३ प्रतिशत कर कटौतिपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने
काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा दूरसञ्चार सेवा शुल्क घटाएपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने भएको छ । इन्टरनेट व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको इन्टरनेट सेवा प्रदाय संघले आज एक विज्ञप्ती जारी गर्दै १७ रुपैयाँले इन्टरनेट शुल्क घट्ने जनाएको हो । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेका थिए । यसअघि दूरसञ्चार सेवा शुल्क बापत १३ प्रतिशत कर लाग्दै आएकोमा सरकारले ३ प्रतिशत हटाएर १० प्रतिशतमा झारेको हो । ३ प्रतिशत शुल्क घटेपछि १७ रुपैयाँ इन्टरनेटको शुल्क घटाइएका संघले जनाएको छ । सेवा प्रदायकहरुले यसअघि ग्राहक बाट सङ्कलन गरेको १३ प्रतिशत सेवा शुल्कबापत सरकारलाई बुझाउदै आएका थिए । आइस्पानका अनुसार इन्टरनेट शुल्क पाँच सय रुपैयाँ हुँदा यसअघि दूरसंचार सेवा शुल्क ६५ रुपैयाँ पर्थ्यो । बजेटबाट कटौती भएसँगै दूरसंचार सेवा शुल्क ५० रुपैयाँमा झर्ने बताइएको छ ।
तपाई थाहा छ टेलिकमका यी फाइदाजनक प्याक ?
काठमाडौं । नेपाल टेलिकमको भोइस प्याक बारे सबैलाई थाहा नै छ होला । टेलिकमको नेटवर्कभित्र कल गर्न सस्तोमा यो प्याक लिन सकिन्छ । तर, नेपाल टेलिकमले यस्तो भोइस प्याकमा टेलिकमबाट उसकै नेटवर्कमा र अन्य नेटवर्कमा पनि कल गर्न पाइने प्याक ल्याएको छ । अर्थात एउटै प्याकबाट अब टेलिकम, एनसेल जस्ता नेटवर्कमा कल गर्न सकिन्छ । यस्तो भोइस प्याक टेलिकमदेखि टेलिकम गर्दा लाग्ने खर्चभन्दा मात्र १५ रुपैयाँ महँगो रहेको छ । यो प्याक अन्तगर्त नेपाल टेलिकमको प्रयोगकर्ताहरूले २६५ रुपैयाँमा २८ दिनको लागि ५०० मिनेटको टक टाइम पाउनेछन् । यसबाहेक, ३५ दिनका लागि १२०० मिनेटको टक टाइमको अर्को प्याक रहेको छ, जसको मूल्य ५५० रुपैयाँ रहेको छ । लामो समय कलहरु गरिरहने ग्राहकहरूका लागि यी प्याकहरू मध्ये कुनै एक उनीहरूलाई उपयुक्त हुनेछ । त्यस्तै, प्रयोगकर्ताहरूले असीमित समयको लागि डे भोइस प्याक र नाइट भोइस प्याक प्राप्त गर्न प्राप्त गर्न सक्नेछन् । अल नेट डे भ्वाइस प्याक बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म र अल नेट नाइट प्याक राति १० बजेदेखि बिहान ७ बजेसम्म लागु हुनेछ । ग्राहकहरुले मात्र ३० रुपैयााँमा तोकिएको समयभित्र जतिबेला जुनै पनि नेटवर्कमा कल गर्न पाउनेछन् । यस्तै ग्राहकका लागि टेलिकमले अल नेट डे भ्वाइस प्याक ल्याएको छ । यस योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रु १२ मा ३० मिनेटको प्याक वा रु १५ मा १२० मिनेटको प्याक किन्न सक्छन् । यी भोइस प्याक ग्राहकले १४१५ डायल गरेर अल टाइम नेट भ्वोइस प्याकमा क्लिक गरी लिन सक्नेछन् ।
बिराटनगरमा डिशहोम फाईबरनेटका सोरूम उद्घाटन
काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ । सोरुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिब निरौलाको उपस्थिति रहेको थियो भने डिलरका तर्फबाट अमिताभ महेश्वरीको लगाएत बिराटनगर महानगरपालिकाका डिलर दाईहरुको उपस्थिती रहेको थियो । विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । २ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुबास रिजालले जानकारी दिए । नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।