विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा बिहीबार प्रदेश स्तरीय चित्रकला प्रदर्शनी भएको छ । कार्यक्रमको पहिलो दिन प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भएको हो । कार्यक्रममा माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानून विद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लँुइटेलको उपस्थिति रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन निवास पोखरेलले गरेका थिए । ४० जना भन्दा बढी कलाकारहरुद्वारा निर्माण गरिएका चित्रकलाको अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए होलान् तथापी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले आभार व्यक्त गरेका छन् । नेपाल सरकार अन्र्तगतको यो संस्थाले कलाको विकास, प्रवद्र्धन, उन्नयन, संरक्षण गर्दै आएको छ । कार्यक्रममा राजभण्डारीले प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले चित्रकला मार्फत नेपालको विशिष्ठताको परिचय र पहिचान दिएको हुन्छ । यसर्थ यसलाई प्रदेश स्तरीय विस्तार गर्नु आवश्यक रहेको बताए । त्यसैगरी, विविध धर्म, भाषा, संस्कृति भएको देश विश्वको सर्वोच्च शिखर देखि होचो भु–भाग रहेको कारण यस कार्यक्रम महत्वर्पुण रहेको कारण बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक संग्राहलयको निर्माण गर्ने बजेट विनियोजन गरिएको कुराको समेत जानकारी गजमेर गराए ।

आशा लघुवित्तले महाेत्तरीको एकडारामा सम्पन्न गर्यो सिपमूलक तालिम

काठमाडौं । आशा लघुवित्तले महोत्तरीको एकडारामा सिपमूलक तालिम सम्पन्न गरेको छ । लघुवित्तले गत माघ १३, १४ र १५ गते गरी ३ दिनमा सो तालिम सम्पन्न गरेको हो । लघुवित्तले महोत्तरीमा आबद्ध सदस्यहरु मध्ये ७६ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रबन्धक संजय कुमार सिंहले कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुग्ने तथा यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धि हुने बताए । उनले सो क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकि हुन् । तालिम पश्चात सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तरिका, बजारीकरण सम्बन्धमा जानकारी हाँसिल गरेका अवसर पाए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २,४२४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट ६५ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

काठमाडाैं । महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका हुन् । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो । देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।