‘चितवन प्लस टु अफ द ईयर २०१८’ हुँदै, १६ बर्ष माथिकाले भाग लिन पाउने
चितवन । टप वान मिडिया प्रालि चितवनको आयोजनामा ‘चितवन प्लस टु अफ द ईयर २०१८’ हुने भएको छ ।भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस सौन्दर्य प्रतियोगिता गर्न लागिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटाले बताएका छन् । टप वान मिडिया प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले अहिले धमाधम फर्म वितरण भईरहेको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष माथिका र प्लस टु अध्यन गर्दै गरेका र प्लस टु दिएर अथवा पास गरेर बसेका विद्यार्थीहरुले भाग लिन सक्नेछन । यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलार्इ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक रब्स सापकोटाले गराएका छन्।
एनआईसी एशियाद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल बिरुवा” भन्ने नाराका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बैंकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गणभित्र उक्त कार्यक्रम आयोजना गरेको हो । विभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटबिरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ । बैंकले सम्पूर्ण शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदानआदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि वृक्षारोपण गरिरहेको छ । यसै क्रममा बैंकले हालसम्म करिब ११००० बिरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायमगर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
एभरेष्ट बैंकद्धारा लाजिम्पाटदेखी महाराजगञ्जसम्म वृक्षारोपण
काठमाडौं । एभरेष्ट बैंकले विश्व वातावरण दिवसको अवसरमा लाजिम्पाटदेखी महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरेका थिए । वातावरण जोगाउँ हरियाली बनाऔं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वाड नं ३ का अध्यक्ष दिपक केसी तथा एभरेष्ट बैंकका अधिकृत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वढ्दो वातावरण प्रदुर्षण न्युनिकरण गर्न तथा हलियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ । हाल बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।