काठमाडौंमा वाईफाई ‘फ्री’, महानगरका भवनमा क्यूआर कोड अनिवार्य

काठमाडौं । अब काठमाडौं महानगरपालिकाका सबै भवनमा क्यूआर कोड अनिवार्य गर्ने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरका सबै भवनमा क्यूआर कोड अनिवार्य गरिने बताएका हुन् । उनले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न सो नीति अगाडि सारेका बताएका हुन् । उनले काठमाडाैंका विभिन्न क्षेत्रमा वाईफाई पनि निःशुल्क प्रदान गरिने बताएका हुन् ।

नेपाल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकका ग्राहकलाई बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने  गरी बैंकले नेपाल टेलिकमसँग असार १ गते सम्झौता गरेको हो । सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंकका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो । नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

उदयपुरको गाइघाटमा डिशहोम फाइबरनेट विस्तार

काठमाडौ । डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । कम्पनीले सोमबारबाट उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको हो  । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । डिशहोम फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस र ८९९ प्रती महिना पर्ने १०० एमबीपीयसको ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । यो प्याकेज अफरमा फाइफ जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन् । हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो(गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइबरनेट उपलबध छ ।