सिटिजन्स बैंकद्धारा जेष्ठ नागरिकलाई खाना प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । बैंकले आफ्नो बार्षिकउत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गरेको हो । बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले जानकारी गराएका छन् ।

ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रमको आयोजना, थप नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । साथै, बैंकले माघ १३ गते (शनिबार) देखि नै बाग्लुङ्ग जिल्लाको जुग्गाखोलामा आफ्नो ६५ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६५ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

सिद्धार्थ फाउन्डेसनद्धारा नेपाल कुष्टरोग निवारण संघलाई आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न ६७ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच शुक्रबार बैंकका नायव महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराएका छन् ।