शिवम सिमेन्टले शुरु गर्यो विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार
काठमाडौं । शिवम् सिमेन्टले आगामी ‘फिफा विश्वकप २०१८’ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएकाे छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एण्ड वीनपोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । साथै, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा गएर पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त प्रिडिक्ट एण्ड वीन खेल यस पटक पनि निरन्तर्ता दिएको कम्पनीले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्साह एवं मनोरञ्जन प्रदान गर्ने गरि यस प्रिडिक्ट एण्ड वीन खेल संचालन गरिरहेको छ ।
माउरिन्होको प्रक्षेपण: अन्तिम ८ काे लागि उरुग्वे भर्सेस पोर्चुगल, ब्राजिल भर्सेस मेक्सिको भिड्ने
काठमाडौं । इग्लिंस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अन्तिम ८ का लागि उरुगवे भर्सेस पोर्चुगल र ब्राजिल भर्सेस मेक्सिको पर्ने दाबी गरेका छन् । स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै माउरिन्होले अन्तिम १६ मा पुग्ने देशहरुको भविस्यवाणी गरेका हुन् । उनले ग्रुप ‘ए’ बाट उरुग्वे र इजिप्ट, ‘बी’ बाट स्पेन र पोर्चुगल, ‘सी’ बाट फ्रान्स र अस्ट्रेलिया, ‘डी’ बाट अर्जेन्टिना र नाइजेरिया अन्तिम १६ मा पुग्ने बताएका छन् । यस्तै समुह ‘ई’बाट ब्राजिल र स्वीजरल्यान्ड, ‘एफ’बाट जर्मनी र मेक्सिको, ‘जी’बाट बेल्जियम र इंग्ल्यान्ड र समुह ‘ए’फबाट सेनेगल र पोल्यान्ड छनोट हुने बताएका छन् । उनले ग्रप एच का सेनेगल र पोल्यान्डले उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरेका छन्
विश्वकप खेल्ने १० उत्कृष्ट जर्सी, नाइजेरिया पहिलो ब्राजिल र अर्जेन्टिना कति औं स्थानमा ?
काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा परेकाे छ । अनलाइन भोटिङको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै भोट नाइजेरियाको जर्सीले पाएको हो । कालो हरियो रंग मिसिएको सो जर्सी लोकप्रिय बनेको हो । यसैगरी गाढा निलो रंगमा रहेको फ्रान्सको जर्सी २ नम्बरमा परेको छ । रातो सेतो रंगको कोठा रहेको क्रोयोसियाको जर्सी ३ नम्बरमा परेको छ । चार पटककको विश्व विजेता जर्मनीको जर्सी चौथो स्थानमा परेको छ । सेतो कलरमा रहको इरानको जर्सी ५ नम्बरमा परेको छ । रातो कलरमा रहेको युरोकप विजेता पोर्चुगलको जर्सी छैंटौ नम्बरमा परेको छ । सेतो कलरमा रातो निलो कलर रहेको दक्षिण कोरियाको जर्सी ७ औं स्थानमा परेको छ । आकाशे र सेतो कलरको धर्को रहेको अर्जेन्टिनाको जर्सी ८ औं नम्बरमा परेको छ । सेतो र निलो रंगमा रहेको आइल्याण्डको जर्सी ९ औं स्थानमा परेको छ । ५ पटक विश्व विजेता बनेको ब्राजिलको पहेँलो रंगको जर्सी १० नम्बरमा परेको छ।