एभरेष्ट बैंकद्धारा मन्दिर सरसफाईको लागि डस्टबिन वितरण

काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिरको सरसफाईको लागि डस्टबिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सांस्कृतीक सम्पदा संरक्षणका कार्यक्रमहरु गर्दै जाने क्रममा उक्त समाग्री वितरण गरेको हो । मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एल.वी. प्रभाकरले मन्दिरको व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य पदाधिकारीहरुका साथै मन्दिरको व्यवस्थापन समितीका सदस्यहरुको पनि उपस्थिति थियो ।

३ जनाको ज्यान लिने टिपर चालक जेल चलान

काठमाडौं । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट काठमाडौँ तर्फ आइरहेको बा ३ ख ६६७४ नं को टिपरले सोही दिशाबाट आइरहेको बा ५६ प १२२७ नं को स्कुटरलाई ठक्कँर दिँदा स्कुटर चालक हरिबहादुर कटुवाल तथा पछाडि यात्रा गर्ने सविता घिमिरे र अरविन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको थियो । सो घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले चालक सुचिकारलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) बमोजिम लापरर्बाहीपूर्वक सवारी चलाइ ज्यान लिएकोमा सोही नं बमोजिम सजायको माग दाबीसहित जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको थियो । सरकारवादी सो मुद्दामा पीडितको पक्षबाट जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सहायक जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्ले र अधिवक्ता किरण न्यौपाने तथा प्रतिवादी सुचिकारका तर्फबाट अधिवक्ता कुमारप्रसाद आचार्यले बहश गरेका थिए ।

‘मैले ५ पटक पेनाल्टी मिस गरे तर म अझै कडा म्यरोडोना’

काठमाडौं । अर्जेन्टिनाका पुर्व स्टार स्ट्राइकर म्यरोडोनाले मेसीलाई निराश नहुन आग्रह गरेका छन् । म्यरोडोनाले आफुले जिवनमा ५ पटक पेनाल्टीमा गोल नगरेको भन्दै मेसीलाई सहानुभुति दिएका हुन् । खेल हेर्न रसिया पुगेका म्यरोडोनाले मेसीले पहिलो खेलमै पेनाल्टी प्रहार गर्न नसकेकोप्रति निराश हुने कुनै कारण नभएको उनले बताएका हुन् । उनले अग्रेजी अनलाईन गोलसंग बोल्दै भने-‘मैले जीवनमा ५ पटक पेनाल्टी मिस गरेको छु । तर म अहिले पनि म्यरोडोनाका नामले प्रसिद्ध छु ।’