गायिका गरिमाको ‘खेतमा झुल्ने धान’ गीत सार्वजनिक
काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।
ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट पायाे प्रशंसा पत्र
काठमाडौं । ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको छ । ह्याण्ड्स अन नेपालले इन्साफ मलेसियासँगको सहकार्यकाे लागि उप प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको हो । ईन्साफ मलेसियाको कोलालम्पुर स्थित सांग्रिला होटलमा भएको १० औं वार्षिकउत्सवको अवसरमा ह्याण्ड्स अन नेपालका निर्देशक काल बहादुर तामाङलाई उक्त पत्र प्रदान गरिएको थियो । ईन्साफ मलेसिया गरिबी र प्रकोपमा चपेटामा परेका समुदायलाई प्राविधिक रुपमा सहयोग गर्न गैर नाफा मुलक मलेसियन संस्था हो । ह्याण्ड्स अन नेपाल र ईन्साफ मलेसियाले सन् २०१८ देखि नेपालको ग्रामिण क्षेत्रमा विद्यालय निमार्ण र शिक्षालाई समर्थन गर्दै काम गर्दै आईरहेको छ । हालसम्म उनीहरुले मिलेर ३ वटा ग्रामीण विद्यालय बनाईसकेका छन् । यस्तै नुवाकोट, काभ्रेपलान्चोक र रामेछापका गरिब विद्यार्थीहरुलाई लुगा, जुत्ता, स्टेसनरी, फर्निचरहरु वितरण गरेका छन् । यस्तै यी संस्थाहरुले विद्यार्थीहरुलाई खाजा प्रदान गर्न फुड प्रोग्राम पनि संचालन गर्दै आएका छन् ।
नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने
काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८ ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् । प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका निशान बुडुजा,पोखराकै मुसकान रानाभाट,हेटौडाकी मिग्मा लामा,काठमाडोकी मेघा श्रेष्ठ,पोखराकी ममता गुरूङ, बर्दिवासका किरण कुमार भुजेल,चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिश्पर्धा गरिरहेका छन् । नेपालका चर्चित रियालिटी शो नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।