गाउँपालिका र रेडक्रसको सहकार्यमा एम्बुलेन्स र स्वास्थ्य चौकी हस्तान्तरण
काठमाडौं । नेपाल रेडक्रसले ललितपुरको दक्षिणक्षेत्र महाँकाल गाउँपालिकालाई महिन्द्रा बोलेरो एम्बुलेन्स गाडी शनिवार उपलव्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउपालिका प्रमुख रामचन्द्र दाहाललाई गाडी र त्यसको साँचो हस्तान्तरण गरेका हुन् । बीमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाकोे ‘ग’ वर्गको गाडी सहयोग पाएकोमा अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो भएको र चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको हुँदा यो सेवा छिट्टै सुचारु हुने बताए । नेरेसोका अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आऊने अपेक्षा गरी गाउपालिकाको अनुरोधमा पालिकालाई नै गाडी उपलव्ध गराइएको जानकारी दिएका छन् । ललितपुर रेडक्रसका सभापति बाबुराजा महर्जनको सभापतित्वमा सञ्चालित हस्तान्तरण कार्यक्रममा गाउपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरु, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, वेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति रहेको थियो । नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण र सामग्री सहयोग महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । नेरेसो अध्यक्ष संजीव थापाले गत वर्ष पौषमा शिलन्यास गरेका थिए । कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवनको संघीय सभाका माननीय सांसद नवराज सिलवालले उद्घाटन गरेका हुन् । रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलब्ध गराएको छ । स्वास्थ्य चौकीका अहेव कलाधर नेपालीले वर्थिङ सेन्टर फोहर र साँघुरो थियो, फोहर डिस्पोज गर्ने व्यवस्था थिएन, रेडक्रसले ती सबै समस्याको समाधान गरिदिएको बताएका छन् । त्यसैगरी गाउपालिका उपाध्यक्ष कमला लामा तामाङले एक वर्ष भित्रै दुर्गम स्थानमा निर्माण सम्पन्न भई समयमै हस्तान्तरण भएको यो ललितपुरमै नौलो कुरा भएको बताएकी छन् । सामुदायिक विकास सबलीकरण कार्यक्रम लोकप्रिय गोटीखेल ललितपुरकी गोमा परियार आफ्नो गाँऊमा शौचालय, धारा, तरकारीबारी जस्ता क्षेत्रमा गएको नौ महिनामा आएको परिवर्तन देखेर दङ्ग छिन् । गोमाले आफैले रेडक्रसको सहयोगमा पाएको ३२ हजार पाँचसय नगदबाट पहिले नगरेको तरकारी खेती सुरु गरेकी गरी पहिलो चरणको १५ हजार आम्दानीले लुगा सिलाऊने परम्परागत पेशालाई पनि विस्तार गरेकी छन् । अहिले उनको आम्दानी दोब्बर भएको छ । गोमाजस्तै महाँकाल गाउपालिकाको ३,४ र ५ नम्बर वडामा ६ सय २३ घरधुरीका मानिसले जीविकोपार्जन सुधारको लागि नगद सहयोग पाएको नेरेसो सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । छ वटा विऊ बोका, २० वटा स्प्रे मेशिन, गोठ सुधार, शौचालय निर्माणमा नगद सहयोग पनि समुदायका विपन्न मानिसहरुले पाएका छन् । बजारसम्म तरकारी लैजान तथा वेच्न सहयोगार्थ कृषि समुह मार्फत २० वटा जोख्ने मेशिन, ४०० वटा क्रेटहरुपनि सहयोग भएको छ । बेलायती रेडक्रसको सहयोगमा सबलीकरण कार्यक्रममार्फत् ३ वटा खानेपानी योजना सम्पन्न भई १०४ वटा घरमा धारा जडान भएको छ । कार्यक्रम संयोजक क्षितिज आचार्यले पानी संकलन र संरक्षणको लागि ४ वटा प्लास्टिक पोखरी निर्माण, गोरेटो बाटो निर्माण तथा एउटा पुल निर्माण जस्ता गतिविधिका साथै तरकारी खेती तालिम स्थानीयले असाध्यै रुचाएको बताए । नेरेसोका कार्यकारी निर्देशकले नेपाल रेडक्रसका निकायहरुले स्वास्थ्य, खानेपानी, विपद पूर्वतयारी र संस्थागत विकासको क्षेत्रमा आवश्यकता र स्रोतको उपलब्धताका आधारमा देशभरका स्थानीय निकायसँग सहकार्य बढाउँदै गएको जानकारी दिएका छन्।
मुक्तक मेलामा तेह्र नारी स्रष्टाले गरे रचना वाचन
काठमाडौं । मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारी स्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सम्पन्न भएको हो । कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतिक्षा पोख्रेल, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी, निशा केसीले चार÷चारवटा मुक्तक वाचन गरेर सुनाएका थिए । कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल रहेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई विशेष अतिथि थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले मीठा–मीठा मुक्तक सुन्न पाइएको उल्लेख गर्दै प्रतिष्ठानले यति राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे । विशेष गरी यस्ता कार्यक्रममा काठमाडौँका मात्रै स्रष्टाहरु भेला हुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसी लागेको बताए । वि.सं. २०१८÷१९ साल तिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । पहिलेदेखि नै लोकप्रिय बनेको मुक्तक अहिले पनि उत्ति नै लोकप्रिय बनिरहेको उनको भनाई छ । साहित्यका अन्य आयातित विधाहरु हराए पनि मुक्तक झन् फस्टाउँदै गएको उनले बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मान योग्य भएको भन्दै उनले प्रसंशा गरे । कार्यक्रमका बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रतिष्ठानसँग मिलेर यस्तो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताए । आगामी दिनमा पनि संस्थानको सहयोग र सहकार्य निरन्तर रहने राईले बताए । कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएका थिए । सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्ष कोनेले अग्रजदेखि अनुज पुस्ता यो विधामा क्रियाशील रहेको बताए । मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए । वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपाल मुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहि दिनको अवसर पारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तक दिवसको रुपमा मनाउन थालेको छ । प्रतिष्ठानको यो १९ औं श्रङ्खला हो ।
पहिलो पटक प्रदेश स्तरीय चित्रकला प्रदर्शनी विराटनगरमा
काठमाडौं । विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी समापन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा सो कार्यक्रम प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भयो । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानूनविद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लुइटेलको आतिथ्यता रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कला प्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रम ४० जनाभन्दा बढी व्यक्तित्वको चित्रकला अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले थियो । छ वटा विभाग यसमा कार्यरत छन् । म यस विभागको तर्फबाट के चाहन्छु भने प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भ्रमण वर्षलाई टेवा पु¥याउनका निमित्त वरिष्ठ ललितकलाकारको प्रयोग गरेर कला तथा संस्कृतिमा पर्यटकहरुलाई तान्नमा जोड दिने प्रदेशको लक्ष्य रहेको छ । यसका निमित्त कलाको पूर्वाधार निर्माण आवश्यक पर्दछ । प्रमुख अतिथि माननीय सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हाम्रो समाजलाई परिचय दिएको कुरा थाहा भएता पनि यस कुरामा म जानकार नहुन सक्छु तथापी मान्छे सबै कुरामा निपूर्ण नहुन सक्छ तर समाज विकासमा कलाको अहम् भुमिका निर्माण गरेको हुन्छ ।