शाश्वत धाममा ल्याइयो श्रीलंकाबाट बुद्धको अस्तु, बुद्धिष्ट सेन्टरमा राखिने
काठमाडौं । सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिनेछ । शाश्वतधाममा बुद्धिष्ट सेन्टर शिलान्यास समारोहमा सहभागी बौद्ध भिक्षु । शाश्वतधाममा बनाइएको विशेष मण्डपमा राखिएको बुद्ध अस्तुको पुजा गरिदै । बुद्धिष्ट सेन्टर स्थापना हुनु अघि भक्तजनहरूको दर्शनकालागि शाश्वतधाममा विशेष मण्डप तयार गरि अस्तु राखिएको छ । अस्तु दर्शनकालागि अहिले बौद्ध र हिन्दु धर्माबलम्बिहरुको भिड लागेको छ । धाममा राखिएको अस्तुलाई श्रीलंकाबाट आएका भिक्षुहरुको टोलीले विधिपूर्वक दैनिक पुजा अर्चना गरिरहेका छन् । श्रीलंकाको राजधानी कोलम्बो नजिकैको २६ सय बर्ष पुरानो राजमाया बिहारबाट उक्त अस्तु नेपालको शाश्वत धाममा ल्याइएको हो । विश्वभरका बौद्ध धर्मावलम्वीहरूकाबीच उक्त विहार निकै प्रतिष्ठित मानिन्छ । बौद्ध भिक्षु खेम्पो पेमा सम्बा लामाले भगवान बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्नकालागि साक्षात् भगवान मानिने भएकाले बुद्ध धर्ममा यस्को सबैभन्दा उच्च महत्व रहेको बताए । राजामाया बिहारका जनका ईडिरेसंघेले भगवान बुद्धका अनुयायिहरुले अस्तु (बुद्धको खरानी)रहेको स्थानलाई साक्षात् भगवान बुद्धको स्वरुपका रुपमाश्रद्धा गर्ने बताए । मंगलबार शाश्वतधाम परिसरमा बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको छ । श्रीलंका, लुम्बिनीस्थित श्रीलंका गुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुहरुबाट विधिपूर्वक बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको हो । आगामी बैशाख पूर्णिमाका दिन उक्त सेन्टरको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । बुद्धिष्ट सेन्टर संचालनमा आएपछि भक्तजनहरूले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन् । गत शुक्रवार श्रीलंकाबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडाैं ल्याइएको अस्तुलाई एक रात काठमाडाैंको एक चैत्यमा राखी शनिवार शाश्वतधाममा पुर्याइएको हो । भरतपुर बिमानस्थलबाट शाश्वतधाममा अस्तु ल्याइदा बौद्ध परम्परा अनुसार विशेष पुजा अर्चना गरिएको थियो । पुरातत्व बिभागका पुरातत्व बिज्ञ रामबहादुर कुंवरका अनुसार आजभन्दा २५६२ वर्षअघि देह त्याग गरेका भगवान गौतम बुद्धलाई उनका अनुयायीहरु (भिक्षु)ले जलाएका थिए । उनलाई जलाईएपछि बनेको खरानी आ–आफनो चैत्यमा राख्न उनीहरूबीच होडबाजी चलेको थियो । बौद्ध धर्म विज्ञहरूका अनुसार त्यतिबेलाका शासकमध्ये मगतकामौर्य, बैशालीका लिक्ष्छवी, कपिलवस्तुका शाक्य, रामग्रामको कोलीया(हालनवलपरासी सदरमुकामवाट ५ किलोमिटर दक्षिण) कुशिनगरकामल्ल, पावाकामल्ल, बेथडिपका ब्राम्हीन र अलपप्पाकाबुलिजहरुले अस्तु भाग लगाएर बा“डेका थिए । ती ८ वटै स्थानमा निर्माण गरिएका भब्य चैत्यहरू अहिले पनि उत्तिकै प्रख्यात छन् । तत्कालिन सम्राट अशोकले ती ८ पबित्र स्थल (तत्कालिन चैत्य मन्दिर)मा रहेको अस्तुलाई उत्खनन् गरि आफ्ना ८४ हजार भिक्षुहरुलाई बितरण गरेको भनाई छ । त्यतिबेला बितरित अस्तुलाई संसारका ८४ हजारभन्दा बढि स्थलका चैत्यहरूमा राखिएको विज्ञहरू बताउछन् । सनातन धर्मको प्रवर्धनकालागि गत बर्ष उद्घाटन गरिएको शाश्वतधाम एक बर्षको अवधीमै नेपाल र नेपाल बाहिरका भक्तजनहरूकालागि प्रख्यात धार्मिकस्थलका रुपमा स्थापित भएको छ । ११ महिनाको अवधीमा १२ लाख दर्शनार्थीले शाश्वतधामको दर्शन गरेका छन् ।
गण्डकी विकास बैंकको सह-प्रायोजनमा म्याराथन दौड प्रतियोगिता सम्पन्न
काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह-प्रायोजन गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सह-प्रायोजनका साथै आफ्ना सम्पुर्ण कर्मचारीहरु समेत सहभागी गराएको थियो । उक्त कार्यक्रममा बैकका अध्यक्ष जगनबहादुर गरुङ्ग, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागिय प्रमुखहरु सहित अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले स्थापना कालदेखी नै शिक्षा, स्वास्थ्य, धार्मिक लागायत विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग पुर्याउँदै आएको छ ।
जगदम्बा सिमेन्टको रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाभन्दा बढीको सहभागिता
काठमाडौं । जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । सिमेन्टले “जगदम्बा योगदान” भन्ने कार्यक्रम अन्तर्गत स्वस्थ्य क्षेत्रमा आफ्नो नियमित कार्यक्रम अनुरुप स्वावलम्बी परिवार समाजको अग्रसरतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको उद्घाटन जगदम्बा सिमेन्ट परिवारका निर्देशक दुर्गाप्रसाद न्यौपानेले र स्वाबलम्बी परिवार समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा ६० जनाभन्दा बढि व्यक्तिहरुको सहभागीता रहेको थियो भने ४२ व्यक्तिहरुले रक्तदान गरेका थिए ।