको मूल्य ३० बाट २ सय पु¥याइएको छ । यसमा २ किलोग्रामबाट न्यूनतम तौल सुरु हुन्छ। त्यसपछि प्रत्येक पाँच सय किलोग्राममा ५० रुपैयाँ लाग्ने छ। यसमा पहिले ३० रुपैयाँ थियो। त्यस्तै हवाइ डाँक सेवामा २ किलोग्रामसम्म २३० रुपैयाँ लाग्ने छ । पत्रपत्रिका नवीकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न) यसअघि ५० रुपैयाँ लाग्ने गरेकोमा बढाएर एक सय रुपैयाँ बनाईएको छ । यस्तै, प्रत्येक थप जिल्लाको लागि ५ रुपैयाँ लाग्नेगरेकोमा १० रुपैयाँ बनाइएको छ ।
चितवनमा इन्टरनेट प्रदायकले विद्युत प्राधिकरणलाई तिरे १ करोड पोल भाडा
चितवन । विद्युत्का खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो । जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भदौ महिनाबाट भाडा उठाउन थालिएको हो । केन्द्रको कार्यक्षेत्रका १४ वटा कम्पनीले खम्बा प्रयोग गरेबापत सो रकम बुझाएका हुन । केही कम्पनीले आफ्नो नाम नखुलाई भाडा तिरेका छन् भने १२ वटा कम्पनीले नाम खुलाएर तिरेका हुन । भाडा तिर्नेमा चित्रवन युनिक केवलले ३० लाख ५५ हजार ६८, कनेक्ट नेपालले एक लाख ७७ हजार ९७५, त्रिवेणी केवल नेटवर्कले एक लाख ९३ हजार ८००, प्राइम नेटवर्कले दुई लाख तीन हजार ४००, फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिले एक लाख २२ हजार ४०, ब्रोडलिङकले एक लाख एक हजार ७०० र वेबसफरले तीन लाख पाँच हजार १०० भाडा तिरेका छन् । यसैगरी डिसहोमले ६ लाख ६१ हजार ५०, पीडी एस सर्भर नेटवर्कले २५ हजार ४२५, सुविसु नेटवर्कले २२ लाख २४ हजार ६६, टेकमाइन्स कम्युनिकेसनले २० लाख र एन्जियटा एनसेलले ८५ हजार ४२८ रकम बुझाएका छन् । दुई वटा कम्पनीले नाम नखुलाई एक लाख ११ हजार ४८७ र चार लाख १७ हजार ५४० जम्मा गरेको उनले बताए । पौडेलले भने,’अझै चार वटा कम्पनीले भाडा तिर्न बाँकी छ ।’ तिर्न बाँकी रहेका कम्पनीमा वल्र्ड लिङ्क, भायोनेट, सिम टिभी र क्लासिटेकले भाडा बुझाउन बाँकी रहेको उनले बताए । वर्ल्डलिङ्कले आर्थिक वर्ष २०७४/७५ देखिको खम्बा प्रयोग गरेबापतको ६१ लाख, भायोनेटले ३० लाख, सिम टिभीले ३० लाख र क्लासिटेकले २१ लाख ७६ हजार बुझाउन बाँकी रहेको उनले जानकारी दिए । महसुल नतिर्ने कम्पनीले भाडा नतिरेमा लाइन काट्न र खम्बामा राखिएको उपकरण जफत गर्न विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उनको भनाइ छ । केन्द्रले भाडा नतिर्ने कम्पनीको लाइन काट्ने र उपकरण जफत गर्ने कामसमेत गरेको थियो । केन्द्रले कडाइ गरेपछि इन्टरनेट प्रदायक संस्थाले आन्दोलन गर्दै सेवा अवरुद्ध गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा सहमति भएपछि सेवा थालिएको थियो । त्यस लगत्तै अन्य कम्पनीले भाडा बुझाए पनि चारवटाले अटेर गरेको पौडेलको भनाइ छ । रासस
डिश मिडियाले पायो आईटी तर्फको एचआरएम अवार्ड
काठमाडाैं । यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्कले पाएकाे छ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्येकाे यस अवार्ड डिशमिडिया नेटवर्कले हाे । डिश मिडिया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ । सो अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, नेपाल सरकारका पूर्व सचिव प्रोफेसर डा. रिता श्रेष्ठ, आशुतोष तिवारी र बैकर वर्षा श्रेष्ठ रहेका थिए ।