चितवन राष्ट्रिय निकुञ्जबाट दुई जोडी गैँडा चीन पठाइने अन्तिम तयारी
चितवन, ७ वैशाख । चितवन राष्ट्रिय निकुञ्जबाट सन् २०१७ मा दुई जोडी गैँडा चीन पठाइने भएको छ । सो कार्यका लागि दुवै देशका कर्मचारी तहमा हालै मात्र हस्ताक्षर भइसकेको छ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार गैँडा पठाउनु अघि मन्त्री तहमा पनि सम्झौता गरिने छ । अन्य निकुञ्जमा गैँडाको सङ्ख्या कम भएकाले चितवन राष्ट्रिय निकुञ्जबाटै दुई जोडी गैँडा पठाइने उनले बताए । हालैमात्र चीन पुगेर नेपालका तर्फबाट गैँडा दिने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएका भट्टराईका अनुसार अध्ययन अनुसन्धानका लागि ती गैँडा चीनले प्रयोगमा ल्याउने भएको छ । सोझै गैँडा पठाउन नमिल्ने हुँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने उहाँले जानकारी दिनुभयो । साइटिस, क्वारेन्टाइनलगायतका नियम कानुन पूरा गरेर मात्र वन्यजन्तु ओसारपसार गर्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार १० वर्षमुनिका अर्धवयस्क गैँडा पठाइने र तिनलाई नियन्त्रणमा लिएपछि केही समय खुल्ला खोरमा राखेर मात्र पठाइने छ ।स्वस्थ्य परीक्षण गरेर पठाइने ती गैँडाको रहनसहनबारे चिनियाँ टोलीलाई जानकारी गराएर मात्र पठाइने उनले बताए । नेपालबाट लगिने गैँडामध्ये एक जोडीलाई सङ्घाइ सफारी पार्कमा र अर्को जोडीलाई गोन्जाउको अनुसन्धान केन्द्रमा राखिँदै छ । यसअघिनै चीनमा भारतबाट एकसिङ्गे एउटा गैँडा लगिएको थियो । चीनमा अफ्रिकाबाट लगिएका दुई सिङ्गे गैँडा भने प्रसस्त रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए । यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट भारत, जापान, जर्मन, बेलायत, क्यानडालगायतका देशमा गैँडा पठाइ सकिएको छ । सन् १९८६ बाट हालसम्म यसै निकुञ्जबाट नेपालकै बर्दियामा ९१ वटा र शुक्लाफाँटामा नौ वटा गैँडा पठाइ सकिएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका थिए । त्यसपछि आठ वटा बर्दिया र पाँचवटा शुक्लाफाँटामा गैँडा लगिएको हो । रासस
चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो सार्वजनिक
काठमाडाैं ।चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ । यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए । यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए । कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।
सिटिजन्स बैंकद्धारा एक दर्जन संस्थालाई ४७ लाख रुपैयाँ सहयोग, दशक पार गरेपछि ‘दशक बचत खाता’ शुभारम्भ
काठमाडौं । २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दशौं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेका छन् । यस योजना अन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात पाँच हजार रुपैयाँमा दैनिक मोज्दातमा ५ प्रतिशत व्याजदर प्राप्त गरिने बैंकले जनाएको छ । साथै निःशुल्क एविविएस, निःशुल्क सेयर डिम्याट सेवा, लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, खेलकुल तथा परोपकारी काममा संलग्न करिब एक दर्जन संस्थाहरुलाई करिब ४७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ‘चितवन मानव सेवा आश्रम’लाई ३ लाख रुपैयाँ, ‘संगीतकार संघ नेपाल’लाई पनि ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ भने विगत ५ वर्षदेखि निरन्तर रुपमा १३ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान ‘बाल विकास समाज’ मार्फत १ लाख ३० हजार रुपैयाँ सहयोय गरेको बैंकले जनाएको छ । यस बैंकले माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्य लिई कार्यरत्त ‘स्नो याक फाउण्डेशनलाई’ १ लाख रुपैयाँ प्रदान गरेको छ । यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा प्रदान गरिरहेका संस्थाहरु साथ र र बेवी लाईफ होमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै, मिर्गौला तथा अन्य मानव अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीहरुको सहयोगका लागि बैंकले आरोग्य फाउन्डेशनलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ सहयोग गरेको छ भने बावु—आमा जेल पेरेका बाल बालिकाहरुाई सहयोग गरिरहेका बन्दि सहायता नेपाललाई आर्थिक सहयोग स्वरुप १ लाख ४० हजार रुपैयाँ प्रदान गरेकोे छ । त्यस्तै बैंकले कुलेश्वर माध्यमिक विधालयमा कम्प्यूटर कक्ष निर्माण गर्न २ लाख १० हजार, बाल विनोध माध्यमिक विधालयलाई कक्षा कोठामा झ्यालहरु राख्नको लागि २ लाख रुपैयाँ, कमल निम्न माध्यमिक विधालयलाई २ लाख ५० हजार, त्रिवेण्ी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । त्रिवेणी क्षेत्रको नर्वदेश्वर महादेवको मन्दिरको जीर्णदारको लागि १ लाख ५० हजार, दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरलाई हस्पिटलको सामान खरिद गर्नको लागि १ लाख ५० हजार, वमन हेल्थ स्क्रीन नेपाललाई १ लाख, अभय उपचार केन्द्रलाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेकोे छ । बैंकले दरवारमार्गस्थित नेपाल ट्राफिक प्रहरीको कार्यलयमा वाटर ट्रिमेन्ट प्लान्ट स्थापनामा सहयोग गरेको छ । त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरुबीच आयोजन हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सव पारेर खेलकुद, रक्तदान, अंगदान, प्रभातफेरी कार्यक्रम गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिएका छन् ।