नेपाल डिजिटल पेमेन्ट्स पनि नेशनल पेमेन्ट स्वीचमा आवद्ध
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) बीच औपचारिक रुपमा सम्झौता भएको छ । एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस)को पहिलो चरणको थालनीका निम्ति उक्त सम्झौता भएको हो । सो सम्झौतामा एडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेष्ट टु पे तथा ई म्यानडेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने छ । साथै, विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत् अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन पीएसओका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसैगरी, दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ । एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कं. लि. र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक/वित्तीय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेका छन् ।
अब मात्र ८०० रुपैयाँमा भायानेटको इन्टरनेट र टिभी सेवा
काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । यस अफर अन्तर्गत अब ग्राहकहरूले ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् । सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको जनाएकाे छ । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् । यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८०० प्रति महिनामा यो अफरको मज्जा लिन सक्ने भायनेटले जनाएकाे छ । यसबाहेक भायाटिभीको सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन् । मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभी को सुविधाहरू लिन सक्नेछ्न् । उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्य १२५० रुपैयाँ प्रति महिना रहेको छ ।
एनसेलले ल्यायो गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि क्यासब्याक अफर
काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ । गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । ७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र रु १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरि ग्राहकले कर सहित मात्र २६९ रुपैयाँ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् । त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र ५९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यासब्याक पाउँछन् । यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ ।