छोरीको बीमा गराउनेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा
काठमाडाैं । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ । प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए । सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा शुरु गरिएको उनले जानकारी दिए सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ । रासस
आज रातभर पशुपतिनाथको चारै ढोका खुला हुने
काठमाडौं । आज रातभर दर्शनार्थीका लागि पशुपतिनाथको चारै ढोका खुला हुने भएकाे छ । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेकाेले उक्त व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए । साथै, पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार शुक्रबार दिउँसो २ः३० बजेसम्म करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरकाे दर्शन गरेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको उनले बताइन् । आफन्त छिराउनकै लागि केही मानिसले स्वयंसेवकको बिल्ला लिएको अनुभव उनले थपिन् । कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छिर्यो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ । कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले विगत दुई वर्षको अनुभवले यो नियमलाई कार्यान्वयन गर्न सहज भएको बताए । स्वयंसेवकका नाममा केही मानिसले बदमासी गरेको प्रमाणित भए अर्कोपटकदेखि कारवाही गरिने उनले सुनाइन् । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपति क्षेत्रमा यस वर्ष भक्तजन प्रवेशमा गरिएको व्यस्थाको निरीक्षण गरेका छन् । कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो । पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले सुनाए । बिहान आधा घण्टामै दर्शन गरेर फर्केका दर्शनार्थीले दिउँसो भने एक घण्टासम्म समय लागेको बताए । मन्दिर क्षेत्र प्रवेशका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरीरुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड बढ्दै गएको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ । दुई वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए । बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गर्नुहुने कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ गई पूजा आराधना गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ । रासस
महिलाद्वारा महिला माथि हुने दमन ८० प्रतिशत, कर्पोरेट सिँढी चढ्न महिला नै बाधक
काठमाडाैं । कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन गरिरहेका हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले जनाएकाे छ । संस्थाले सन् २०१७ मा गरेको अध्ययनले साे कुरा बताएकाे हाे । उक्त अध्ययनले कार्यालयभित्र दुई तिहाइ (३० प्रतिशत) महिलाले अन्य महिला कर्मचारीहरुद्धारा नै प्रताडित हुनुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यसैगरी, सन् २००६ मा भएको एक अध्ययनमा कार्यथलोमा शोषित भएका महिलाहरुमध्ये करिव ५७ ले आफ्नै महिला सहकर्मीहरुद्धारा शोषणको सामना गर्नुपरेको प्रतिक्रिया दिएका थिए । विभिन्न अध्ययनहरुले करिब ६० प्रतिशत पूरुष कर्मचारीहरु बुलिईङ्ग क्रियाकलापमा संलग्न भएको र उनीहरुको शिकार महिला कर्मचारी भएता पनि यस्ता क्रियाकलापमा संलग्न महिलाहरुको संख्या पनि कम नभएको र उनीहरुको प्रत्यक्ष शिकार आफूभन्दा तल्लो तह र तप्काका महिला सहकर्मीहरु नै हुने गरेको देखाएका छन् । ह्यासट्याग मि टू र ह्यासट्याग टाईम्स अप जस्ता अभियानले सामाजिक विकास तथा संसारभरका महिलालाई एकतावद्ध गराउने लहरको थालनी गरेको छ । त्यसो त विभिन्न पेशा, रोजगारी तथा कार्यक्षेत्रमा संलग्न महिला कर्मचारी तथा व्यवसायिक व्यक्तित्वहरुले पूरुष सहकर्मीबाट खेप्नुपरेको यौन हिंसा, अश्लिल छेडछाड तथा अन्य विविध स्वरुपका शाेषणबारे खुलेर बोल्न थालेता पनि महिलाद्धारा महिला कर्मचारीहरुमाथि हुने शाेषण र दमनबारे भने अझै मुख खोल्ने वातावरणको विकास भइसकेको छैन । हालसालै प्रकाशित एक जर्नलले त ७० प्रतिशत जति महिला अधिकृतहरुले कायस्थलमा अन्य महिला कर्मचारीहरुद्धारा कुनै न कुनै रुपमा शोषण, हिंसा, दमन तथा थिचोमिचो झेलिरहेको र सोहि कारण पीडित महिलाहरुले यथोचित रुपमा ‘प्रोफेसनल ग्रोथ’ हासिल गर्न नसकिरहेको डरलाग्दो तथ्य उजागर गरको छ । आफ्ना पुरुष सहकर्मीहरुसँग बराबरीको हैसियत हासिल गर्न तथा समानरुपमा अधिकार एवं शक्तिको अभ्यास गर्नका लागि महिलाहरुले दशकाैंदेखि संघर्ष गरिरहेता पनि यस्ता संघर्षहरुले सोहि अनुरुपको चुनौती ल्याउने गरेको फोब्र्सले जनाएको छ । ‘कार्यालयमा उँचो स्थान हासिल गर्न सफल महिला कर्मचारीहरुले प्रायजसो सो वातावरणमा टिकिराख्न र आफूलाई जोगाइराख्न थप आक्रामक नेतृत्वको शैलीको अवलम्बन गर्दछन्,’ यस्तो आक्रामक नेतृत्व शैलीलाई टक्सिक मास्कुलिनीटी (हानिकारक पुरुषत्व) नाम दिएको फोब्रसले अगाडी लेखेको छ । के हो टक्सिक मास्कुलिनीटी ? अमेरिकी मानव संशाधन व्यवस्थापक ऐञ्जिलिक हेमिल्टनले सफलरुपमा नेतृत्व प्रदान गर्न जब महिला कर्मचारी, सुपरिवेक्षक वा व्यवस्थापकहरुले आफ्ना समान तहका पूरुष कर्मचारीहरुको व्यवहारको सिको गर्ने प्रवृत्ति नै टक्सिक मास्कुलिनीटी भएको बताएकी छिन् । शुरु-शुरुमा आफूलाई कडारुपमा प्रस्तुत गर्नका लागि टक्सिक मास्कुलिनीटीको आचरण अंगिकार गरेतापनि यो अन्तत नेतृत्वको नकारात्मक शैलीको रुपमा विकसित हुन्छ । कन्फ्लिक्ट रिजोलुसन सेन्टरकी संस्थापक बिना पटेलका अनुसार महिलाहरुले उपल्लो दर्जाका नेतृत्वकर्ताहरुको नजरमा टिकिराख्नका लागि उनीहरुको वास्तविक भावनात्मक अवस्थालाई त्याग्ने गर्दछन् । अझ यदि उनीहरु काम वा पदमा नयाँ भर्ती भएका हुन् भने सो कार्यस्थल संस्कृतिमा उपयुक्त हुनका लागि जस्तोसुकै आवश्यक कदम पनि लिन सक्छन् । नरम र मिलनसार हुँदा अरुले हेप्ने र असक्षम देखिने सोचका कारण आफ्नो भावनात्मक बौद्धिकतालाई कम गरी टक्सिक महिलाहरुले अधिकरुपमा कठोर पूरुषको स्वभाव अनुशरण गर्दछन् । माइरुफपाल नामक एक अमेरिकी कम्पनीको संचालन प्रमुख कोवोर्टनी केनेले पूरुष सहकर्मीहरुसँग आफ्नो तालमेल मिलाइराख्न महिला कर्मचारीहरुलाई थप आक्रामक र निर्मम व्यवहार देखाउन दबाब परिरहेको हुन्छ जसको कारण उनीहरु नारीजन्य स्वभावको प्रदर्शनको कारण आफूबाट अरुले लाभ लिने वा आफूलाई अन्य कर्मचारीहरुले हलुका रुपमा लिने गलत सोचको शिकार हुन पुग्दछन् । एक अध्ययनअनुसार कार्यालय वा संस्थामा मध्य तहसम्म पुगेका महिला अधिकृत तथा व्यवस्थापकहरु अझ माथिल्लो स्थानमा उक्लने लक्ष्य राख्दछन् र सोक्रममा उनीहरुले आफू अन्य महिला कर्मचारीहरुभन्दा कडा र सक्षम भएको प्रमाणित गर्न चाहन्छन् । उनीहरुले कर्पोरेट सिँढी चढ्न असफल अन्य महिला कर्मचारीहरु भन्दा आफूलाई गतिशिल, सफल र सर्वोच्च मान्न थाल्छन् । टक्सिक मास्कुलिनीटीको स्वरुप कस्तो हुन्छ ? खासमा संस्था तथा कार्यालयप्रतिको उनीहरुको नियत सफा र सकारात्मक भएता पनि आफूभित्र भएको शंसय तथा असुरक्षाको कारण यस्ता महिलाहरु टक्सिक लिडर (हासिनकार नेतृत्वकर्ता) हुन पुग्छन् । आफूभन्दा तल्लो तहका अन्य महिला कर्मचारीहरुलाई सघाउन वा सशक्त बनाउनतर्फ लाग्नुको सट्टा उनीहरुले ती कमजोर कर्मचारीहरुलाई आफ्नो निशाना बनाउने गर्दछन् । सोउलस्टाइस कन्सलट्यान्सिका संस्थापक डक्टर फ्रउजा बुकरका अनुसार यस्तो टक्सिक वोमनले कुरा गर्दा अन्य महिला कर्मचारीहरुको अवमूल्यन र आफ्नो बढावा गर्नु सामान्य कुरा हो । उनको भूतपूर्व फिमेल बोसले ‘आफूले गर्न बाँकी (महत्वपूर्ण) काम केहि नरहेको र आफूजस्तो क्षमतावान कोहि नभएको’ बताउने गरेको उनी सम्झिन्छन् । फोब्रसका अनुसार भिन्न मत तथा रायलाई ठाडै अस्विकार गर्नु, आफू अगाडी बढ्न कार्यालयभित्र फोहोरी राजनीतिक खेल खेल्नु र कसैस“ग पनि झुक्न वा माफी माग्न नपर्ने सोच पाल्नु टक्सिक वोमनका केहि चरित्रहरु हुन् । जसको परिणामस्वरुप उनीहरुले अन्य महिला कर्मचारीहरुलाई समूहबाट अलग्याउने, उनीहरुको कामको जिम्मेवारीलाई विना कारण नै अत्याधिकरुपमा बढाइदिने वा घटाइदिने, कार्यालयजन्य वा कामबारेको सूचना नियोजित ढंगबाट लुकाउने वा गलत सूचना प्रवाह गर्ने लगायत समग्र कार्यालयको माहोलमा नकारात्मक असर पर्ने खालको गलत अभ्यासहरु थाल्दछन् । संस्थाको माथिल्लो तहको पदसम्मको यात्रामा यस्ता टक्सिक महिला नेतृहरुले कामप्रति प्रतिवद्ध छु भनेर प्रमाणित गर्ने क्रममा आफ्नो वर्क-लाइफ सन्तुलनलाई बिगार्दछन् । उनीहरु सप्ताहन्त, छुट्टी मनाउँदा वा यति सम्म कि सुत्केरी बिदामा बस्दा पनि काममै सक्रिय भैरहेका हुन्छन् । यसैगरी, उनीहरुले अन्य महिला कर्मचारीहरुमाथि पनि ‘मात्र काम गर्नका लागि बाँच’ भन्ने नीति लाद्छन् र जसले सो गर्न चुक्छ, उनीहरुलाई दण्डित पनि गर्दछन् । आफूभन्दा माथिका व्यवस्थापहरुका लागि टक्सिक वोमनले कामप्रति देखाएको लगाव तारिफयोग्य हुनसक्ला तर बास्तविकता के हो भने यो उनीहरुको अरुमाथि नियन्त्रण गर्ने सोच र समूहमाथिको विश्वासको अभावको प्रतिविम्ब हो । किन महिलाहरु एक अर्काको खेदो खन्न तल्लीन छन् ? कार्यालयभित्र महिलाहरुले आफूजस्तै महिलाहरुको कारण त्रसित एवं असुरक्षित महसुस गरेका कारण उनीहरु एकअर्का बिरुद्ध खनिने गरेको अध्ययनहरुले देखाएका छन् । उनीहरुमा भएको सबैभन्दा ठूलो डर भनेको कतै मैले हासिल गर्न खोजेको कुर्सी वा पद अरु महिला कर्मचारीहरुले हात पार्ने त हैन भन्ने सोच हो । सबैजनासँगै मिलेर संस्थाको उद्देश्य हासिल गर्न तर्फ लाग्नुपर्नेमा टक्सिक महिलाहरु अरु महिलाहरुलाई प्रतिद्वन्दि मानी उनीहरु विरुद्धको काम थाल्दछन् । मनोविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने आफ्नो शक्तिको दुरुपयोग गरी अन्य महिला सहकर्मीहरुलाई प्रताडित गर्ने टक्सिक नेतृहरु शक्ति र सम्मान हासिल गर्ने आफ्नै मनोवैज्ञानिक युद्धमा तल्लीन हुन्छन् । उनीहरुका लागि अन्य महिलाहरुलाई माथि उठ्न दिनु भनेको आफू तल गिर्नु सरह हो । ‘सबैभन्दा खतरनाक कुरा के हो भने जब महिलाहरुले आफूलाई अन्य महिला सहकर्मीहरुभन्दा नीच सोच्दछन् अथवा त्रसित महसुस गर्छन्, त्यस्तो अवस्थामा उनीहरुले जस्तोसुकै क्रुर र हानिकारक काम गर्न पनि पछि पर्दैनन् ।’ सम्थिङ्ग मेजर नामक संस्थाका निर्देशक राण्डि ब्राउनले बताए । अध्ययनहरुले धेरै नै संख्यामा र छिटोछिटो महिला कर्मचारीहरुले जागिर छाड्ने गरेको बहुसंख्यक कार्यालयहरुमा महिला नै निर्णायक वा प्रमुख तहको कर्मचारी भएको पाइएको देखाएका छन् । अरुलाई शोषण गर्न शक्तिको दुरुपयोग गर्ने टक्सिक वोमनबाट अरुले पनि नेतृत्वमा बसेर काम गर्ने हो भने आफूहरु पनि त्यसैगरी कठोर हुनुपर्छ भनेर सोच्न थाल्दछन् जसले भविष्यमा टक्सिक लिडरहरुको संख्यामा उल्लेख्य वृद्धि ल्याउनेछ । सामना गर्ने उपायहरु लैङ्गकिताको बाबजुत मनमा सबैप्रति सद्भाव र माया भएको व्यवस्थापकसँग सुरक्षित, सम्मानजनक, स्वस्थ र उत्साहजनक वातारणमा काम गर्न पाउने अधिकार सबैमा निहित हुन्छ । परिस्थिती झन् बिग्रने डरका कारण शोषण वा थिचोमिचोको शिकार भएका असंख्य पीडितहरुले आफ्नो अवस्थाबारे खुलेर कुरा गर्न सकिरहेका छैनन् । यस्तो मौनताले कार्यालयभित्रको बुलिईङ्गको संस्कारलाई झन् संस्थागत गर्न सघाउँदछ । यदि आफू अरु महिला कर्मचारीहरुका कारण अनावश्यक रुपमा समस्यामा परेको छु भन्ने लाग्छ भने सो अवस्थामा ‘सबैलाई यस्तै त हो नि’ भनेर सहेरै बस्नुभन्दा पनि आफूमाथि किन अन्याय भइरहेको छ भनेर सोधीखोजी गर्न थाल्नु पर्दछ । यदि यसका लागि तपाईं एक्लै तयार हुनुहुन्न भने पिडामा पारिएका अन्य सहकर्मीहरुसँग मिलेर समूहको गठन गर्न सक्नुहुन्छ जसले तपाईंहरुको आवाज बुलन्द गर्न र कार्यालयभित्र सुमधुर वातावरणको निर्माण गर्न पनि सहयोग गर्दछ । बुलिईङ्गको घटनालाई रोक्न वा कम्तिमा कम गर्न प्रमाणहरुको संग्रह गर्नुपर्दछ जसमा घटनाको सकेसम्म सबै विवरण हुनुपर्दछ । उदाहरणको लागि, कसले, कसलाई, किन, केका लागि, कसरी, कुन अवस्था र परिस्थितीमा बुलिईङ्ग गर्यो र यदि सोको कोहि प्रत्यक्षदर्शी थिए भने उनीहरुको नाम पनि उल्लेख गर्ने । प्रमाणको यस्तो संग्रहलाई अरु कसैले नदेख्ने वा नभेट्ने गरी गोप्य तरिकाले राख्ने जुन भोली कम्पनीको मानव शंसाधन प्रमुख, कम्पनी प्रमुख वा बोर्डका अध्यक्ष लगायतलाई पेश गरी न्याय पाउन सकिन्छ । आफूमाथि किन शोषण भइरहेको छ भनेर बुझ्नु पनि फाइदाजनक हुन्छ । हुनत जुनसुकै बहानामा गरिएको भएता पनि बुलिईङ्ग पूर्णत गलत कार्य हो । तर कहिलेकाही आफूले यथोचित कार्यसम्पादन गर्न नसकेको र सो कुरा सिधै नभनेर वा भन्न नसकेर कतै तपाईंको टक्सिक नेतृले तपाईंलाई बुलिईङ्ग गरिरहेकी त छैनन्, सो बुझ्न सक्नुभयो भने आफ्नो सम्पादनलाई सुधार गरी तपाईं शोषणबाट जोगिन पनि सक्नुहुन्छ । सबै उपायहरुले काम नगरेको अवस्थामा तपाईंले कम्पनीका प्रमुख वा बोर्ड अध्यक्ष सामू उजुरी हाल्न सक्नुहुन्छ । तर सो अवस्थामा फेरी पनि टक्सिक लिडरले तपाईंस“ग बदला लिने प्रयास गरेका छन् भने तपाईंले कानूनी उपचारको साहार लिनुपर्दछ ।