पाैने ५ कराेडमा बन्याे ५३ घरकाे मुसहर बस्ति, धुर्मुस सुन्तली सामाजिक हिराे

बर्दिबास । धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्दै छन् । त्यसैगरी, बस्तीमा निर्मित भ्युटावर सामाजिक अभियन्ता रामआशिष यादव र बस्तीमा निर्मित बालउद्यान तथा मुसहरका कुलदेवताको मन्दिर धुर्मुस(सुन्तलीका आमाबुबाले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम तालिका धुर्मुस(सुन्तली फाउन्डेसनले बनाएको छ । बाह्रै महिना दुःखमा जीवन जिउन बाध्य मुसहर समुदाय बस्ती निर्माणले दंग छन् । ‘खरले छाएको घर बर्खामा चुहिन्थ्यो । सानो खरको झुपडीमा खाना पकाउँदा चैत(वैशाखमा आगलागी हुने डर हुन्थ्यो । जाडोमा राम्रो ओड्ने ओच्छ्याउने नहुँदा घरभित्रै शीतलहर पस्थ्यो,’ बस्तीका ४५ वर्षीय सोनेलाल मुसहरले भन्नुभयो, ‘अब त हाम्रो सुन्दर पक्की घर बनेको छ । हाम्रो गाउँमा धुर्मुस(सुन्तली भगवान भनेर आउनुभयो । पीडैपीडामा जीवन बिताएका हाम्रो जीवनमा खुसीका दिन आएको महसुस भयो ।’ रोग, भोक, अशिक्षाले थलापरेका मुसहर समुदायमा पराले झुपडी तीन महिनामै आकर्षक पक्की घर बनेपछि मुसहर समुदायमा खुसियाली छाएको छ । पुस्तौंदेखि गरिबी र सामाजिक दुव्र्यवहारले मुसहर अस्तित्वहीन जीवन बाँच्दै आएका थिए । ‘हाम्रो पनि घर बन्छ । आँगनमा धारा बन्छ । छोराछोरी स्कुल जान्छन् भनेर सपनामा पनि सोचेका थिएनौं,’ एकीकृत नमुना मुसहर बस्तीका उपभोक्ता समिति अध्यक्ष बिल्टु सदाले भन्नुभयो, ‘आज हाम्रो घरघरमा बिजुली बत्ती पुग्यो । खानेपानी पुग्यो, पराले ओच्छ्यान खाटमा परिणत भयो । घर त झनै राम्रो भयो । अब हामी सुखमय जीवन बिताउँछौं ।’ मुसहर एक भएर श्रम गरी बस्ती बनाएका हुन् । बस्तीभित्र ५० आवासीय घर, बस्तीबाहिर तीनवटा अन्य जाति समुदायका घरसहित ५३ वटा घर, सामुदायिक भवन, बालउद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक र नालालगायत संरचना निर्माण गरिएको छ । बस्तीको बीच भागमा निर्माण गरिएको ३५ फिट अग्लो भ्युटावर छ । जहाँबाट बस्तीसहितका बर्दिबास चोकवरिपरिका गाउँको मनोरम दृश्य नियाल्न सकिन्छ । भ्युटावरबाट वरिपरिका गाउँ हेर्दा आफूहरूको सुखका दिन सुरु भएको महसुस भइरहेको २७ वर्षीय सञ्जीव सदाले सुनाउनुभयो । ‘हामीसँग हार्नलाई केही छैन तर जित्न पूरै संसार छ जस्तो लाग्छ’, भ्युटावरबाट बस्ती नियाल्दै गरेका बस्तीका एक्ला एसएलसी उत्तीर्ण मञ्जय सदाले भन्नुभयो, ‘हाम्रो गाउँ त फोटोमा देखेको अमेरिकाजस्तै भयो । राति बस्तीमा बलेको एकै प्रकारका बत्तीले बस्ती मात्रै उज्यालो देखिँदैन, त्यहाँ बस्ने बालबालिका र स्थानीयको भविष्य उज्यालिएको छ । हामी मुसहरको नवयुग सुरु भएको छ ।’रातो इँटा रंगको भित्तामा सेतो पेटी काटेर, नीलो रंगीन जस्ता लगाई सबै घर एकै आकार र एकै डिजाइनमा बनाइएको छ । अनुमानित लागत चार करोड ७८ लाख तय गरिए पनि बस्तीमा भ्युटावर, पक्की ढलान सडक र बस्तीबाहिर तीन घरको योजना थपिँदा अनुमानित रकमभन्दा बढी खर्च भएको धुर्मुस(सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभयो ।’बस्ती बनाउन कति खर्च लाग्यो भन्ने कुराको अन्तिम हिसाब गर्न हामी जुटेका छौं । बस्ती हस्तान्तरण समारोहमा सार्वजनिक गर्छौं’, फाउन्डेसन अध्यक्ष कट्टेलले भन्नुभयो। निर्माण गरिएको बस्ती अवलोकन गर्न टाढा(टाढाबाट दिनहुँ हजारौं मानिस आउने गरेका छन् । साँझपख त बस्ती अवलोकन गर्न आउनेको भीडले मेला लागेको अनुभूति गराउँछ । सुन्दर पर्यटकीय गन्तव्य बनेको छ एकीकृत नमुना मुसहर बस्ती । रंगरोगन, भ्युटावर र फिनिसिङको केही काम मात्र बाँकी छ । फाउन्डेसनले हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ । बस्ती निर्माण कार्यको पुस २५ गते हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) र जनकपुरको गंगासागर सरसफाइ तथा गंगा आरतीका अभियन्ता एवं पत्रकार रामआशिष यादवले शिलान्यास गर्नुभएको थियो । शिलान्यासकै दिन वैशाख १ मा बस्ती हस्तान्तरण गर्ने घोषणा गरिएको थियो । अन्नपूर्ण पोस्टबाट

स्टिकरबाट पानीकाे वर्गीकरण, सीधै पीउने, उमाल्नुपर्ने र लुगा तथा भाडा धुने गरी स्टिकर

काठमाडौं । उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ । काठमाडौं खानेपानी विकास बोर्डले ट्यांकरले आपूर्ति गर्ने पानीको शुद्धता मापन गरेर स्टिकर दिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । स्टिकर सर्वसाधारणले देख्ने गरी ट्यांकरमा टाँस्नुपर्नेछ । मन्त्रालयका अनुसार ५ वैशाखबाट उपत्यकाभित्र यो नियम लागू हुनेछ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले उपत्यकावासीलाई शुद्ध पानी वितरणको उद्देश्यले स्टिकरको व्यवस्था गर्न लागिएको बताए । ‘उपत्यकाभित्र खानेपानी अभाव छ । सर्वसाधारण ट्यांकरबाट ल्याइएको पानी पिउन विवश छन् । तर, त्यो पानीको शुद्धता नापिएको छैन,’ मन्त्री शाहीले भने, ‘पिउनयोग्य नभएको पानी पनि सर्वसाधारण पिउन बाध्य छन् । यसलाई नियन्त्रण गर्न स्टिकर प्रणाली लागू गर्न खोजिएको हो । ५ वैशाखबाट यो प्रणाली लागू हुन्छ ।’ खानेपानी विकास बोर्डले अनुगमन र परीक्षण गरेपछि ट्यांकरमा हरियो, नीलो र पहेँलो स्टिकर टाँसिने मन्त्री शाहीले बताए । ‘ट्यांकरले आपूर्ति गर्ने पानी कति शुद्ध छ भन्ने मापन हुनेछ । मापनका लागि काठमाडौं खानेपानी विकास बोर्डलाई निर्देशन भइसकेको छ,’ शाहीले भने, ‘शुद्ध र सीधै पिउनयोग्य पानी छ भने हरियो, उमालेर खानयोग्य भएमा नीलो तथा भाँडा र लुगा धुन मात्रै योग्य पानी मात्र आपूर्ति गर्ने भएमा पहेँलो स्टिकर दिने निर्णय भएको छ । अब सबैले नियम पालना गर्नुपर्नेछ । नियम नमान्नेलाई कारबाही हुन्छ ।’ कति छन् उपात्यकामा पानी बोक्ने ट्यांकर रु उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरण गर्न सात सय ट्यांकर सञ्चालनमा छन् । ती ट्यांकरले हाल दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएका छन् । तर, सुक्खायाममा दैनिक १० करोड लिटरसम्म माग हुने गरेको व्यवसायीको दाबी छ । उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेल, चोभार, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीछेउको क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानेर ट्यांकरबाट आपूर्ति हुने गरेको छ । दैनिक झन्डै १९ करोडको पानी बिक्री उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरबाट आपूर्ति हुने पानी दैनिक १७ करोड ५० लाख, जारको पानी दैनिक ३५ लाख, बोतलको पानी दैनिक ९६ लाख रुपैयाँको बिक्री हुन्छ । सबै गरी सुक्खायाममा उपत्यकामा दैनिक १८ करोड ८१ लाख रुपैयाँको पानी माग भइरहेको संघले जनाएको छ । जारमा पनि स्टिकर खानेपानी तथा सरसफाइ मन्त्रालयले बजारमा बिक्री भइरहेका जारको पानी परीक्षण गरेर स्टिकर दिने भएको छ । बोतल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ देखि ५० हजारवटा खपत हुने गर्छ । सुक्खायाममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने संघको दाबी छ । एकदेखि डेढ लिटर अटाउने बोतलको पानी दैनिक २० देखि २५ हजार केस खपत हुने संघले जनाएको छ । एक केसमा १२ बोतल हुन्छ । गर्मीमा ४० प्रतिशत बढी माग हुने संघको दाबी छ । नयाँ पत्रिका दैनिकबाट ।

उपभोगमा १८ अर्ब २५ अर्ब खर्च, १ बर्षमै २ खर्ब बढ्यो नेपालीको उपभोग खर्च

काठमाडौं । नेपालीले गत आर्थिक वर्ष भरिमा १८ खर्ब २५ अर्ब रुपैयाँ उपभोगमा खर्च गरेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागले विहीबार घरपरिवार सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । चालू आर्थिक वर्षमा तिरेको भाउका आधारमा गणना गरिएको उक्त तथ्यांकले पछिल्लो एक वर्षमा नेपालीको उपभोग खर्च करिब २ अर्ब ३ अर्ब रुपैयाँ बढेको देखिएको छ । अघिल्लो वर्ष नेपालीको उपभोग खर्च १६ खर्ब २२ अर्ब रुपैयाँ रहेको विभागले जानकारी दिएको छ । विभागले सहरी क्षेत्रको डेढ सय र ग्रामिण क्षेत्रका डेढ सय गरी कुल तीन सय क्षेत्रमा सर्वेक्षण गरेको बनाएको छ । नयाँ पत्रिका दैनिकबाट ।