फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय
जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए । “उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ । हामीले यस फैसलाको पुनरावलोकन गराउने छौँ, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” बहारीका वकील अन्डी कोमाराले भने । कारबाहीमा परेकाका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् । रासस/एएफपी
जनता बैंकद्धारा पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायम मेसिन हस्तान्तरण
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायम मेसिन हस्तान्तरण गरिएको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्यायम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्नराजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए । मेशिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनीहरुलाई उचित परामर्श दिन सकेमा उनीहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताएका छन् । स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्दै जाने बैंकको योजना रहेको छ ।
एभरेष्ट बैंकद्धारा लुम्विनी विकास कोषलाई खानेपानी स्थल हस्तान्तरण
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्विनीको मायादेवी मन्दिर परिसर बाहिर रहेको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्विनी विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकले संस्थाथत सामाजिक उत्तरदायित्व अन्तर्गत परिसर बाहिर रहेको २००० लिटर क्षमताको शुद्धिकरण गरीएको खानेपानी स्थललाई व्यवस्थित गरी एक कार्यक्रमका बीच उक्त कोषलाई हस्तान्तरण गरेको हो । कार्यत्रममा प्रमुख अतिथी पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्री रविन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्धारा पानी ख्वाई हस्तान्तरण गरेकाे बैंकले जनाएको छ । बैंकले हाल ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।