सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

काठमाडौं १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न इच्छुक फुटबलप्रेमीलाई प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ । महिला फुटबलको स्तर सुधार्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य तुल्याउने उद्देश्यले नेपाली सेनाले उक्त प्रतियोगिता गर्दै आएको हो । त्यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि विभिन्न विधाका महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । नेपाली सेनाको आयोजनामा हुने उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोग रहने छ । यस्ता प्रतियोगिताबाट नेपालको फुटबल विकास तथा महिला खेलाडीको प्रतिभा प्रदर्शन गर्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ । रासस

स्थानीय युवाले लुटे प्रहरीको हतियार, सँगै बसेर तास खेल्ने र मदिरा खादाँको विवाद चौकी आक्रमणसम्म

काठमाडौं १८, कात्तिक । सँगै बसेर मदिरा सेवन गरिरहेका प्रहरी र स्थानीय युवाबीच तासमा रकम हारेको विवादले उग्र रुप लिँदा जिल्लाको देउलीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । घरेलु हतियारसहित करिब ३० जनाको संख्यामा आएका आग्रीगाँउका स्थानीयले मंगलबार साँझ चौकी कब्जामा लिई प्रहरीका हतियारसहित उपकरण लुटेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ । आग्रीगाउँसगँ सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद भएको थियो । स्रोतका अनुसार उक्त चौकीमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय युवा यसअघि पनि सँगै बसेर तास खेल्थे । उक्त दिन पनि तास खेलेपछि युवा र प्रहरी जवान नरबहादुर विकले सँगै मदिरा सेवन गरेका थिए । त्यही क्रममा तासमा रकम हारेको विषयमा विक र उनीहरुबीच विवाद भएको थियो ।

नायक राजेश हमाल र मन्त्री जनर्दन शर्माकाे लाेकप्रियता बढ्याे, प्रचण्ड र अाेलीकाे घट्याे

काठमाडौँ , १३ कात्तिक । पछिल्ला राजनीतिक गतिबिधिबाट सामाजिक संजाल तथा आमसंचार मध्यम मा राजनीतिक दलका नेताहरुको लोकप्रियता घटेको छ । अनलाइन संचार मध्यमहरुको पहुचमा भएका मानिसहरुले राजनीतिक दलका नेताहरु भन्दा कलाकारहरुतर्फ आफ्नो ध्यान खिचेका छन् । शुक्रबार मात्रै सिन्धुपाल्चोकको गिरान्चोकमा चर्चित हास्य कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरेले भूकम्प पीडित जनतालार्इ सुब्यबस्थित वस्ती वितरण गरेपछि त झन् कलाकारहरु प्रति ठूलो श्रद्दा बढेकाे देखिएकाे छ भने नेताहरु प्रति सामाजिक संजालमा ठूलो आक्रोश पनि व्यक्त भएको पाइएको छ । अक्टोबर महिनाको अन्तिम साता नेपाली चलचित्रका महानायक राजेश हमाल नार्कोसी डट कम को पब्लिक फिगर अाइकनमा पहिलो नम्बरमा उक्लेका छन् । यसघि प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोमा थिए । उनी दोश्रोमा झरेका छन् । तेश्रो र चौथोमा क्रमश चर्चित हास्य कलाकार जितु नेपाल र नायक तथा बिमान चालक बिजय लामा छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पाचौमा छन् भने शेरबहादुर देउबा छैठौमा छन् । गायिका तिर्सना बुढाथोकी सातौमा छिन । उर्जा मन्त्नी जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्दको महा अभियोग प्रस्ताबको भित्री नेतृत्व समाचार अनलाइनहरुमा चर्चित भएपछी उनका पाठक पनि निकै बढेका छन् । उनी आठौमा छन् । नबौ स्थानमा अस्ट्रेलियाका नेपाली मुलका धनाड्य तथा गैर आवाशीय नेपाली संङका अध्यक्ष शेष घले छन् । दसौमा भने युबा गायिका मिलन अमात्य छन् । नार्कोसी डट कम अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको नेपाली भाषाका सबै अनलाइन पोर्टलबाट समाचार, विचार तथा श्रव्य दिर्ष्य  सामग्री एकिकृत गरि अनलाइनका पाठकबीच  पुर्याउदै अाएकाे न्यूजपाेर्टल हाे ।